लिस्बन– नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक सङ्घर्षबाट प्राप्त भएका उपलब्धिहरु लोकतन्त्र र सङ्घीयतालाई जोगाएर अघि बढ्नु पर्ने बताएका छन् । नेपाली जनसम्पर्क समिति पोर्चुगलले बिहीबार लिस्बनमा आयोजना गरेको नेपालमा सङ्घीयताको कार्यान्वयन, चुनौती र नेपाली काङ्ग्रेसको भूमिका विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै नेता पौडेलले काङ्ग्रेस कमजोर भए प्राप्त उपलब्धि र लोकतन्त्र खतरामा पर्ने विचार व्यक्त गरे […]
Author: purnakhabar
इन्द्रजात्रा सुरु, इन्द्रजात्राको लिङ्गो ठड्याएर यसरी गरियो इन्द्रध्वजोत्थान (तस्विर/भिडियो)
काठमाडौं– इन्द्रजात्रा पर्व आजबाट शुरु भएको छ । आज विहान ८ बजेर ५ मिनेटको साइतमा इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको छ । विशेषगरी काठमाडौंमा एकसातासम्म यो जात्रा उत्सवका साथ मनाइन्छ । भक्तपुरको चित्तपोलबाट ल्याईएको लिङ्गो हनुमानढोका तलेजुको मूल प्रवेशद्वार बाहिर राखिन्छ । आज मानन्धर समुदायले लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु भएको सन्देश दिएका छन् ।इन्द्रजात्रा पौराणिककालदेखि नै मनाउँदै आएको […]
काजकिरिया भइसकेका ‘जीवन’ जीवितै भेटिए
–हरि बाँस्तोला पोखरा– झट्ट सुन्दा अचम्म लाग्न सक्छ, भूकम्पका कारण मरेको भनी आफन्तले काजकिरिया गरिसकेका अछामका जीवन बूढा पोखरामा भेटिनु भएको छ । अछामको विनायक पञ्चदेवल नगरपालिका–५ का १९ वर्षीय जीवन बूढा तीन वर्षअघि काठमाडौँमा रहेको अवस्थामा भूकम्पमा परेर मृत्यु भएको भनी उहाँको काजकिरिया गरिएको थियो । वि.सं २०७२ वैशाख १२ गते काठमाडौँको कपनमा जीवन र उनका […]
पेट्रोल पम्पमा लाइन, आयल निगम भन्छ – ‘नअत्तालिनुहोस्, अझै ६ दिनलाई पुग्ने स्टक छ’
काठमाडौँ । नेपाल आयल निगमले काठमाडौ लगायत कुनैपनि स्थानमा पेट्रोलियम पदार्थ अभाव नभएको र हुन नदिने दाबी गरेको छ । निगमले केही पेट्रोल पम्पहरुमा उपभोक्ताहरु आत्तिएर लाइनमा बसेको भन्दै नअत्तालिन आग्रह गरेको छ ।आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले निगमले शुक्रबारमात्रै काठमाडौँमा साढे ६ लाख लिटर पेट्रोलियम पदार्थ बजारमा पठाएको बताए । उनले अन्य दिनमा पनि साढे ५ […]
मानसिक रोगीलाई निर्घात कुट्ने प्रहरीमाथि कारवाही हुने
काठमाडौं– काठमाडौमा केही दिनअघि एक मानसिक रोगीलाई निर्घात कुटपीट गर्ने प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले कानुनी कारवाही गर्ने भएको छ । काठमाडौको नयाँ बसपार्क छेउमा रहेको शिव मन्दिर चोकमा एक प्रहरी अधिकारीले मानसिक रोगीमाथि निर्घात कुटपीट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।घटनापछि प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै सामाजिक सञ्जालमा आएको उक्त भिडियो […]
'विवादास्पद' कंसाकारलाई निगमबाट हटाउन कर्मचारीकै लबिङ
काठमाडौं–नेपाल वायु सेवा निगमका महाप्रवन्धक सुगरत्न कंसाकारलाई निगमबाट हटाउन निगमभित्रै कर्मचारीले लबिङ थालेका छन् । कंसाकारको विवादास्पद छवि र पछिल्लो सयम उनले गरेका निर्णयले निगम थप धराशयी बनेको भन्दै उनीहरुले हटाउन लबिङ थालेका हुन् । एक अधिकारीले निगमको कार्यकारी अध्यक्षमा मदन खरेल आइसकेपछि कंसाकार करीब भूमिकाविहीन बनेको अवस्थामा उनले राजीनामा दिनुपर्ने धारणा राखे । विगतमा आफू मातहतका […]
अर्थमन्त्रीप्रति गर्भनरको व्यंग्य : राष्ट्र बैंक छोडेर गएकाहरुले सहयोग गरेनन्
काठमाडौँ । नेपाल राष्ट्र बैंकको थापाथली भवन गर्भनर डा. चिरञ्जीवि नेपालले उद्घाटन गरेका छन् । सो भवनका लागि आफूले निकै संघर्ष गर्नुपरेको बताउँदै उनले राष्ट्र बैंक छोडेर गएकाहरुले नै सहयोग नगरेको बताए । उनको यो अभिव्यक्ति अर्थमन्त्री डा. युवराज खतिवडाप्रति लक्षित देखिन्थ्यो । खतिवडा नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर हुन् । गर्भनर नेपालले पुरातत्व विभागका भेष नारायण दाहालले […]
मुकेश अम्बानीकी छोरीको आज इन्गेजमेन्ट, तीनदिनसम्म इटालीमा चल्नेछ यस्तो उत्सव
मुकेश अम्बानीकी छोरी इशा अम्बानीको आनन्द पिरामलसँग आज इटालीमा इन्गेजमेन्ट हुँदैछ । यसका लागि अम्बानी परिवारले निकै भव्य तयारी गरेको छ । इन्गेजमेन्टको कार्यक्रम इटालीको लेक कोमोमा शुक्रबारदेखि सुरु हुँदैछ जुन २३ सेप्टेम्बरसम्म चल्नेछ ।यसअघि यसै वर्ष आनन्द पिरामलले ईशा अम्बानीलाई महाराष्ट्रको महाबलेश्वरमा प्रपोज गरेका थिए । गत मे मा एक नीजि समारोहमा दुबै परिवारको […]
प्रकाण्डको गिरफ्तारी शङ्काको घेरामा
काठमाडौँ । नेत्रविक्रम चन्द निकट नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको पक्राउलाई लिएर उनकै पार्टीभित्र प्रश्न उठेको छ । पार्टी मूल नेतृत्वको निर्देशन विपरीत प्रकाण्ड काठमाडौं आएकै बेला उनी पक्राउ परेको नेकपा निकट स्रोतले बताएको छ । ‘पार्टी महासचिवले तपाईं अहिले राजधानी नजानुस् भन्नुभएको रहेछ । त्यो पनि एक पटक होइन, तीन–तीन पटक । […]
५ नम्बर प्रदेशका राष्ट्रिय गौरवका आयोजना किन पूरा हुँदैनन् समयमा ?
तेजेन्द्र केसीबुटवल– प्रदेश नम्बर ५ मा राष्ट्रिय गौरवका ५ वटा आयोजना निर्माणाधीन अवस्थामा छन् तर कतिपय आयोजना सुरु गरेको तीन दशक बित्दासमेत सम्पन्न हुन सकेका छैनन् । राष्ट्रिय गौरवका यी आयोजनाको प्रगति २५ देखि ८० प्रतिशतसम्म मात्रै भएको छ ।ठूला ५ आयोजनामध्ये लुम्बिनी विकास आयोजनाको काम २०४२ सालबाट सुरु भएको हो । तर अझै पूरा […]





