Uncategorized

प्रदेश ७ राजधानी विवादः प्रदेशसभा भवन अगाडि बिहानैदेखि प्रदर्शन

१२ असोज, धनगढी । प्रदेश ७ को राजधानीलाई लिएर केही दिनदेखि धनगढीमा भइरहेको प्रदर्शन आज पनि जारी छ ।

प्रदेश ७ सरकारले गोदावरीलाई प्रदेश ७ को राजधानी तोकेपछि प्रदर्शनमा उत्रिएका असन्तष्टहरुले आज पनि प्रदर्शन जारी राखेका हुन् ।

आन्दोलनकारीहरुले अहिले प्रदेश ७ को प्रदेशसभा भवनअगाडि भेला भएर धर्ना दिइरहेका छन् । वन तस्कर र भूमाफियासमेत संलन भएर गोदावरी नगरपालिका ४ तेघरीको जंगलमा प्रदेश राजधानी तोक्न काम भएको भन्दै उनीहरुले धनगढीलाई नै स्थायी राजधानी तोक्न माग गरेका छन् ।

जारी आन्दोलनलाई धनगढी उपमहानगरपालिका मेयर नृप बड स्वयंले अगुवाइ गरेका छन् ।

प्रदेश राजधानीलाई लिएर धनगढीका मेयर बडले उत्तेजक अभिव्यक्ति दिएको भन्दै प्रदेशसभा सांसदहरुले कारबाही माग गर्दै जिल्ला प्रशासन, कार्यालय कैलालीमा लिखित निवेदन नै दिएका छन् ।

मेयर बडले भने बिहीबार विज्ञप्ति निकालेर आफूबाट केही गलत शब्द प्रयोग भएको भन्दै माफी मागेका छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *