खेलकुद

रियलको घरेलु मैदानमा बार्सिलोना विजयी

म्याड्रिड (एजेन्सी) – ला लिगा अन्तर्गत घरेलु मैदानमा बार्सिलोनासँग पराजित भएपछि रियलको उपाधि जोगाउने सम्भावना कठिन बनेको छ । लुइस स्वारेज, लियोनल मेस्सी र अलेइक्स भिडालले गोल गरेपछि बार्सिलोनाले ३-० को जित हात पार्यो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको ५४ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।राकिटिचले सुरु गरेको आक्रमणमा सर्जियो रोबर्टोलाई दाँयामा पास दिएपछि उनले बाँयाबाट दौडेका स्वारेजलाई पास गरे । स्वारेजले रियलको बक्सको बाँयाबाट प्रहार गर्दै टोलीलाई अग्रता दिलाए ।

कार्भाजलले डि बक्समा बार्सिलोनाको प्रहार हातले रोकेकाले उनले सोझै रातो कार्ड पाएपछि रियल १० खेलाडीमा सिमित भयो । ह्यान्डबलवापत पाएको पेनाल्टीलाई सदुपयोग गर्दै मेस्सीले बार्सिलोनाको अग्रता दोब्बर गरे ।

म्याड्रिड १० खेलाडीमा सिमित भएपनि गोल गर्ने प्रयास भने जारी राख्यो । ७६ औं मिनेटमा ग्यारेथ बेलको प्रहार रोक्दै टेर स्टेगेनले बार्सिलोनाको दोब्बर अग्रता कायम राखे । भिडालले इन्जुरी समयमा गोल गर्दै बार्सिलोनाको ३-० को जित पक्का गरे ।

यो जितसँगै बार्सिलोनाले शिर्ष स्थानमा उपस्थिति मजबुद गरेको छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको म्याड्रिडसँग बार्सिलोनाको ९ अंकको अग्रता बनेको छ भने रियल बार्सिलोना भन्दा १४ अंक पछि परेको छ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *