मौसमी तापमान ओह्रालो लाग्दैछ । जति जति वायुमन्डल चिसिदै जान्छ, रोगी, बुढाबुढी, बालबच्चा, सुत्केरीलाई समस्या हुन्छ । कमजोर, रोगी र बुढाबुढीलाई यस सिजनमा जोर्नी तथा हड्डीको दुखाईले निकै सताउँछ । यसरी जाडो बढेसँगै हातखुट्टा चलाउनै नहुने, जोर्नी दुख्ने समस्या छ भने त्यसको निदान घरमै खोज्न सकिन्छ । चिकित्सक भन्छन्, ‘यस्तो समस्याबाट छुटकारा पाउन क्याल्सियमयुक्त खानेकुराको […]
Uncategorized
बच्चालाई आफुसँगै सुताउनुहुन्छ ?
बच्चासँग आमाबुवाको खास अट्याचमेन्ट हुन्छ । उनीहरु शारीरिक र भावनात्मक रुपले एकाकार हुन्छन् । त्यही कारण एकले अर्काको सामिप्यता खोज्छ । सँगै खाने, सँगै बस्ने, सँगै सुत्ने । अक्सर बच्चालाई आमाबुवाले आफुसँगै सुताउने गर्छन्, खासगरी हाम्रो समाजमा । आफ्नो शरीरमा लपेटेर वा अंगालोमा च्यापेर सुताउनुमा दुबैले आनन्द मान्छन् । यसरी बच्चालाई आमाबुवाले आफुसँगै सुताउनु राम्रो […]
नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, २ जनाको मृत्यु
५ मंसिर, परासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको भूमहीमा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीस जना घाइते भएका छन् । महेन्द्रनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख १०९६ नंको बस जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी ३३ वर्षीय लोकेन्द्रबहादुर कार्की तथा अर्का एक व्यक्तिको मृत्यु भएको […]
शंखधर साख्वाजस्तै दानी बने अमिताभ, तिरिदिए किसानहरुको ऋण
५ मंसिर, काठमाडौं । नेपालमा किसानहरुको ऋण चुक्ता गरिदिएका थिए भक्तपुरका शंखधर साख्वाले । उनैले नेपाल सम्वत् प्रचलनमा ल्याए, जसलाई नेपालको मौलिक सम्वत् मानिन्छ । शंखधर साख्वाले जस्तै पुण्यको काम गरेका छन् बलिउड अभिनेता अमिताभ बच्चनले । उनले किसानहरुको चार करोड भन्दा बढी ऋण चुक्ता गरिदिएका छन् । मंगलबार अमिताभले आफ्नो ब्लगमार्फत् यो जानकारी दिएका […]
मेस्सीविनै मेक्सिकोमाथि अर्जेन्टिनाको सहज जित
५ मंसिर, काठमाडौं । कप्तान तथा विश्व चर्चित खेलाडी लियोनल मेस्सीविनै मैदानमा उत्रिएको अर्जेन्टिनाले मेक्सिकोमाथि सहज जित हात पारेको छ । बुधबार बिहान आफ्नै घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले सहज जित निकालेको हो । मेक्सिकोविरुद्धको खेलमा भने नियमित कप्तान तथा विश्वका महान फुटबलर मेस्सी भने थिएनन् । अर्जेन्टिनाको जितमा माउरो इकार्डी र पाउलो […]
स्कटल्यान्ड २०२० युरोकपको प्ले अफमा, फोरेष्टको ह्याट्रिक गोल
५ मंसिर, काठमाडौं । स्कटल्यान्ड २०२० को युरोकप फुटबलको प्ले अफमा छनोट भएको छ । बुधबार बिहान आफ्नै मैदानमा यूईएफए नेसन्स लिग फुटबलमा इज्राइललाई ३–२ गोलअन्तरले पराजित गरेसँगै स्टकल्यान्ड युरोकपको प्लेअफमा छनोट हुन सफल भएको हो । जितसँगै स्कटल्यान्ड लिग ‘सी’ बाट ‘बि’ लिगमा बढुवा भएको छ । स्कटल्यान्डलाई जित दिलाउन जेम्स फोरेष्टले ह्याट्रिक गोल […]
शान्ति सम्झौताका १२ वर्षः ६० दिनमा गर्ने भनिएको काम अझै किन भएन ?
५ मंसिर, काठमाडौं । नेपालीमा चलन चल्तीको उखान छ- १२ वर्षमा त खोलो पनि र्फकन्छ । निर्धारित समयमा गर्नुपर्ने काम नहुँदा यस्तो उखानको प्रयोग हुने गर्छ । अहिले यही उखान मुलुक सशस्त्र युद्धमा रहँदा द्वन्द्वपीडित भएकाहरुले प्रयोग गर्न बाध्य छन् । सरकार र तत्कालीन विद्रोही माओवादीबीच विस्तृत शान्ति सम्झौता भएर युद्ध अन्त्य भएको घोषणा गरिएको […]
नेकपाको स्थानीय नेतृत्व चयन गर्ने जिम्मा प्रदेशलाई
५ मंसिर, परासी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पश्चिम नवलपरासीका स्थानीय तह कमिटीको नेतृत्व चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिएको छ । जिल्लामा सहमति हुन नसकेपछि जिल्ला कमिटीले नेतृत्व चयनका लागि गुहारेको हो । स्थानीय तहमा नेतृत्वका लागि तत्कालिन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले आफ्नो अडान नछाडेपछि जिल्ला कार्यदलले स्थानीय कमिटीको नेतृत्व चयन […]
काबुलमा आत्मघाती आक्रमण, ५० जनाको मृत्यु
५ मंसिर, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा एक धार्मिक सभामा आत्मघाती बम आक्रमणबाट ५० जनाको मृत्यु भएको छ । अन्य ६० जना घाइते भएका छन् । यसलाई पछिल्ला केही महिनायताको सबैभन्दा घातक हमला मानिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिद मजरुहका अनुसार पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा आयोजित समारोहमा आक्रमण भएको हो । एक आत्मघाती आक्रमणकारी […]
भरुवा बन्दुकसहित एक जना पक्राउ
५ मंसिर, सुर्खेत । प्रहरीले भरुवा बन्दुकसहित मंगलबार एक जनालाई पक्राउ गरेको छ । बड्डीचौर प्रहरी चौकीको टोलीले बराहताल गाउँपालिका–५ का ४२ वर्षीय कुलबहादुर पुलामीलाई पक्राउ गरेको हो । बारीमा लुकाएर राखेको काठ र फलामबाट बनेको भरुवा बन्दुक एक थानका साथै त्यसमा लाग्ने बारुदसमेत बरामद गरेको प्रहरी नायब निरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । पुलामीलाई […]









