दार्चुला । स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशले भारतसँग सीमा जोडिएका क्षेत्रमा सहायता कक्ष स्थापना गर्न निर्देशन गरेको दुई दिनपछि यहाँस्थित जिल्ला अस्पतालमा मलेरियाका एक बिरामी भेटिएका छन् । नियमित स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका महाकाली नगरपालिका–३ जायझुलकी १५ वर्षीया दीपा भट्टमा मलेरिया भएको भेटिएको हो । लामो समयदेखि ज्वरो आएपछि अस्पताल पुगेकी भट्टको प्रयोगशाला जाँचपछि मलेरिया भेटिएको […]
समाचार
मुख्य विषय पढाउने शिक्षक पाउन छाडे
– कमल खत्री बेनी– रघुगंगा गाउँपालिका–३ मौवाफाँटस्थित ज्ञानोदय माविका लागि गणित विषयको शिक्षक खोजी शुरु भएको दुई महिना बित्यो तर, अहिलेसम्म एकजना पनि सम्पर्कमा आएका छैनन् । मावि तहका लागि शिक्षक आवश्यकता परेको सूचना प्रकाशन÷प्रसारण गर्दा पनि शिक्षक नआएपछि समस्यामा परेको विद्यालयका प्रअ नीलकण्ठ सुवेदी बताउँछन् । रघुगंगाकै चिमखोलामा रहेको अमर माविमा ६ महिनासम्म पनि कक्षा १० […]
आर्सनल र चेल्सीको गोल वर्षा, सिटी र लिभरपुल बराबर
एजेन्सी । लिभरपुल र म्यानेस्टर सिटीबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । साबिक विजेता म्यानचेस्टर सिटीले पछिल्लो १५ वर्षमा एनफिल्डमा कुनै पनि खेल जित्न सकेको छैन ।आइतबारको खेलमा रियाद महारेजले उत्कृष्ट मौका गुमाउँदा सिटी फेरि एकपटक जीतविहीन बन्न बाध्य बन्यो ।भिर्जिल भान डाइकले लेरोय सानेलाई लडाएपछि खेलको ८५ औँ मिनेटमा सिटीले पेनाल्टी पाएको थियो । तर, […]
बलात्कार आरोपमा शिक्षक पक्राउ, यसरी बाहिरियाे कर्तुत
काभ्रेपलाञ्चोक- पनौती नगरपालिका–१० खोपासी घर भई बेथानचोक गाउँपालिका–४ शङ्कर पहरीलाई दुई जना छात्रालाई पटकपटक यौन दुव्र्यवहार र बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मावि तहसम्म अङ्गे्रजी विषय अध्यापन गर्ने ३१ वर्षीय शिक्षक पहरीलाई पीडितको जाहेरीका आधारमा गत शुक्रबार पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय काभे्रका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले बताउनुभयो । उहाँले […]
बङ्गलादेशसँग पराजित हुँदै नेपाल दोस्रो स्थानमा
काठमाडौँ- साफ अठार वर्षमुनि महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि बङ्गलादेशले हात पारेको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा नेपाल बङ्गलादेशसँग १–० गोलअन्तरले पराजित भएपछि बङ्गलादेशले उपाधि माथि कब्जा जमाएको हो । बङ्गलादेशका लागि मसुरा पर्विनले गोल गरिन् । उनले खेलको ४९औँ मिनेटमा गरेको एक गोल नै बङ्गलादेशको लागि निर्णायक सावित भयो । समूह […]
कुखुरापालनमा बीस अर्ब बाहिरिँदै
–नारायण अधिकारी चितवन– कुखुरापालन व्यवसायमा वार्षिक रु २० अर्बभन्दा बढी रकम बाहिरिने गरेको छ । दानाको कच्चा पदार्थ, प्यारेन्ट चल्ला, औषधि, भिटामिन, उपकरणलगायत विदेशबाट आयात गर्नु परेका कारण सो रकम बाहिरिने गरेको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं कृषि र वन समितिका संयोजक डा.तिलचन्द्र भट्टराईकाअनुसार दानाका कच्चा पदार्थमा मात्रै वार्षिक रु १६ अर्बभन्दा बढी […]
यसकारण मलाई यौनकर्मीकोमा जाने लत लाग्यो
बीबीसीत्यो निकै अविस्मरणीय रात थियो । २८ वर्षमा पहिलो पटक कुनै महिलालाई स्पर्श गरेको थिएँ ।यसले कुनै फरक पारिरहेको थिएन कि ती महिला मेरी श्रीमती नभई एक यौनकर्मी थिइन् ।मेरा इच्छा पूरा भइरहेको थियो, त्यसकारण म खुसी थिएँ ।त्यो अनुभव एक हप्तासम्म मेरो दिमागमा जिउँदो थियो ।यस्तो लागिरहेको थियो कि म भिन्न दुनियाँमा छु । […]
स्वच्छ खानेपानी घर घरमा पुर्याउन गौरवका आयोजनाहरु सुरु गर्दैछौंः मन्त्री मगर
चितवन । खानेपानी मन्त्री बिना मगरले केही ठूला नदीहरुको पानी पूर्ण प्रशोधन गरि आपूर्ति गर्ने उद्देश्यले गौरवका आयोजनाहरु सञ्चालन गर्ने तयारी भैरहेको बताएकी छन् । पूर्वी चितवनको रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाको नवौँ साधारणसभा तथा पाचौँ अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले हरेक जनता माझ खानेपानीको पहुँच पुर्याउन त्यसै खेर गइरहेका केही ठूला नदीहरुबाट […]
११ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस (सूचिसहित)
काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)हरु प्रहरी नायब महानिरीक्षक (डिआईजी)मा बढुवा सिफारिस भएका छन् । प्रहरी नियमावली २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४)को प्रावधान अनुसार नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी नायब उपरीक्षक पद संख्या ११ मा बढुवाको लागि सिफारिस गर्न बसेको बढुवा समितिको बैठकले सो निर्णय गरेको गृह मन्त्रालयले […]
पार्टीभित्रका समस्या निराकरण गरेर चाँडै एकता : महासचिव पौडेल
काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले पार्टीभित्रका समस्या निराकरणमा केन्द्रित भएको बताएका छन् ।उनले पार्टीभित्रका समस्यालाई चाँडै समाधान गरी पार्टी एकतालाई टुङ्ग्याउने बताए । उनले दुई पार्टीबीचको एकता ठूलो काम भएकाले केही समय लाग्ने गरेको भन्दै अहिले पार्टी एकतालाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी गराए । पार्टीभित्र देखिएको विवाद बाहिर सञ्चारमाध्यममा आएजस्तो नभएको उल्लेख […]






