Journalist from Itahari
Uncategorized

मालिकाको ट्रेलरमा रेखाको एक्सन र कमलाको बेदना

काठमाडौं / अभिनेत्री रेखा थापाद्वारा निर्मित तथा निर्देशित चलचित्र ‘मालिका’ को ट्रेलर शुक्रबार सार्वजनिक भएको छ । फिल्मले छोरीमाथि हुने सामाजिक विभेदको मुद्दालाई उठाएको देखिन्छ । चलचित्रको केन्दि्रय पात्रमा छिन्, जाजरकोटकी १४ वर्षीया किशोरी कमला वली । उनको भूमिका बेदनामय छ । चलचित्रमा नायक कोही छैन । रेखा थापा स्वयम् ‘नायकीय’ रुपमा देखिन्छिन् । रेखाले […]

Uncategorized

वीरगञ्जका मेयरको स्वीकारोक्ति : सोचेजस्तो काम गर्न सकिएन

१२ असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले सोचेजस्तो काम गर्न नसकेको स्वीकार गरेका छन् । मेयरमा निर्वाचित भएलगत्तै ५० वर्षमा नभएको विकास ५ वर्षमा गरेर देखाउने प्रतिबद्धता गरेका उनले सोचे अनुसारको काम गर्न नसकेको स्वीकारेका हुन् । जनशक्तिको अभाव र नीति नियमको अस्पष्टताका कारण काम गर्न नसकिएको उनको भनाइ छ । निर्वाचित […]

Uncategorized

नेपालले बोलिभियालाई हरायो

जर्जिया । ४३ औं चेस ओलम्पियाडमा नेपालको पुरुष टोलीले चौथो चरणको खेलमा बिहिबार बोलिभियालाई २.५-१.५ ले हराएको छ । चौथो चरणमा नेपाल च्याम्पियन मदनकृष्ण कायस्थले बोलिभियाका लुइस मिगुल अग्वीलरलाई र विवेक थिङले डानियल पिन्टोलाई हराए । रुपेश जैसवालले पाउलो रोजोसँग बराबरी खेले भने हिमाल लामा जोस डेनियल जेमीसँग पराजित भएका थिए । पाँचौं चरणमा नेपाली […]

Uncategorized

‘प्रचार प्रसारको अभावमा प्राचिनतम उपचार पद्दती ओझेलमा’

१२ असोज, वीरगञ्ज । मुख्यमन्त्री लालबाबु राउत गद्दीले पुराना चिकित्सा पद्दतीको बारेमा प्रचारप्रसार आवश्यक रहेको बताएका छन् । उनले प्रचारप्रसारको अभावमा प्राचिनतम एवंम उपयोगी चिकित्सा पद्दतीहरु ओझेलमा परेको बताए । वीरगञ्जमा आयोजित अन्तर्राष्ट्रिय एक्युप्रेशर कन्फ्रेन्समा बोल्दै मुख्यमन्त्री लालबाबु राउतले बाबा रामदेवले योगबाट स्वस्थ बन्न सकिन्छ भन्ने कुराको प्रचार गरेकै कारण उनी सफल भएको दावी गरे […]

Uncategorized

धर्मश्री प्रतियोगिता असोज तेस्रो साता

१२ असोज, काठमाडौं । शारीरिक सुगठन प्रतियोगिता ‘धर्मश्री’ असोज तेस्रो साता हुने भएको छ । नेपाल ब्यायाम मन्दिरले प्रतियोगिताको १५ औं संस्करण असोज १९ र २० गते गर्ने भएको हो । मन्दिरका अध्यक्ष नारायण प्रधानका अनुसार प्रतियोगितामा करिव ४०० खेलाडीहरुले विभिन्न ७ तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० […]

Uncategorized

नेपाल-मलेसिया श्रम वार्ता : कामदारको भिसा खर्च रोजगारदाताले व्यहोर्ने

१२ असोज, काठमाडौं । नेपाल र मलेसियाबीच हुने श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको छ । मलेसिया भ्रमणमा रहेको नेपाली टोलीसँग भएको वार्तामा सरकारी उच्च अधिकारीहरुले नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने सबै खर्च मलेसियन रोजगारदाताले व्यहोर्ने सहमति जनाएका छन् । नेपाली राजदूत कुमारराज खरेलले भने, ‘वार्ता उत्साहजनक रुपमा सफल भयो । कामदारको हकहित र सुरक्षाका विषयमा […]

Uncategorized

हतियार देखाएर लुटपाट गर्ने भारतीयसहित ७ जना पक्राउ

१२ असोज, सप्तरी । सिरहा प्रहरीले हतियार देखाएर लुटपाट गर्ने एक भारतीय नागरिकसहित सात जनालाई पक्रेको छ । उनीहरु हतियारसहित पक्राउ परेका हुन् । पक्राउ परेका ७ जनालाई जिल्ला प्रहरी कार्यालय सिरहाले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ परेकाहरु हतियार देखाएर अर्नामा गाउँपालिकास्थित सिर्जना सामुदायिक सहकारी संस्थाका कर्मचारीसँग रकम लुटपाट गर्नेहरु रहेको […]

Uncategorized

 अब भारतबाट नेपाली बुलेटले नै ग्यास ढुवानी गर्ने

१२ असोज, काठमाडौं । अबदेखि नेपालका ग्यास बुलेटले नै खाना पकाउने ग्यास आयात गर्ने भएका छन् । नेपाल र भारतका उच्च अधिकारीबीच भएको दुई पक्षीय वार्तामा नेपालका ५३ ग्यास बुलेटले खाना पकाउने (एलपिजी) ग्यास ढुवानी गर्नेछन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र उनका भारतीय समकक्षी धर्मेन्द्र प्रधानबीच शुक्रबार राजधानीमा भएको मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनासम्बन्धी […]

Uncategorized

विश्व मुटु दिवसको अवसरमा नर्भिकले निकाल्यो प्रभातफेरि

११ असोज, काठमाडौ । विश्व मुटु दिवसको पूर्वसन्ध्यामा नर्भिक इन्टरनेशनल अस्पतालले शुक्रवार काठमाडौंमा प्रभातफेरि निकालेको छ । कार्यक्रममा नर्भिक हस्पिटलका मुटुरोग विभागीय निर्देशक प्रा.डा. यादवदेव भट्टसहित अन्य मुटुरोग विशेषज्ञहरू, कर्मचारीहरू लगायत, संघ संस्थाका पदाधिकारीहरू गरी करिब २०० जना सहभागिता थियो । प्रभातफेरि बिहान ७ः०० बजे नर्भिकको प्राङ्गणबाट सुरु भइ बबरमहल, अनामनगर, थापागाउँ, मध्य बानेश्वर / […]

Uncategorized

वनस्पति समाजको अध्यक्षमा शिवाकोटी

१२ असोज, काठमाडौं । आफ्ना अनुभव, क्षमता र सिर्जनाशीलतालाई संगठित र सुव्यवस्थित बनाउन भन्दै वनस्पतिविद्हरू संगठित भएका छन् । त्रिभुवन विश्वविद्यालय वनस्पति विभागका प्रमुख प्रा.डा. मोहन शिवाकोटीको अध्यक्षतामा वनस्पति समाज नेपाल गठन गरिएको हो । समाजको उपाध्यक्षमा वनस्पति विभागका महानिर्देशक सन्जीवकुमार राई, सचिव डा. हरिप्रसाद अर्याल, कोषाध्यक्ष नारायणप्रसाद घिमिरे, सदस्यहरूमा डा. भुवनकेशर शर्मा, डा. अन्जना […]