Uncategorized

जोशी हाइड्रोपावरको आईपीओ आउँदै

६ मंसिर, काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आगामी १६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ (साधारण सेयर) जारी गर्ने भएको छ । इलामको पुवा खोलामा ३ मेवागाटको जलविद्युत् उत्पादन गरेर २०७१ को माघ १ गतेबाट व्यवसायिक उत्पादन थालेको जायस कम्पनीले सर्वसाधारणको लागि १६ लाख ९० हजार कित्ता साधारण सेयर जारी गर्ने भएको हो । कम्पनीको आईपीओका […]

Uncategorized

प्रदेश लोक सेवा आयोगको निश्पक्षता कसरी ?

प्रदेश लोक सेवा आयोगले कार्य सम्पादन गर्ने आधार र मापदण्ड संघीय संसदले बनाएको कानूनबमोजिम हुने भने पनि सो अनुसार कानून बन्यो कि बनेन भनेर अनुगमन गर्ने कुनै संयन्त्र छैन । सर्वोच्च अदालत नगुहारेसम्म कुनै सच्चिँदैन पनि । त्यसकारण प्रदेश लोकसेवा आयोगका त्यस्ता आधार र मापदण्ड प्रत्येक प्रदेशमा समानरुपमा हुबहु कार्यान्वयन हुन्छन् भन्ने सुनिश्चितता देखिँदैन । […]

Uncategorized

भक्तपुरमा सवारी दुर्घटना, १ जनाको मृत्यु

भक्तपुरको सूर्यविनायक नगरपालिका–२ रेडक्रस भवननजिक टिपर र मोटरसाइकल आपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना घाइते भएका छन् । बा. ४ ख ८१८२ नं. को टिपरमा बा. ९९ प ८२८२ नं. को मोटरसाइकल बुधबार राति ८ः३० बजे ठोक्किँदा मोटरसाइकल पछाडि सवार महोत्तरी बर्दिवासका २४ वर्षीय मनोज मगरको मृत्यु भएको हो । […]

Uncategorized

नेपालीको शिक्षालयलाई साढे ६ सय विद्यार्थी पढाउने अनुमति

सिड्नी । औपचारिक उद्घाटन भएको छ महिना नबित्दै सिड्नीमा नेपालीहरुले सञ्चालन गरेको एक शिक्षालयले साढे छ सय विद्यार्थी पढाउने अनुमति पाएको छ । बिहीबार दिउँसो अस्ट्रेलियाको शैक्षिक सिप तथा गुणस्तर प्राधिकरण (अस्ट्रेलियन स्किल्स क्वालिटी अथोरिटी-अस्क्वा)ले सिड्नीको केन्द्रीय रेललाइन सेन्ट्रलसँगै जोडिएको किंग्सफोर्ड इन्टरनेसनल इन्सटिच्युटलाई ६ सय विद्यार्थी पढाउन अनुमति दिएको हो । इन्सटिच्युटको शैक्षिक व्यवस्थापन, भौतिक […]

Uncategorized

मेकअपको साइड इफेक्टः कुरुप पो बन्दै हुनुहुन्छ कि ?

मेकअप । साधरणतय अनुहार आकर्षक देखाउन गरिने लिपपोतलाई बुझिन्छ । यसका लागि थरीथरीका प्रोडक्ट बजारमा उपलब्ध छन् । छाला चम्काउनेदेखि गोरो बनाउनेसम्म । चाहुरी लुकाउनेदेखि दाग-धब्बा ढाकछोप गर्नेसम्म । फुलेको कपाल कालो बनाउनेदेखि सिल्क र कर्ली बनाउनेसम्म । नमिलेको आँखी भौं मिलाउनेदेखि ओंठ रसिलो बनाउनेसम्म । मेकअप नगर्दा के हुन्छ ? हामी ठान्छौं, ‘जति आकर्षक, […]

Uncategorized

प्रसिद्ध ‘देहिजाँत’ मेला शुरु

डडेल्धुरा, मंसिर ६ । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा मन्दिरमा आज भव्य मेला लागेको छ । स्थानीय भाषामा ‘देहिजाँत’ को रुपमा मानिने सुदूरपश्चिमको उग्रतारा भगवती मन्दिरमा भव्यताका साथ मेला लाग्ने गर्दछ । हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्ने गर्दछ । राति लाग्ने मेलालाई ‘रतेडी’ र दिउँसो लाग्ने मेलालाई […]

Uncategorized

अरनिको राजमार्गमा गृहमन्त्रीले लगाए झाडू (फोटो फिचर)

६ मंसिर, काठमाडौं । देशको शान्ति सुरक्षाको कमाण्ड सम्हालेका गृहमन्त्री रामबहादुर थापा (बादल) बिहीबार बिहानै हातमा कुचो लिएर सडकमा निस्किए । फूलमाला लगाएर सडकमा निस्किएका उनले एकछिन सडक बढारे र फोहरका टुक्राटुक्री टिपे । हातमा पन्जा र मुखका मास्क लगाएर गृहमन्त्री थापाले बिहीबार अरनिको राजमार्ग सफाइ अभियानको शुरुवात गरेका हुन् । सरसफाइ कार्यक्रमको आयोजना जिल्ला […]

Uncategorized

उपमेयरको घरबाट १६ लाख बराबरको धनमाल चोरी

६ मंसिर, भक्तपुर । भक्तपुर नगरपालिकाको उपप्रमुख रजनी जोशीको घरमा आज चोरी भएको छ । सूर्यविनयाक नगरपालिका–८ सिपाडोलस्थित घरबाट करिब रु १५ लाख ९८ हजार ७५० बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । उपमेयर जोशीको घरको ढोका फोडेर चोरी भएको हो । चोरीमा संलग्नको पहिचान खुलेको छैन । चोरीबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको […]

Uncategorized

दिउँसो सुत्ने बानी, राम्रो गर्छ कि हानी ?

तपाईं/हामीले सुनेका छौं, चीनका कतिपय कम्पनीले कामदार/कर्मचारीलाई मध्यन्ह कार्यकक्षमै एकक्षण सुत्ने छुट दिन्छ । भनिन्छ, त्यो परम्पराकै रुपमा विकास भएको छ । र, कर्मचारीहरु क्षणभरका लागि सुत्नमा अभ्यस्त हुन्छन् । कतिपय कम्पनीले त कर्मचारीलाई दिउँसो सुत्नका लागि ओछ्यानकै व्यवस्था गरेका छन् । हामी भन्छौं, दिउँसो सुत्नु राम्रो होइन । राम्रो किन होइन भने, दिउँसो सुत्नु […]

Uncategorized

अष्ट्रेलियामा धुलोयुक्त हुरीः घर बाहिर ननिस्कन चेतावनी, हवाई सेवा प्रभावित

६ मंसिर, सिड्नी । अष्ट्रेलियामा धुलोसहितको हुरीले जनजीवन प्रभावित भएको छ । राज्य सरकारले वायुमण्डल दुषित भएकाले घरबाहिर धेरै समय नबिताउन चेतावनी जारी गरेको छ । धूलोका कण मिसिएको वायुका कारण ओपेरा हाउस, सिड्नी हार्वर बि्रज, बोन्डी बीच, पश्चिमी सिड्नी लगायत क्षेत्रको जनजीवन बढी प्रभावित भएको छ । न्यू साउथवेल्स, डार्लिङ रिभर, ब्रोकन हिल लगायतका […]