[ad_1]
p{
padding:15px 0px;
font-size:1.1em;
line-height:30px;
color:#444;}

बञ्चरो प्रहार गरेर छोराको हत्या
कैलाली, ७ असोज। घरायसी विवादमा बुवाले छोरालाई बञ्चरो प्रहार गर्दा छोराको मृत्यु भएको छ । टीकापुर नगरपालिका ८ कालिमाटीमा शनिबार साँझ ७५ वर्षीय पहले लुहारको आक्रमणबाट ५० वर्षीय छोरा कृतबहादुर लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं डिएसपी हरि बहादुर वलीले जानकारी दिए ।
बाबुले छोरालाई बञ्चरोले टाउकोमा हिर्काएको र बञ्चरो प्रहारबाट घाइते भएका लुहारलाई उपचारको लागि टिकापुर अस्पताल लगिएपनि त्यहाँ उपचार सम्भव नभएपछि अस्पतालले थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज रेफर गरिएको थियो । लुहारको उपचारकै क्रममा राति करिब साढे १२ बजेतिर मृत्यु भएको थियो ।
मृतक लुहारको शवलाई पोस्टमार्टमका लागि टिकापुर अस्पतालमा राखिएको र बञ्चरो प्रहार गर्ने बाबु पहलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृतक लुहार लामो समयदेखि सपरिवार रोजगारीका लागि भारतमा रहेका थिए । गत हप्तामात्रै उनी श्रीमतीसहित नेपाल आएको पारिवारिक श्रोतले जानकारी दिएको छ । सधैंजसो मदिरा सेवन गर्ने मृतक लुहारलाई मदिरा नपिउन बुवाले गरेको आग्रहलाई नमान्दा भएको सामान्य विवादमा उनको मृत्यु भएको बताइएको छ ।
[ad_2]
Source link