१२ असोज, धनगढी । प्रदेश ७ को राजधानीलाई लिएर केही दिनदेखि धनगढीमा भइरहेको प्रदर्शन आज पनि जारी छ । प्रदेश ७ सरकारले गोदावरीलाई प्रदेश ७ को राजधानी तोकेपछि प्रदर्शनमा उत्रिएका असन्तष्टहरुले आज पनि प्रदर्शन जारी राखेका हुन् । आन्दोलनकारीहरुले अहिले प्रदेश ७ को प्रदेशसभा भवनअगाडि भेला भएर धर्ना दिइरहेका छन् । वन तस्कर र भूमाफियासमेत […]
Author: purnakhabar
प्रदेश ३ का १० स्थानमा बन्ने भो भ्यूटावर, लागत ३० करोड
११ असोज, हेटौंडा । पर्यटन क्षेत्रको विकास गर्न प्रदेश ३ सरकारले भ्यूटावर निर्माण योजना अघि सारेको छ । प्रदेश सरकारले प्रदेश ३ का विभिन्न १० स्थानमा भ्यूटावर निर्माण गर्न लागेको हो । प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार सिन्धुपाल्चोकको मुडे, दोलखाको जिरी, रामेछापको शिवालय, मकवानपुरको दामन, चित्लाङ कुलेखानी, ललितपुरको कालेश्वर, नुवाकोटको […]
३ महिनादेखि बेपत्ता बालकको कंकाल भेटियो
१२ असोज, हुम्ला । ३ महिनादेखि हराइरहेका चङ्खेली गाउँपालिका– २ दार्मा गर्खाका १४ वर्षीय शैलेन्द्र शाहीको कंकाल भेटिएको छ । गत साउन १ गते स्थानीय धुम्माधारा खर्कबाट दूध र दही लिएर घर फर्कने क्रममा तामेखोलाबाट हराएका बालकको ३ महिनापछि कंकाल भेटिएको हो । मृतक शाही स्थानीय बालज्योति आधारभूत विद्यालयको कक्षा ५ मा अध्ययनरत थिए । […]
सुपथ मूल्य पसल आजबाट, कति पाइन्छ छुट ?
१२ असोज, काठमाडौं । सरकारले आजदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । विगत वर्षहरुमा दशैं–तिहारलगायत चाडपर्वलाई लक्षित गरेर यस्ता पसलहरु सञ्चालन गर्दै आएको विभागले यस वर्ष पनि त्यसलाई निरन्तरता दिन लागेको हो । सुपथ मूल्य पसल सञ्चालनको नेतृत्व गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपत्यकासहित देशका विभिन्न ४७ स्थानमा यस्ता सुपथ […]
पहिले आफ्नो लागि खेलेँ, यसपाली टिमका लागि खेल्छुः कर्ण लिम्बु
काठमाडौं । मोफसलको चर्चित फुटबल क्लब झापा एघार ए डिभिजनमा छैन । तर, प्रमुख स्ट्राइकर कर्ण लिम्बु शहिद स्मारक ए डिभिजन लिग खेल्दैछन् । कर्ण घरेलु फुटबलका स्टार खेलाडी हुन् । झापा एघारलाई यो स्थानसम्म परिचित गराउन कर्णको योगदान छ । उनकै प्रेरणामा क्लबले घरेलु लिगमा थुप्रै सनसनीपूर्ण नतिजा निकालेको छ । तीनै कर्ण ए […]
उत्तेजना फैलाउन अमेरिकाले विवादित क्षेत्रमा वमबर्षक विमान उडायोः चीन
१२ असोज, काठमाडौं । अमेरिकी बी–५२ नामक वमबर्षक विमान साउथ चाइना सी र इस्ट चाइना सीमामा उडाइएको प्रति चीनले आपत्ति जनाएको छ । दुई विश्व शक्ति राष्ट्रबीच कर वृद्धिलाई लिएर व्यापार युद्ध चलिरहेका बेला थप नयाँ विवादले प्रवेश पाएको हो। विवादित क्षेत्रमा अमेरिकाले वमबर्षक विमान उडाएको केही दिनपछि त्यसको आलोचना गर्दै चीनले उत्तेजना फैलाउने मनसायस्वरुप […]
नेकपामा नेतैपिच्छे गुट, जिल्ला र जनवर्गीय संगठनमा विवाद
तत्कालीन नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रसँग पार्टी एकता घोषणा गर्दा भनेका थिए, ‘अब पार्टीमा कसैमाथि कुनै प्रकारको भेदभाव, अन्याय, पूर्वाग्रह र हिजो कुन पक्षको भन्ने किसिमको व्यवहार हुने छैन।’ तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको हो । नेकपामा दुई अध्यक्ष छन्– ओली र पुष्पकमल […]
आजका पत्रपत्रिकाः ३ छोराछोरी गुमाएका बाबु–आमा गाउँबाटै विस्थापित
१२ असोज, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय उठाएका भए पनि सरकारको काम–कारबाही र पार्टीभित्रको गतिविधिलाई लिएर नेकपामा चुलिएको असन्तुष्टि पहिलो प्राथमिकतामा परेको छ । नेकपाका वरिष्ठ नेता माधव नेपाल समूहका नेता प्रतिवादमा उत्रिएकोलाई पत्रपत्रिकाहरुले विभिन्न शीर्षक दिएर छापेका छन् । पुनर्निर्माणमा सघाउने वचन दिएका दाताले प्रतिबद्धताअनुरुप सहयोग गर्न आनाकानी गरेका […]
महोत्तरीमा लेखापाललाई मेयरले हाने झापड
११ असोज, महोत्तरी । काममा ढिलासुस्ती गरेको भन्दै महोत्तरीको भँगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले लेखा अधिकृतलाई झापड हानेका छन् । लेखा अधिकृत पवनकुमार अधिकारीलाई मेयर साहलाई बुधबार साँझ आफ्नै कार्यकक्षमा झापड हानेको पुष्टि भएको हो। गत वर्षको आयव्यय र हिसाबकिताब पारदर्शी गर्न पटक-पटक आग्रह गर्दा पनि उल्टै विभिन्न बाहाना गरेको र गैरजिम्मेवारी तवरले जे गर्न […]
एक महिनाभित्र राष्ट्रिय परिचय पत्र वितरण सुरु गरिने
११ असोज, काठमाडौं । गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले एक महिनाभित्र राष्ट्रिय परिचयपत्र वितरण सुरु गर्ने तयारी गरिएको जनाएको छ । नागरिकको वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित शुरु गरिएको राष्ट्रिय परिचयपत्र वितरणको कार्य अन्तिम चरणमा पुगको हो । बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पनि परिचय पत्र छपाइ केन्द्रको अवलोकनसहित […]








