सप्तरी– प्रेम विवाह गरेको एक महिनामा नै एक युवतीले सम्बन्ध विच्छेदको उजुरी दर्ता गराएकी छिन् । सप्तरी जिल्ला अदालतबाट गत भदौ ४ गते नाता कायम गराएकी सप्तकोशी नगरपालिका–९ कमलपुरकी आस्मिताकुमारी साहले सोही अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी छिन् । नशालु मादक पदार्थ सेवन गरी श्रीमान डाक्नेश्वरी नगरपालिका–३ का राकेशकुमार रायले मानसिक र शारिरीक यातना दिने गरेकाले […]
समाचार
‘स्लो’ कम्प्युटरलाई यसरी बनाउनुस् ‘फास्ट’
कम्प्युटरको स्पिड ‘स्लो’ हुनु एउटा साधारण समस्या बनिसकेको छ जुन केहि समयपछि हरेक कम्प्युटर र ल्यापटपमा हुन सुरु भइहाल्छ । यसबाट बच्नका लागि हामी हरेक तरिका अपनाउने गर्दछौँ । धेरैजसो सर्भिस सेन्टलाई १० चक्कर लगाउँछौँ त कहिले कम्प्युटरको सबै डाटा खाली गर्छौैँ । तर केहि समयपछि समस्या ज्यूँका त्यूँ हुन्छ ।यसलाई सुल्झाउनका लागि जबसम्म तपाईंले […]
त्यो पो दशैँ
दिनेश अधिकारी ‘नयाँघरे’ म सानो हुँदाको दशैँ र म जीवनको पैतिसौँ बसन्त पार गर्दैगर्दाको दशैँमा आकाश र जमिनको फरक भइसकेको अनुभूति भएको छ । त्यो बेलाको पलहरू निकै रोचक थिए । मलाई लाग्छ अब त्यस्तो पल त जीवनमा पक्कै आउँदैन । दशैँ आउनुभन्दा केही महिना अगाडिदेखि नै म हातका आँैलाहरू भाचेर दशैँ आउने दिनको कल्पनामा हुन्थेँ । […]
पहिरोमा परी कम्तीमा ३४ जनाको मृत्यु
काम्पाला– युगाण्डाको पूर्वी क्षेत्रमा आएको एउटा पहिरोमा परी कम्तीमा ३४ जनाको मृत्यु भएको छ । ढुङ्गासहितको पहिरोले घरहरु बगाउँदा उनीहरुको मृत्यु भएको प्रकोप व्यवस्थापन अधिकारीहरुले शुक्रबार जनाएका छन् । बुडुडा जिल्लाको बुकालासीमा भएको घटनामा परेकाहरुलाई उद्धारका लागि स्थानीय उद्धारकर्ताहरु खटिएका थिए । उद्धारकर्मीहरुले पहिरोमा परेर अरू कति जना हराइरहेका छन् भन्ने बारेमा यकिन नभएको बताएका छन् । “अहिलेसम्म कम्तीमा […]
सिक्टा छानबिन समितिले बुझायो प्रतिवेदन
काठमाडौँ– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सिक्टा सिँचाइ आयोजनामा देखिएका समस्या समाधानका सम्बन्धमा गठित छानबिन समितिले आज प्रतिवेदन बुझाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई आज छानबिन समितिका संयोजक एवं मन्त्रालयका सहसचिव सुशीलचन्द्र तिवारीले प्रतिवेदन बुझाएका हुन् । बाँके जिल्लाको करिब ४२ हजार हेक्टर कृषियोग्य जमीनमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ निर्माणाधीन आयोजनाको मूल […]
संस्थानद्वारा च्याङ्ग्रा र खसीबोका बिक्री शुरु
काठमाडौँ– नेपाल खाद्य संस्थानले आजदेखि च्याङ्ग्रा र खसीबोका बिक्री गर्न थालेको छ । संस्थानका महापबन्धक योगेन्द्र गौचनकाअनुसार थापाथलीस्थित गोदामबाट च्याङ्ग्रा प्रतिकेजी रु ७०० र खसीबोका रु ५०० मूल्यमा बिक्री हुन थालेको हो । दशैंका लागि मुस्ताङबाट एक हजार च्याङ्ग्रा र मकवानपुरबाट एक हजार खसीबोका ल्याउन लागिएकामा अहिले करीब ९०० च्याङ्ग्रा र ३०० खसीबोका बिक्री गर्न थालिएको […]
रकेटमा गडबडीपछि धर्तीमा फर्किए अन्तरिक्षयात्री
बीबीसीरुसको एक रकेटमा उडान भर्ने बित्तिकै गडबडी देखिएपछि कजाकिस्तानमा सुरक्षित अवतरण गराइएको छ । रकेटमा दुई अंतरिक्षयात्री सवार थिए ।नासा र रुसी मिडियाका अनुसार सोयूज रकेटमा सवार रुसका एलेक्सी ओविचिन र अमेरिकाका निक हेग सुरक्षित छन् ।घटनापछि अनुसन्धान र उद्दारकर्मी ल्यान्डिङ साइटमा पुगे । नासाको एक ट्वीटका अनुसार दुबैलाई हेलिकोप्टरमार्फत टेक–अफ साइट बैकानूर ल्याइएको छ […]
वृद्ध भत्ता पाँच हजार बनाएरै छाड्ने श्रममन्त्रीको प्रतिवद्धता
मेलम्ची- श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले आगामी पाँच वर्षभित्र वृद्ध भत्ता पाँच हजार पु¥याएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोक क्षेत्र नं २ ले आज मेलम्ची आयोजना गरेको विजया दशमी, दिपावली, छठ र ल्होछार पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले नेकपाको सरकार आएपछि छिमेकी देशसँगको सम्बन्ध राम्रो भएको बताए । मन्त्री […]
पाकिस्तानी मिथी : मुस्लिम–हिन्दु सहिष्णुताको सुखद स्थल
अस्रफ खान मिथी/एएफपी : पाकिस्तानी सहर मिथीमा छिमेकी मुलुक भारतमा झैं गाईवस्तु निस्फिक्री यताउता घुमिरहेका पाइन्छन् । हिन्दुहरुले पवित्र जनावरका रुपमा लिने हिन्दुहरुले रुढीवादी मुस्लिम पाकिस्तानमा पनि धार्मिक सहिष्णुतालाई आत्मसात गरेका छन् । सामान्यतया, पाकिस्तानमा अल्पसंख्यक समुदायहरुले ठूलै विभेदको सामना गर्नु पर्दछ । यहाँ, “मुस्लिमले हिन्दूहरुका धार्मिक आस्थालाई सम्मान गरिरहेका छन्,” ७२ वर्षीय शाम दासले बताउनुभयो । […]
प्रधानमन्त्रीद्वारा स्याउ फार्म उद्घाटन
मनाङ– प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा एग्रो मनाङ प्रालिले स्थापना गरेको स्याउ फार्मको आज उद्घाटन गरे । सो अवसरमा उनले कृषिमा आधुनिकीकरण र व्यावसायिकरण गरिनुपर्ने बताए । स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने खालको उदाहरणीय काम एग्रो मनाङले गरेको भन्दै प्रधानमन्त्रीले आधुनिक प्रविधिको प्रयोग गरी कृषि क्षेत्रबाट उद्योगतर्फ जान सकिने विचार […]





