काठमाडौं– राजधानीको बालाजुस्थित तिनपिप्लेबाट प्रहरीले पाँच किलो सुन सहित एकजनालाई नियन्त्रणमा लिएको छ ।रसुवाबाट काठमाडौं आउँदै गरेको बसमा सवार रसुवाका शोबहादुर तामाङले बोकेर आएको सुन सहित उनलाई नियन्त्रणमा लिईएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । केरुङ नाका हुँदै आएको उक्त सुनका भरिया तामाङले बेल्टमा बाँधेर ल्याएको उक्त सुन प्रहरीले तिनपिप्लेबाट बरामद गरेको थियो । पाँच किलो […]
Author: purnakhabar
इन्डोनेसियामा फेरि गयो भूकम्प, मृतकको संख्या १३ सय पुग्यो
१७ असोज, काठमाडौं । इन्डोनेसियाको सुलावेसी द्वीपमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीमा परी मृत्यु हुनेहरुको संख्या १३ सय पुगेको छ । साठी हजार भन्दा बढी व्यक्ति विस्थापित भएका छन् । राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो नुग्रोहोका अनुसार ६५ हजार ७३३ घरहरू भत्किएका छन् भने सयौंको संख्यामा विद्यालय भवन, चर्च, होटल […]
डीभीको आवेदन आज रातिबाट खुल्दै, कसरी भर्ने ?
१७ असोज, काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रम २०२० का लागि आज रातिदेखि आवेदन खुला हुने भएको छ । नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार आज राति ९ः४५ बजेबाट शुरू हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहनेछ । दूतावासले डीभी चिट्टा आज रातिदेखि खुल्न लागेको जानकारी दिँदै आवेदन भर्न कुनै शुल्क नलाग्ने […]
एकीकृत सम्पति कर नउठाउन पोखरा महानगरलाई अदालतकाे आदेश
१७ असोज, पाेखरा । उच्च अदालत पोखराले पोखरा महानगरपालिकालाई तत्काल एकीकृत सम्पति कर नउठाउन अन्तरिक आदेश जारी गरेको छ । मुद्दाको अन्तिम किनारा नलागेसम्म तत्काललाई एकीकृत सम्पति कर उठाउन मंगलबार उच्त अदालतले आदेश जारी गरेको हो । एकीकृत सम्पति कर खारेजीको माग गर्दै ज्ञानबहादुर कोइरालाले रिट हालेका थिए । पोखरा महानगरपालिकाले एकीकृत सम्पति करको नाममा बढी […]
टी–ट्वान्टी विश्व कप क्रिकेट छनाेटः नेपाल र म्यानमार भिड्दै
१७ असोज, काठमाडौं । टी–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा आज नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपाल र म्यानमारबीचको खेल नेपाली समय अनुसार १२ बजेर १५ मा सुरु हुनेछ । म्यानमारलाई पराजित गर्दै नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ । म्यानमार पनि नेपाललाई रोक्ने प्रयासमा रहेको छ […]
डिबालाको ह्याट्रिकमा युभेन्टसको लगातार दोस्रो जित
१७ असोज, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको समूह चरणमा इटालियन क्लब युभेन्टसले लगातार दोस्रो जित हात पारेको छ । आफ्नै घरेलु मैदानमा मंगलबार राति युभेन्टसले योङ ब्वाईजलाई ३–० गोलले पराजित गरेको हो । युभेन्टसको जितमा पाउल डिबालाले ह्याट्रिक गोल गरे । उनकै तीन गोलमा युभेन्टसले सहज जित निकाल्दै समूह एचको शीर्ष स्थानमा रहन सफल भएको […]
च्याम्पियन्स लिगमा सिटीद्वारा होफेनहाइम पराजित
१७ असोज, काठमाडौं । म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेको छ । इंग्लिस क्लब सिटीले समूह चरणको आफ्नो दोस्रो खेलमा मंगलबार राति जर्मन क्लब होफेनहाइमलाई २–१ गोलअन्तरले पराजित गरेको हो । सिटीको जितमा सर्जियो अग्युरो र डेभिड सिल्भाले गोल गरे । होफेनहाइमका इशक बेल्फोदिलले गोल गरेपनि सिटीलाई रोक्न सकेनन् । घरेलु टोलीले होफेनहाइमले […]
नेपाल एयरलाइन्सको काठमाडौं-तुलसीपुर उडान सफल
१७ असोज, दाङ । दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा नेपाल वायुसेवा निगमले सफल परीक्षण उडान गरेको छ । अब एकसाताभित्र काठमाडौं-तुलसीपुर हवाई सेवा नियमित गर्ने निगमको तयारी छ । क्याप्टेन आङनुरी शेर्पाको समूहले मंगलबार विहान ११:२० मा पहिलो पटक र ११:३० मा दोस्रो पटक उडान परीक्षण गरेको थियो । दुवै पटकका परीक्षण सफल भएका छन् । […]
टीआईएको दुःख– प्रविधि छैन, हातैले छामेर पासपोर्ट जाँच
१७ असोज, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले पप्पु कन्स्टक्सनको बदमासीदेखि आकासिँदो महँगी, कञ्चनपुर फेरि चर्केको आन्दोलनलगायतका विषयलाई प्राथमिकताका छापेका छन् । त्यसैगरी, दर्जनौं अभियोगको प्रतिवेदन लुकाएर दिगम्बर झालाई दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुनर्नियुक्ति दिइएको, काठमाडौं–तराई द्रुतमार्गको डीपीआर निर्माणको जिम्मा कोरियन कम्पनीलाई दिइएको, प्रदेश १ को राजधानी विवाद चर्किएकोलगायतका समाचारलाई पनि आजका पत्रपत्रिकाहरुले उत्तिकै […]
रोनाल्डोमाथि बलात्कार आरोपः लस भेगस प्रहरीले थाल्यो अनुसन्धान
काठमाडौं । लस भेगस प्रहरीले क्रिष्टियोनो रोनाल्डोमाथि लागेको बलात्कारको आरोपमा फेरि अनुसन्धान सुरु गरेको छ । क्याथरोन मायोगाले रोनाल्डोमाथि आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन् । २००९ मा रोनाल्डोले एक होटलमा आफूलाई बलात्कार गरेको उनको दाबी छ । युभेन्टसका फवार्ड रोनोल्डोले भने ‘फेक न्यूज’ भन्दै क्याथरिनको आरोप अस्वीकार गरेका छन् । तर, लस भेगस प्रहरीका […]









