Uncategorized

‘विर विक्रम २’मा आकाश, बर्षासँग रोमान्स गर्ने

निर्देशक मिलन चाम्सले सुरुमा ‘ब्याचलर बन्टी’ चलचित्र बनाउने योजना पछि सारेका छन् । अब, उनी चलचित्र ‘विर विक्रम २’ निर्माण गर्ने तयारीमा लागेका छन् । नायक अनमोल केसीको समय नमिलेका कारण मिलनको ‘ब्याचलर बन्टी’ प्रोजेक्ट पछि सरेको हो ।

बक्स अफिसमा हिट भएको ‘ब्याचलर बन्टी’मा नायकको रुपमा आकाश श्रेष्ठलाई अनुवन्धित गरिएको छ । नायक श्रेष्ठले सबैको मायाले आफूले राम्रो ब्यानरको चलचित्रमा काम गर्न लागेको बताए । चलचित्रमा नायिका बर्षा सिवाकोटी फाइनल भैसकेकी छिन् । चलचित्रमा दयाहाङ राई र नाजिर हुसेन पनि रहने बताइएको छ ।

केही दिनमै चलचित्रका कलाकार र छायांकन मितिको जानकारी दिने योजनामा यसको निर्माणपक्ष छ । आकाशले अभिनय गरेको चलचित्र ‘रामकहानी’ चौथो सातामा हलमा चलिरहेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *