काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) सुनसरीले तत्कालिन नेकपा एमाले जिल्ला सल्लाहकार परिषदका सदस्य तथा रैयाव बोर्डिङ स्कुलका सञ्चालक खुर्सिद आलमको गोली हानी भएको हत्याको सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानविन समिति गठन गर्न माग गरेको छ । आलमको हिजो दिउसो भारतीय नम्बर प्लेटका २ वटा मोटरसाइकलमा आएका अपरिचत व्यक्तिले गोली हानी हत्या गरेका थिए । आलमलाई स्कुलबाट […]
Author: purnakhabar
फ्राइडे रिलिज : साम्राज्ञी भर्सेस सृष्टि
काठमाडौँ । शुक्रबारबाट दुई नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र हुन् –‘इन्टु मिन्टु लन्डनमा’ र ‘बाँध मायाले’ । यी दुबै चलचित्र देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । प्रेमकथामा निर्माण गरिएको यी दुवै चलचित्र राम्रो बनेको निर्माण युनिटको दाबी रहँदै आएको छ ।‘इन्टु मिन्टु लन्डनमा’ यो अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको चलचित्र हो । यसमा […]
विनोद चौधरीको भवनमा ड्युटी एक धावक : जसले २ सय १८ दिनमा ७५ जिल्ला दगुरे
कुलबहादुर शाही । वर्ष ३० । घर तातोपानी ३ जुम्ला । काठमाडौंमा सेक्युरिटी गार्डको जागिर । देश दगुरेर छिचोल्ने लक्ष्य लिएर २०६८ साल पुस २५ गते जुम्लाबाट दौड सुरु गरेको । २०६९ साल साउन २१ गते काठमाडौंको बबरमहलमा पूरा गरेको । कुलबहादुर शाही जाउलाखेलमा बन्दै गरेको विनोद चौधरीको एक भवनमा रातिको सुरक्षाका लागि त्यसतर्फ दगुरिरहेका थिए […]
सप्तरीमा फैलिएको संक्रमण स्वाईन फ्लू होइन : महाशाखा
तुलसी प्रसाद कोईरालाउदयपुर । सप्तरीको उत्तरी क्षेत्रमा पर्ने स्थानीय तहहरुमा देखिएको संक्रमण स्वाइन फ्लू भनेर चिनिने एचवान एन वानको नभएको पुष्टी भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको महामारी व्यवस्थापान शाखा प्रमुख डा प्रकाश प्रसाद साहका अनुसार सप्तरीको कन्चनरुप र हनुमाननगर नगरपालिकामा देखिएको संक्रमण मौसमी रुघाखोकी भएको बताए । सप्तरीमा स्वाईन फ्लूको भएको सार्वजनिक भएपछि इपिडिमियोलोजी […]
बिग बसः पछिल्ला बिजेताका रियालिटी चेक, कोही चलाउँछन् गहना पसल कोही बसिरहेका छन् खाली
भारतको निकै विवादित रियालिटी शो बिग बसको १२ औं सिजन टेलिभिजनमा प्रशारण भइरहेको छ । यसपटकको बिजेता बन्न १७ प्रतिस्पर्धी बिग बसको घरमा भित्रिएका छन् ।यसअघिका ११ बिजेता अहिले के गरिरहेका छन् त ? यसबारे जानकारी लिऔंः१. राहुल रोय–सीजन १ (सन् २००६–७)सुपरहिट फिल्म ‘आशिकी’ बाट डेब्यु गरेपछि राहुल रोयको करियर फ्लप रह्यो । पहिलो सिजनका […]
राँगा भनेर भैँसीको मासु बेच्दै, ललितपुरका ४ वटा बधशालाबाट मासु बिक्रीमा प्रतिबन्ध
काठमाडौँ । सरकारले ललितपुर महानगरपालिकामा सञ्चालिन चारवटा पशु बधशालाको मासु बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । स्थलगत अनुगमन गर्दा न्यूनतम मापदण्ड पूरा नगरेको पाइएपछि सुधार नगर्दासम्मका लागि मासु बिक्रि वितरणमा प्रतिबन्ध लगाइएको हो । कृषि राज्यमन्त्री रामकुमारी चौधरीको नेतृत्वमा गएको अनुगमन टोलीले बिहान ४ बजेदेखि ललितपुर, लगनखेलमा सञ्चालिन ५ वटा बधशालाको अनुगमन गरेको थियो । मुकेश खड्गीले सञ्चालन […]
छोरीहरुको जन्मदिनमा श्वेता–श्री फाउन्डेसनलाई सहयोग
काठमाण्डौँ । पुरानो राष्ट्रिय गानका रचयिता चक्रपाणि चलिसेका नाती सुशिल चालिसे र उनकी धर्मपत्नी अनिता भण्डारी चालिसेले आफ्ना छोरीहरुको जन्मदिनको अवसरमा नायिका श्वेता खड्काको फाउन्डेसनलाई सहयोग गरेका छन् । चार वर्षीया शायना चालिसे र एक वर्षीया समिका चालिसेको जन्मदिनको अवसरमा ५० हजार रुपैयाँमा एक कार्यक्रमका बीच चर्चित नायिका श्वेता खड्कालाई हस्तान्तरण गरिएको छ । श्रेष्ठले देशमा आएको […]
झण्डै चारसय युवालाई इलम दिँदै उपमहानगरपालिका
बुटवल — बुटवल उपमहानगरपालिकले ‘मेयर युवा इलम’ कार्यक्रमअन्तर्गत करीब चारसय युवालाई लक्षित गरी युवा स्वरोजगार तालीम शुरु गरेको छ । पहिलो चरणमा बुटवलका १९ वटै वडाका ३६५ युवालाई इलम सिकाइने छ । तीन महीने सीप सकेका युवालाई दक्षताका आधारमा रोजगारादाताको सहकार्यमा रोजगारी दिने गरी यस्तो तालीम शुरु गरिएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिए । युवालाई हेभी […]
कास्कीमा फुटबल एकेडेमी बनाइने
कास्की — अखिल नेपाल फुटबल सङ्घ एन्फाले यहाँ प्रदेशस्तरीय फुटबल एकेडेमी निर्माणमा चासो दिएको छ । उक्त कार्यका लागि युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्मासहित एन्फा पदाधिकारीको टोलीले पोखरा महानगरपालिका–१५ को तल्लो भाग र माछापुच्गाछ«े उँपालिकाको वडा नं ६ भेडाबारीस्थित सरकारी जग्गा बिहीबार निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा मन्त्री विश्वकर्माले सडक पूर्वाधारको पहुँच र माछापुच्छ«े तथा […]
झोलुङ्गे पुल विस्तारसँगै घट्यो जोखिम
रोल्पा — जिल्लामा झोलुङ्गे पुल विस्तारसँगै खोला तर्दा हुने जोखिम घट्न थालेको छ । भौगोलिक बनावटका कारण जिल्लाका अधिकांश ठाडो खोला हुने र त्यहाँ आवतजावत गर्दा जोखिम हुँदै आएको थियो । जिल्ला समन्वय समितिअन्तर्गत झोलुङ्गे पुल सहयोग कार्यक्रमबाट झोलुङ्गे पुल विस्तार भएको हो । आवतजावतमा समस्या भोग्दै आएका समुदायलाई प्राथमिकता दिई कार्यक्रम सञ्चालन भइरहेको जिससका सब–इञ्जिनियर तीलक […]








