Banner News राजनीति समाचार

कालो दिवस मनाई रहदा सिके राउतका २० कार्यकर्ताहरु पक्राउ

अंगद यादव

नवलपरासी पश्चिम ३ असोज  नवलपरासी पश्चिम । जिल्ला प्रहरी कार्यालयले स्वतन्त्र मधेश गठबन्धनका २० जना कार्यकर्ताहरुलाई पक्राउ गरेको जनाएको छ ।

पाल्हीनन्दन गाउँपालिका वडा नं ३ स्थित बेलासपुर चोकमा हातमा कालो झण्डा बाधेर स्वतन्त्र मधेशको नारा लगाउदै विरोध जुलुस पछि कोणसभा गर्दैगर्दा उनिहरुलाई पक्राउ गरेको हो ।

आज असोज ३ गते नेपालको संविधान दिवसको दिनलाई मधेशको लागि कालो दिन भएको भन्दै संविधान कालो दिनको दिवसको विरोध प्रदर्शन गरेकाले ति कार्यकर्ताहरुलाई गिरफतार गरिएको प्रहरी नायक उपरीक्षक मोहन बहादुर खाणले बताएका छन् ।

स्वतन्त्र मधेश गठबन्धनका जिल्ला संयोजक श्रीकृष्ण यादवको नेतृत्वमा संविधान विरोध कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा गाउँ–गाउँबाट स्वराजीहरु पक्षधर जनताहरुको सहभागिता रहेको थियो । विरोध जुलुस पछि बेलासपुर चोकमा शान्तिपुर्ण रुपमा कोणसभा गर्दै गर्दा प्रहरीले जिल्ला संयोजक श्रीकृष्ण यादव ,महिला नेत्री शोभा देवी हरिजन, जिल्ला सदस्य प्रकाश पाशवान सहित २० जना अगुवा कार्यकर्तालाई गिरफतार गरि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र उनिहरुको विषयमा थप अनुसंधान भइरहेको नवलपरासी पश्चिम प्रहरीले जनाएको छ ।

प्रहरीले अगुवा कार्यकर्ताहरुलाई गिरफतार गर्दै गर्दा अरु साधारण कार्यकर्ताहरु पनि गिरफतारी दिन तयार रहेका जिल्ला प्रहरी कार्यालयले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist From Bhaktapur
http://www.purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *