समाचार

ममाथि यौनहिंसा भएको थिएन, प्लिज अमिताभ बच्चनलाई बदनाम नगर्नुहोस्ः अभिनेत्री तथा पूर्व मिस इन्डिया शियाली

मि टू अभियानले बलिउडमा यौनहिंसा पीडितलाई आफ्नो आवाज उठाउनका लागि एउटा प्लेटफर्म दिएको छ । सोसल मिडियामा पनि यौनहिंसाका विभिन्न कहानी देख्न पाइएको छ । जसमा एउटा पुरानो केस भाइरल भइरहेको छ । यो केस हो सयाली भगतको । जहाँ सन् २०११ मा सयालीले अमिताभ बच्चनमाथि एक कार्यक्रममा उनलाई गलत ढङ्गले छोएको आरोप लगाएको बताइयो […]

समाचार

वामदेवका लागि उपनिर्वाचन ‘घातक’ : ओली–प्रचण्डसम्म पुग्यो यस्तो रिपोर्ट

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर–७ का निर्वाचित सांसद रामवीर मानन्धरले पदबाट राजीनामा दिने घोषणा गरेसँगै राजनीतिक माहोल एकाएक तातिएको छ । मानन्धरले नेकपाका नेता वामदेव गौतमको लागि राजीनामा दिने घोषणा गरेसँगै राजनीतिक माहोल एकाएक तातिएको हो । गौतमका लागि उपनिर्वाचन ‘सकसपूर्ण’ रहेको भन्दै सामाजिक सञ्जालदेखि चिया पसलसम्म अनेकन टिकाटिप्पणी भइरहेको बेला स्वयम् पूर्वएमालेका काठमाडौं जिल्ला कमिटीका नेताहरुले पनि […]

समाचार

कीमसँगको भेटवार्ता मध्यावधि निर्वाचनपछिः ट्रम्प

वासिङ्टन । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता कीम जोङ अनसँगको वार्ता अर्को महिना हुने अमेरिकी मध्यावधि चुनावपछि गर्ने बताएका छन् । राष्ट्रपति ट्रम्प अमेरिकी सिनेटको मध्यावधि चुनावका लागि आजभोलि प्रचारप्रसारमा देश दौडाहामा छन् । चुनावअघि वार्ताको कुनै सम्भावना नरहेको ट्रम्पले बताए । संयुक्तराज्य अमेरिकाका केही राज्यमा आगामी नोभेम्बर महिनामा सिनेटका लागि मध्यावधि चुनाव […]

समाचार

सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिन सकेन : सिटौला

विराटनगर– नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले शान्ति सुरक्षा दिन नसक्दा हत्या, हिंसा तथा बलात्कारका घटना वृद्धि भएको आरोप लगाएका छन् । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले जनताको सुरक्षाको अनुभूति प्राप्त गर्ने सुरक्षा नीति ल्याउन माग गरे । उनले निर्मला पन्त हत्या काण्डको दोषी छिटो पक्राउ गर्नुपर्ने माग गर्दै सरकारले जनताको पक्षमा काम गर्नुपर्नेमा जोड […]

समाचार

आजबाट विधिवत रूपमा बडादशैँ शुरु

भक्तपुर — भक्तपुरको प्रसिद्ध तलेजु भवानीको मन्दिरमा आजबाट विधिवत रूपमा बडादशैँ शुरु भएको छ । आज बिहान ७ बजेर १५ मिनेटमा पाञ्चायन निर्णायक समितिले दिएको शुभसाइतमा जोशी, कर्माचार्य र राजोपाध्याय पुजारीले तलेजुमा जमरा राखेर दशैँ शुरु भएको तलेजुका मूलनाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए । नेपालकै मूल तलेजुमा वैद्धिक एवं तान्त्रिक पद्धतिअनुसार पूजा गरी दशैँघरमा जमरा राखिएको हो […]

समाचार

कर्णाली प्रदेशसभाको बैठक स्थगित

सुर्खेत । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको ३८औँ बैठक स्थगित भएको छ । बैठक सञ्चालन भएको तीन मिनेटमै प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद दिनबन्धु श्रेष्ठले सरकारले अहिलेसम्म बजेटको रातो किताब, हालसम्म भएका गतिविधि सार्वजनिक नगरेको भन्दै बैठकमा विरोध जनाए । सभा सदस्य श्रेष्ठले अहिलेसम्म संसद्लाई बन्धक बनाइएको आरोप लगाए । ‘लामो समय भयो । सरकारले रातो किताब उपलब्ध […]

समाचार

अखाद्य पदार्थ मिसाउनेलाई कडा कारवाही हुन्छ : कृषिमन्त्री खनाल

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले खाद्य पदार्थमा मिसावट गर्ने जो कोहीलाई पनि कडा कारवाही गर्ने दृढता व्यक्त गरेका छन् । उनले भने, ‘खाद्य पदार्थमा मिसावट गर्नेलाई कानूनअनुसार कारवाही हुन्छ, हदैसम्मको कारवाही गर्न सरकार तत्पर छ । वर्षभरि नै दूध, तेल र पानीमा स्वच्छता अभियान सञ्चालन गरिएको छ ।’  आज यहाँ आयोजित ‘समृद्धिका लागि […]

समाचार

प्रधानन्यायाधीश मिश्र असन्तुष्ट

काठमाडौ– प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले विचाराधीन मुद्दामा सञ्चारमाध्यामले समाचार लेखेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।  प्रधानन्यायाधीश मिश्रले विचाराधीन मुद्दामा समाचार लेख्दा न्यायमा असर परेको र न्यायालयमा क्षति पुगेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।मंगलवार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले दसैं, तिहार, छठलगायतका पर्वको अवसर पारेर काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उनले अदालतलाई क्षति पुर्याउने, मानव […]

समाचार

पसल सुनसान, फुटपाथको सपिङमा युवादेखि बृद्धासम्मको क्रेज

काठमाडौँ । कोटेश्वरकी सरिता खड्का बानेश्वरको फुटपाथ पसलमा कपडा छान्दै थिइन् । उनी दशैको किनमेलको लागि नयाँ बानेश्वरमा आएकी रहिछन् । कपडा छान्दै गरेकी उनलाई दशैको सपिङ शुरु भइसकेको हो ? भनेर हामीले सोध्यौँ । उनले हाँस्दै जवाफ फर्काइन् – मैले त एकैपटक सपिङ गर्दिन अलिअलि गरेर किन्छु, फुर्सद मिलाएर किन्न हिँड्छु । अहिले मलाई र […]

समाचार

संसदीय निर्वाचनका उम्मेदवारको मृत्यु

काबुल । अफगानिस्तानको पश्चिमी बाड्घीस प्रान्तका एक जना उम्मेदवारको दुर्घटनामा परी मृत्यु भएको छ । उनको सवारी दुर्घटनामा परी मृत्यु भएको स्थानीय निजी समाचार संस्थाले सोमबार जानकारी दिएको छ । छिमेकी हेरात प्रान्ततर्फ गइरहेको बेला बाड्घीस प्रान्तमा संसदीय निर्वाचनमा उम्मेदवार भएकी फ्रैबा रहमानीको मृत्यु भएको हो । उनी तीन दिन अगाडी घाइते भएकी हुन् । उनको हेरात क्षेत्रीय […]