गृह समाचार

रातभर थुनिएको बडिगाड ‘ओभर फ्लो’ भएर बग्न थाल्यो

बागलुङ – बडिगाढ गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानाको तुरतुरेमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध हुनुका साथै पहिरोले बडिगाढ खोला थुनिएको छ ।

गए राति तुरतुरेमा गएको पहिरोले बडीगाड खोला थुनिएर बनेको तालको पानी ओभरफ्लो भएर बग्न थालेको छ ।

मध्य पहाडी लोकमार्गको बडीगाड गाउपालिका भिङगिठे र ढोरपाटन नगरपालिका बुर्तिवाङको सीमानाको तुरतुरे (ठुलो भर्याङ)मा चट्टनसहितको पहिरो खसेर खोला थुनिएको हो ।

ढोरपाटन नगरपालिका २ सिमलचौरका चुरा बहादुर कुमालको गोठ डुबानमा परेको छ । देविराम कुमालको दुईतले घर गोठ पनि डुबानमा परेको बताइएको छ । त्यस्तै सोहि ठाउँकै कृष्ण बहादुर कुमालको घर गोठ र राम बहादुर कुमालको गोठ पनि डुबानमा परेको छ ।


खोला थुनिएर दुई किलोमिटरभन्दा लामो ताल बनेको छ । खोला थुनिएपछि खोला किनारका बाग्लुङ र गुल्मीका स्थानीयहरु रातभर जाग्राम बसेका छन् ।

बिहान ५ बजेदेखि तालबाट पानी बग्न थालेपछि अवस्था खतरा मुक्त हुदै गएको बताइएको छ ।

source:Ratopati

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist From Bhaktapur
http://www.purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *