Journalist from Itahari
Uncategorized

डा. केसीको चेतावनी : कसैलाई थाहै नदिई अनसन बस्छु

१२ असोज, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले नयाँ शैलीमा अनसन बस्ने चेतावनी दिएका छन् । संसदको वर्षे अधिवेशनले चिकित्सा शिक्षा विधेयक पास नगरेपछि रुष्ट बनेका डा. केसीले शुक्रबार पत्रकार सम्मेलन गरेर शिक्षामन्त्रीको राजीनामा माग गरेका छन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सीटीईभीटीलाई चिकित्सा शिक्षाबाट अलग गर्नुपर्ने भन्दै केसीसँग भएको सहमतिमा फरक मत […]

Uncategorized

नानाको निदहराम, तनुश्रीको सपोर्टमा प्रियंकादेखि स्वरासम्म

बलिउड अभिनेता नाना पाटेकरले सोचेका पनि थिएनन् होला कि १० वर्ष पुरानो घटनाले उनलाई यतिबेला दुख दिनेछ । तर, भयो त्यस्तै । नायिका तनुश्री दत्ताले दशक पुरानो घटना कोट्याएर उनको निदहराम गरिदिएकी छन् । यौन दुव्र्यवहारको गम्भीर आरोपले नानाको अनुहारमा कालो पोतिएको छ । तनुश्रीका अनुसार एउटा फिल्मको सुटिङका क्रममा नानाले उनीमाथि यौन आशक्ति देखाएका […]

Uncategorized

दशैंको सुपथ पसल: घ्युमा ५० रुपैयाँ छुट, अरुमा कति ? (सूचीसहित)

१२ असोज, काठमाडौं । सरकारले चाडपर्वलाई लक्षित गरेर आजदेखि सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ । सिंहदरबारस्थित एकिकृत सुपथ मूल्यको पसलको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले उद्घाटन गरे । विगत वर्षहरुमा दशैं–तिहारलगायत चाडपर्वलाई लक्षित गरेर यस्ता पसलहरु सञ्चालन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले यस वर्ष पनि त्यसलाई निरन्तरता दिएको […]

Uncategorized

माधव नेपालको भेलालाई वामदेवको ‘वैधानिकता’

१२ असोज, काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले शुक्रबार नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा आयोजना गरेको स्थायी कमिटीका सदस्यको भेलामा अर्का शीर्षनेता वामदेव गौतम पनि सहभागी भए । भेलामा नारायणकाजी श्रेष्ठ र सुवास नेम्वाङसमेत सहभागी थिए । तर, नेता गौतमले चाहिँ दुई/चार शब्द बोलेरै माधव नेपाललाई साथ दिए । नेता नेपालको अगुवाइमा भएको भेलालाई ‘चियापान […]

Uncategorized

‘विर विक्रम २’मा आकाश, बर्षासँग रोमान्स गर्ने

निर्देशक मिलन चाम्सले सुरुमा ‘ब्याचलर बन्टी’ चलचित्र बनाउने योजना पछि सारेका छन् । अब, उनी चलचित्र ‘विर विक्रम २’ निर्माण गर्ने तयारीमा लागेका छन् । नायक अनमोल केसीको समय नमिलेका कारण मिलनको ‘ब्याचलर बन्टी’ प्रोजेक्ट पछि सरेको हो । बक्स अफिसमा हिट भएको ‘ब्याचलर बन्टी’मा नायकको रुपमा आकाश श्रेष्ठलाई अनुवन्धित गरिएको छ । नायक श्रेष्ठले […]

Uncategorized

भारतसँग ग्यास पाइपलाइन विस्तार गर्ने समझदारी

१२ असोज, काठमाडौं । नेपाल-भारतबीच ग्यास पाइपलाइन विस्तार गर्ने समझदारी भएको छ । शुक्रबार काठमाडौंमा बसेको दुवै देशको मन्त्रीस्तरीय बैठकले ग्यास पाइपलाइन विस्तारका लागि सम्भाव्यता अध्ययन अगाडि बढाउने निर्णय गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानबीच दुवै देशबीच ग्यास पाइपलाइन विस्तार गर्ने समझदारी भएको हो […]

Uncategorized

प्रदेश ७ को नाम र राजधानी दुई तिहाईले पारित, कांग्रेसद्वारा मतदान बहिस्कार

१२ असोज, धनगढी । प्रदेश ७ को नाम सुदूरपश्चिम रहने  भएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकले उक्त प्रदेशको नाम ‘सुदूरपश्चिम’ राख्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित गरेको हो । नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुले सुदूरपश्चिमको पक्षमा मतदान गरेका छन् । प्रदेश ७ मा ५३ सांसद छन् । दुई तिहाईका लागि ३६ मत आवश्यक थियो। उक्त प्रस्तावको […]

Uncategorized

वाइडबडी खरिद प्रकरण : प्रक्रिया र मूल्यमा महालेखाले प्रश्न उठायो

१२ असोज, काठमाडौं । महालेखा परीक्षकको कार्यालयले नेपाल एयरलाइन्सको हालै ल्याएको दुई वटा वाइडबडी विमान खरिद प्रक्रिया र मूल्यमाथि प्रश्न उठाएको छ । संसदको सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा महालेखा परीक्षक टंकमणि शर्माले खरिद प्रक्रिया त्रुटीपूर्ण रहेको बताए । साथै मूल्यमा पनि प्रश्न गरेका छन् । शर्माका अनुसार नेपाल एयरलाइन्सको आर्थिक विनियमावली २०६२ को विनियम […]

Uncategorized

भीमफेदी-कुलेखानी सुरुङमार्ग निर्माणका लागि प्रदेश सरकारले थाल्यो गृहकार्य

१२ असोज, हेटौंडा । प्रदेश सरकारको गौरबको योजना हेटौंडाबाट काठमाडौं जोड्ने पोष्टबहादुर बोगटी भीमफेदी-कुलेखानी सुरुङमार्गको निर्माणका लागि प्रदेश सरकारले गृहकार्य थालेको छ । प्रदेश सरकारले सुरुङ मार्गको निर्माणका लागि बिस्तृत अध्ययन प्रतिवेदनका लागि ५ करोड रकम विनियोजन गरिसकेको छ । सरकारले मार्ग निर्माणका लागि विज्ञहरुसँग छलफल सुरु गरेको छ भने सुरुङ मार्ग निर्माण कम्पनीहरुसँगको छलफललाई […]

Uncategorized

दशैं लक्षित ट्राफिक योजना–टिकट काउन्टरमा ‘सुराकी’ प्रहरी !

२२ असोज, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नजिकिँदै गरेको दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ । शुक्रबार महाशाखामा पत्रकार सम्मेलन आयोजना गरी सह–आयुक्त प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त पन्तले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरिएको जनाएका हुन् । उनका अनुसार भिडभाड हुने स्थल र टिकट काउन्टरहरुमा […]