क्यान्सर, जसले विश्व-मानवलाई थर्कमान बनाएको छ । प्रविधि-विकासको यो चरणसम्म पनि क्यान्सरको पूर्ण उपचार संभव छैन । अर्थात क्यान्सरको विरुद्धमा अहिलेका चिकित्सा विज्ञान असफल हुँदै आएको छ । हुन त क्यान्सरको विभिन्न चरण हुन्छ । केही चरणमा क्यान्सरको उपचार संभव नभएको होइन । तर जब अन्तिम चरणमा पुग्छ, त्यसबेला क्यान्सरको उपचार असंभव हुन्छ । जतिसुकै […]
Author: purnakhabar
निर्वस्त्र हुनुपर्ने केही अनौठा जागिरहरु
दुनियाँमा अनेक प्रकारका जागिर तथा व्यवसाय छन् । कतिपय जागिर यस्ता पनि छन् जुन सुन्दैमा रोचक तथा अनौठा लाग्दछन् । त्यसैले त्यस्ता जागिर गर्ने हिम्मत पनि लरतरो मानिसले गर्दैन होला । यस्तै मध्येको एक जागिर छ, जहाँ काम गर्ने मानिसले जिउमा लुगा लगाउन पाउँदैन । नांगै हुनुपर्ने केही जागिर यी हुन्ः १. न्यूड गार्डेनिङ्गः अमेरिका, […]
मिर्गौलाको पत्थरी रोक्ने हिसाबः ३ लिटर पानी, अढाई लिटर पिसाब
१७ असोज, काठमाडौं । कुनै एक विषयमा ‘सुपर स्पेसियलाइजेसन’ गरेका थोरै नेपाली डाक्टरमध्ये एक हुन् मुत्ररोग विशेषज्ञ तथा प्रत्यारोपण विशेषज्ञ डा. नारायण भुसाल । हाल उनी धापाखेलस्थित सुमेरु अस्पतालमा सेवारत छन् । फिलिपिन्सस्थित सेबु इन्स्टिच्यूट अफ मेडिसिनबाट एमबीबीएस गरेका भुसालले त्यसपछि परपेक्च्युअल सोकरबाट सर्जरी पढे । फिलिपिन्सकै नेसनल किड्नी एन्ड ट्रान्सप्लान्ट इन्सटिच्यूटबाट युरोलोजीसम्बन्धी ६ वर्षे […]
‘विप्लवले दुःख दिए, राजनीतिक समाधान खोज’
१७ असोज, बुटवल । गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश नं. ५ को पहिलो अधिवेशन २७ बुँदे बुटवल घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । अधिवेशनले नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका समूहले दुःख दिएको भन्दै यसको राजनीतिक समाधान खोज्न केन्द्र र प्रदेश सरकारलाई सुझाव दिएको छ । दुई दिनसम्म बुटवलमा चलेको अधिवेशनले विप्लव लगायतका समूहबाट स्थानीय सरकारका गतिविधिलाई […]
मुटुरोग विशेषज्ञ प्रकाशराज रेग्मीको टिप्सः उच्च रक्तचाप र मधुमेहको परीक्षण कसरी गर्ने ?
अक्सर हामी रोग लागिसकेपछि मात्र अस्पताल धाउँछौं । स्वास्थ्य परीक्षण गराउँछौं । सामान्य अवस्थामा आफ्नो स्वास्थ्य के कस्तो भइरहेको छ भन्ने कुरामा कुनै हेक्का राख्दैनौ । त्यही कारण हामीलाई रोगले च्याप्छ, ग्रस्त बनाउँछ र औषधी-उपचार गर्नैपर्ने अवस्थामा पुर्याउँछ । तर, सामान्य अवस्थामा पनि नियमित रुपमा स्वास्थ्य परीक्षण गर्ने हो भने रोगले सताउँदैन । रोग लाग्नुपूर्व […]
किन हुँदैछ गुगलको अन्त्य ?
विश्वको सबैभन्दा वृहत सर्च इन्जिनको रुपमा रहेको गुगलले भविष्यमा आफ्नो पकड गुमाउने एकजना चर्चित अर्थशास्त्री तथा प्रविधि विश्लेषकले दाबी गरेका छन् । आफ्नो पुस्तक ‘लाइफ आफ्टर गुगल: द फल अफ बिग डाटा एण्ड द राइज अफ ब्लकचेन इकोनोमी’ मा लेखक जर्ज गिल्डरले यस्तो दाबी गरेका हुन् । गिल्डर डिस्कभरी इन्स्टिच्यूटका सहसस्थापक पनि हुन् । उनका […]
फरार अभियुक्तसहित लागुऔषध कारोबारमा संलग्न ४ पक्राउ
१७ असोज, वीरगञ्ज । प्रहरीले गैरकानुनी गतिविधिमा संलग्न ४ जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ । लागु औषध कारबोरमा संलग्न ३ र फरार अर्का १ अभियुक्तलाई पर्सा प्रहरीले महानगरापलिकाका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–३ का सञ्जय श्रेष्ठ, गोदावरी नगरपालिका–१, ललितपुरका सिद्धार्थ सुवेदी, किशोर थापा मगर र पटेर्वासुगौली गाउँपालिका–१ का भरत […]
बालाजुबाट ५ किलो सुनसहित एकजना पक्राउ
१७ असोज, काठमाडौं । काठमाडौंको बालाजुबाट फेरि पाँच किलो सुन बरामद भएको छ । सुनसहित एक व्यक्ति पनि पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसरको टोलीले बालाजुको तीनपिप्ले भन्ने स्थानमा चेकजाँच गर्दा सोमबार बेलुकी पाँच किलो सुनसहित १८ वर्षीय सोबहादुर तामाङ पक्राउ गरेको डीएसपी होमेन्द्र बोगटीले जानकारी दिए । उक्त सुन रसुवागढी नाकाबाट भित्राइएको अनुमान […]
वीरगञ्जमा बेवारिसे शव फेला
१७ असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा एक बेवारिसे शव फेला परेको छ । वीरगञ्ज महानगरपालिका– ६, महावीर मन्दिरको दक्षिणपट्टी राजेशजी नाम गरेका व्यक्तिको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी निरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए । वीरगञ्जमा मागेर गुजारा चलाउँदै आएका उनी भारतीय नागरिक भएको अनुमान गरिए पनि परिचय खुल्न सकेको छैन । राति अत्यधिक […]
सामूहिक बलात्कार गर्ने ५ किशोरलाई १० वर्ष जेल
१७ असोज, गाईघाट । उदयपुरको कटारी नगरपालिका–४ कि १४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई जिल्ला अदालत, उदयपुरले दश वर्ष ६ महिना जेल सजायको फैसला सुनाएकाे छ । दण्ड सजाय पाउने चारै जना १५–१८ वर्षका किशोर हुन् । जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले बालिका बलात्कार गर्ने पाँचै जनालाई मंगलबार जेल सजायसँगै रु दुई […]









