६ मंसिर, दमौली । तनहुँको भानु नगरपालिकामा चितुवाको आक्रमणबाट सर्वसाधारणको मृत्यु हुन थालेपछि त्यसलाई नियन्त्रणमा लिन राष्ट्रिय प्रकृति संरक्षण कोषका चार प्राविधिक टोलीले प्रयास थालेको छ । गत कात्तिक २८ गते उक्त नगरपालिकाको वडा नं ४ जोखाने निवासी चार वर्षीया बालिका रञ्जिता लम्सालको चितुवाको आक्रमणबाट मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले चितुवा खोज्न प्रहरी परिचालन गरी […]
Uncategorized
नेकपाको सचिवालय बैठक बस्दै, होला २१ केन्द्रीय सदस्यको माग सुनुवाइ ?
६ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक डाकेको छ । पार्टीभित्रका २१ केन्द्रीय सदस्यले अध्यक्षद्वयलाई ज्ञापनपत्र बुझाएको भोलिपल्ट नेकपाले पार्टी हाइकमान्डका रुपमा चिनिने सचिवालयको बैठक बोलाएको हो । अपराह्न ४ बजे बस्ने बैठकमा नेकपाको पछिल्लो सांगठनिक विवाददेखि समसामयिक राजनीतिक विषयमा छलफल हुने एक नेताले बताए । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ […]
५ महिनाअघि कोरिया गएका १ नेपालीको सुतेकै अवस्थामा मृत्यु
६ मंसिर, काठमाडौं । दक्षिण कोरियामा एक नेपालीको मृत्यु भएको छ । उदयपुर कटारीका २० वर्षीय दीपक कार्कीको सुतेकै अवस्थामा बुधबार मृत्युभएको सियोलस्थित नेपाली दूतावासका श्रम काउन्सिलर डिल्लीराम बास्तोलाले जानकारी दिए । कोरियाको स्ट्रबेरी फर्ममा काम गर्दै आएका उनी मंगलबार राति खाना खाएर सुतेका थिए । उनी पाँच महिनाअघि मात्र भाषा परीक्षा पास गरी कोरिया […]
मध्य र पूर्वीपहाडी क्षेत्रमा पानी पर्ने सम्भावना, चिसो अझै बढ्ने
६ मंसिर, काठमाडौं । मध्य र पूर्वी पहाडी क्षेत्रमा पानी पर्नसक्ने मौसमविदले अनुमान गरेका छन् । साथै चिसो पनि क्रमशः बढ्दै जाने मौसमविदको भनाइ छ । काठमाडौं उपत्यकामा हिजो अस्तीको तुलनामा आज चिसो केही घटेको छ । हिजो न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस थियो । तर, आज बिहान साढे ६ बजे मापन गर्दा न्यूनतम तापक्रम […]
२० वर्षे फुटबल करिअरबाट ड्रोग्बाको सन्यास
६ मंसिर, काठमाडौं । आइभेरीकोष्ट तथा चेल्सीका चर्चित खेलाडी डिडियर ड्रोग्बाले फुटबल करिअरबाट सन्यास लिएका छन् । आइभेरीकोष्टका ४० वर्षीय ड्रोग्बाले २० वर्षे लामो फुटबल करिअरबाट सन्यास लिएको जानकारी दिएका हुन् । फरवार्डको भूमिकामा मैदानमा देखिने ड्रोग्बाले चेल्सीबाट ३८१ खेलमा १६४ गोल गरेका थिए । उनले चेल्सीलाई चार पटक इंग्लिस प्रिमियर लिगको उपाधि दिलाउन महत्वपूर्ण […]
छापामा आजः १० किलो चामल किन्न वडा र गाउँपालिका अध्यक्षको सिफारिस, सीडीओको तोक !
६ मंसिर, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय उठान गरेका छन् । नेकपाका केन्द्रीय सदस्यले अध्यक्षद्वयलाई बुधबार बुझाएको ज्ञापनपत्रबारे चासो राख्दै आजका सबै पत्रिकाहरुले समाचार लेखेका छन् । तत्काल केन्द्रीय समिति बैठक माग गर्दै नेकपाका माधवकुमार नेपालनिकट २१ केन्द्रीय सदस्यले ज्ञापनपत्र बुझाएका हुन् । सरकारको कामबाट प्रधानमन्त्री केपी शर्मा ओली […]
टी–१० क्रिकेट लिगमा सन्दीपको उत्कृष्ट बलिङ
६ मंसिर, काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने युएईमा जारी टी–१० क्रिकेट लिगमा उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिन सफल भएका छन् । केरला किंग्समा अनुबन्धित हुँदै टी–१० क्रिकेट लिग खेलेका सन्दीपले पहिलो खेलमा नै उत्कृष्ट बलिङ गर्दै सकैको ध्यान तान्न सफल भएका हुन् । सन्दीपले टिम पख्तुनविरुद्ध आफ्नो टिम केरला किंग्सलाई ८ विकेटले […]
ए डिभिजन लिगः मनाङ र थ्रीस्टार भिड्दै, जित कसको ?
६ मंसिर, काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज मनाङ मर्स्याङ्दी क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेकसको खेल मैदानमा दिउँसो दुई बजेर ३० मिनेटमा खेल सुरु हुनेछ । घरेलु मैदानमा सधैं कट्टर प्रतिद्वन्द्वीको रुपमा रहेको मनाङ र थ्रीस्टार लिगको तेस्रो चरणमा आमनेसामने हुन लागेका हुन् । थ्रीस्टारले लिगको […]
सकारात्मक चिन्तनः किन मनमा विकार पैदा हुन्छ ?
हामी भन्छौं, ‘सकारात्मक सोंच राख्नुपर्छ ।’ यसका लागि के गर्ने ? जवाफमा भन्छौं, ‘मनको विकार त्याग्नुपर्छ ।’ मनको विकार कसरी त्याग्ने ? मनभित्र रिस, राग, आवेग, इष्र्या, अहंम्, दम्भ, डर, लोभ, घृणा हुन्छ । यी विकार त्याग्नुपर्छ । तर, भन्न जति सजिलो छ, व्यवहारिक रुपमा त्यसलाई प्रयोग गर्न उत्तिनै गाह्रो छ । किनभने यी कुरा […]
गृहमन्त्रीसामू पूर्वलडाकूद्वारा विष सेवनको प्रयास
५ मंसिर, काठमाडौं । पूर्वलडाकूले गृहमन्त्री रामबहादुर थापा बादलसामुन्ने विष सेवनको प्रयास गरेका छन् । पूर्वलडाकू कुलप्रसाद भट्टराई बुधबार गृहमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका थिए । मन्त्रालयमा गृहमन्त्रीसँग कुराकानी गरिरहेका बेला उनले एक्कासी खल्तीबाट विष निकालेर खान खोजेका हुन् । तत्काल नै उनलाई रोकिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । उनले गृहमन्त्रीलाई भेट्नुअघि पनि विष सेवन […]









