४ मंसिर, पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर १ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका योजनाहरु सार्वजनिक गरिएको छ । यस क्षेत्रबाट निर्वाचित सांसद खगराज अधिकारीले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी ४ करोड बराबरको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सार्वजनिक गरेका हुन् । सांसद अधिकारीले प्रतिनिधिसभा, राष्ट्रिय र प्रदेश सभामा प्रत्यक्ष तथा समानुपातिकबाट प्रतिनिधित्व गर्ने […]
Uncategorized
बालिका बलात्कार अारोपमा एकजना भारतबाट पक्राउ
४ मंसिर, चितवन । १२ वर्षीय बालिकालाई जबरजस्तीकरणी गरी फरार रहेका एक युवकलाई चितवन प्रहरीले भारतबाट पक्राउ गरेको छ । भरतपुरका २७ वर्षीय राजन विकलाई प्रहरीले भारतबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक गणेश पौडेलको नेतृत्वमा खटिएको गरी खोजतलास तथा अनुसन्धान गर्ने क्रममा भारतको गुणगाउँमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो । […]
राजधानीमै शिक्षकबाट २२ वर्षीया विद्यार्थी बलात्कृत
३ मंसिर, काठमाडौं । आफ्नै विद्यार्थीलाई पटकपटक बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको कलकत्ताका ५४ वर्षीय बडिसतो गौतम भट्टचार्य छन् । उपत्यकाका विभिन्न कलेजमा लेखा विषय पढाउने उनले प्रलोभन देखाएर २२ वर्षीया युवतीलाई पटकपटक बलात्कार गरेको प्रहरीमा जाहेरी परेपछि भट्टचार्य पक्राउ परेका हुन् । महानगरीय प्रहरी वृत्त, बौद्धको […]
द्वन्द्वपीडितको गुनासो : बाह्र वर्षमा पनि खोलो फर्किएन
४ मंसिर, काठमाडौं । तत्कालिन नेकपा माओवादीद्वारा सञ्चालित सशस्त्र जनयुद्धको औपचारिक अन्त्य भएको बाह्र वर्ष पुगेको छ । बाह्र वर्षमा खोलो पनि फर्किन्छ भनिन्छ । तर, जनयुद्धका पीडित परिवारहरुले अहिलेसम्म पनि न्यायको अनुभूति गर्न सकेका छैनन् । ०५१ सालदेखि सुरु भएको जनयुद्धका क्रममा दुवै पक्ष गरी १७ हजारभन्दा बढीको मृत्यु भएको थियो । कैयौं वेपत्ता […]
नेपालले साफ महिला च्याम्पियनसिपको आयोजना गर्ने, नेपालको समूहमा कुन–कुन ?
४ मंसिर, काठमाडौं । नेपालले साफ महिला च्याम्पियनसिप फुटबलको आयोजना गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएअनुसार आगमी वर्षको मार्चमा हुने च्याम्पियनसिपको आयोजना नेपालले गर्ने भएको हो । साफ च्याम्पियनसिपको मिति पनि फेरबदल भएको छ । साउथ एसियन फुटबल फेडेरेसनले यसअघि यही वर्षको डिसेम्बर १७ देखि २६ तारिखसम्म आयोजना गर्ने […]
बजेट कार्यान्वयनका लागि सबै उपाय अवलम्बन गरौं : मुख्यमन्त्री पोखरेल
४ मंसिर, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बजेट कार्यान्वयनका लागि चाहिने सबै संयन्त्र १५ दिनभित्र तयार गर्न सबै मन्त्रालयलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा तीन दिनसम्म भएको मन्त्रालयगत चौमासिक प्रगति समीक्षापछि मुख्यमन्त्रीले बजेट कार्यान्वयनका लागि आधारभूत संरचना तयार गरेर अघि बढ्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएका हुन् । बजेट […]
प्रदेश ५ मा सांसदको प्रश्न : महंगी नियन्त्रण गर्ने कानून खोई ?
४ मंसिर, बुटवल । प्रदेश मामिला तथा कानून समितिले प्रदेश कानून मस्यौदा तथा सुझाव आयोगसंग हालसम्म कानून निर्माणका विषयमा भएका प्रगतिबारे छलफल गरेको छ । मंगलबारको बैठकमा आयोगकी सदस्य विष्णु पोखरेलले हालसम्म प्रदेश सरकारले पेश गरेका कार्यविधि, निर्देशिका सहित १५ वटा विधेयकलाई प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको र १३ वटा कानूनका मस्यौदा तयार […]
आउँदो शनिबारदेखि विराटनगरबाट माउन्टेन फ्लाइट
४ मंसिर, विराटनगर । विराटनगरबाट व्यावसायिक रुपमा पर्वतीय उडान (माउन्टेन फ्लाइट) सुरु गरिने भएको छ । विराटनगरका पर्यटन व्यवसायीको पहलमा विराटनगर विमानस्थलबाट चार्टर विमानमार्फत हप्ताको एक दिन शनिबार माउन्टेन फ्लाइट गराइने भएको हो । भारत र बंगलादेशसहित आन्तरिक पर्यटकलाई काठमाडौं भन्दा सस्तोमा विराटनगरबाट माउन्टेन फ्लाइटको साप्ताहिक उडान गरिने विराट होलिडेजका अध्यक्ष भविषकुमार श्रेष्ठले बताए । […]
स्मिथ र वार्नरको प्रतिबन्ध नघट्ने
४ मंसिर, काठमाडौं । क्रिकेट अष्ट्रेलियाले स्टिभ स्मिथ, डेभिड वार्नर र क्यामरुन बेनक्राफ्टमाथिको प्रतिबन्ध नघटाउने भएको छ । बल टेम्परिङ गरेको अभियोगमा स्मिथ र वार्नरमाथि एक वर्ष र बेनक्राफ्टमाथि ९ महिने प्रतिबन्ध लगाइएको थियो । उनीहरुले झण्डै ८ महिना प्रतिबन्ध भोगिसकेका छन् । पछिल्लो पटक अष्ट्रेलियन क्रिकेटर्स एशोसिएसनले प्रतिबन्धबारे पुनर्विचार गर्न बोर्डलाई आग्रह गरेको थियो […]
कांग्रेसको विरोधपछि वाइडबडी खरिदबारे छलफल गर्न लेखाले बोलायो पर्यटनमन्त्री
४ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले वाइडबडी विमान खरिदमा अनियमितता भएको दावी गर्दै छानबिन गर्न माग गरेको छ । कांग्रेस नेता डा. मिनेन्द्र रिजालले नेपाल वायु सेवा निगमले वाइडवडी विमान खरिदमा ठूलो आर्थिक अनियमितता गरेको दावी गर्दै छानबिन गर्न संघीय संसदको सार्वजनिक लेखा समिति बैठकमा माग गरेका हुन् । मंगलबार बसेको समितिको […]









