समाचार

एफएनजे रौतहट अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

२ असोज, रौतहट । नेपाल पत्रकार महासंघ, रौतहट शाखाका अध्यक्ष रवीन्द्रप्रसाद साहविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । रौतहट शाखाका उपाध्यक्ष उत्तमकुमार उपाध्यायले सोमबार उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

नेपाल पत्रकार महासंघको संशोधित विधान २०७३ को परिच्छेद ४ को दफा १५ को ‘क’ देखि ‘छ’ सम्मको बुँदामा उल्लेख भए अनुसार साहविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको पत्रकार प्रेमचन्द्र झाले बताए ।

अध्यक्ष साहमाथि कार्यसमितिको निर्णय विनै लाखौं रुपैयाँ खर्च तथा हिनामिना गरेको, महासंघको विधानविपरीत पदाधिकारी, सदस्य निलम्बन तथा कनिष्ठ सदस्यलाई कार्यवाहक अध्यक्ष बनाएको, विभिन्न संघ–सस्थाबाट रकम उठाएर महासंघलाई कमाइखाने माध्यम बनाएको आरोप छ । पत्रकार आचारसंहिताविपरीत गतिविधि सञ्चालन गरेको आरोपसँगै सामाजिक सञ्जालमा आफ्नै शाखाका पदाधिकारी तथा सदस्यविरुद्ध अश्लिल शब्द तथा गालीगलौजहरु प्रयोग गरेको आरोप पनि उनीमाथि लगाइएको छ ।

कुल ७६ सदस्य रहेको रौतहट शाखाका ५३ सदस्यहरुले अध्यक्ष साहविरुद्ध अविश्वास प्रस्ताव पेश गर्न समर्थन जनाएका छन् ।

नेपाल पत्राकार महासंघको विधान अनुसार अविश्वासको प्रस्ताव दर्ता भएको ३५ दिनभित्र विशेष साधारणसभा बोलाएर प्रस्ताव पारित गर्नुपर्ने नियम छ । साहको बदमासीका कारण दुई तिहाइभन्दा बढी सदस्यहरु रुष्ट छन ।

दर्ता गरिएको अविश्वासको प्रस्ताव प्रदेश समिति र केन्द्रीय कार्यालय समेतलाई पठाइएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *