समाचार

बुटवलमा मेयर युवा इलम कार्यक्रम शुरु

बुटवल– बुटवल उप–महानगरपालिकले युवाहरुलाई लक्षित गरेर युवा स्वरोजगार तालिम सुरु गरेको छ । ‘मेयर युवा इलम’ नामको उक्त कार्यक्रममार्फत पहिलो चरणमा बुटवलका १९ वडाका ३ सय ६५ युवाहरुलाई इलम सिकाइने छ ।इलम सिकेका युवाहरुलाई दक्षताका आधारमा रोजगारादाताहरुको सहकार्यमा रोजगारीसमेत दिनेगरी यस्तो तालिम सुरु गरिएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिए । सुरुदेखि नै प्राथमिकता दिँदै आएको […]

समाचार

सेनसेइ दशै तिहार मुसलधारे क्यास बहार,  २० प्रतिशत सम्म क्यास ब्याक

काठमाडौं । सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको सेनसेइ ब्राण्डले विजया दशमी, शुभ दिपावली तथा छठ पर्व लाई लक्षित गरी सेनसेइ दशै तिहार, मुसलधारे क्यास बहार अफर सार्वजनिक गरेको छ ।उक्त अफर अन्तर्गत ग्राहकहरुले सेनसेइ ब्राण्डका सामाग्रीको खरिदमा २० प्रतिशत सम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।सेनसेइ का स्मार्ट टीभी, नर्मल टीभी, चेस्ट फ्रिजर, भ्याकुम क्लिनर, वासिङ मेसिन […]

समाचार

‘तनहुँले अवसर गुमायो’: नेता जोशी

तनहुँ । नेपाली काङ्ग्रेसका पूर्वसहमहामन्त्री एवं पूर्वगृहमन्त्री गोविन्दराज जोशीले राष्ट्रिय राजनीतिक हैसियत बनाएको तनहुँले ती सबै अवसर गुमाएको बताएका छन् । तनहुँ सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित दमौली एफ.एम. ९४.२ मेगाहर्ज तथा दमौली खबर राष्ट्रिय दैनिकको ११औँ वार्षिक साधारणसभाको आज दमौलीमा उद्घाटन गर्दै नेता जोशीले स्वार्थभन्दा माथि उठेर काम गर्न नसक्दा तनहुँले दुष्परिणाम भोग्नुपरेको बताए । ‘असक्षम नेतृत्वका […]

समाचार

नेपालको संविधान विश्वकै उत्कृष्ट : निधि

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गराउन सबै पक्षलाई आह्वान गरेका छन् ।  उपसभापति निधिले जनताको व्यापक सहभागितामा निर्माण गरिएको नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको उल्लेख गर्दै त्यसलाई सुदृढ बनाउन सबै पक्षलाई लाग्न आह्वान गरेका हुन् । बिहिबारबाट काठमाडौंको बसन्तपुरमा सुरु भएको ‘लोकतन्त्र मेला’ लाई सम्बोधन गर्दै उनले मुलुकलाई […]

समाचार

एनसेलद्वारा ‘रिचार्ज एण्ड विन’ अफर, १० भाग्यशालीले जिते जनही एक लाख

काठमाडौ । एनसेल प्राईभेट लिमिटेडले नजिकिँदै गरेको चाडपर्वको अवसरमा ल्याएको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्र्तगत दोस्रो हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ । ‘रिचार्ज एण्ड विन’ १० हप्ता सम्ममा संचालनमा रहने अफर हो ।दोस्रो हप्ताका विजेताहरु असोज २ गते टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको लाईभ ड्र कार्यक्रम मार्फत छानिएका हुन् । दोस्रो हप्ताका १० […]

समाचार

१४ औं दरबारमार्ग स्ट्रिट फेस्टिभल शनिवार हुँदै

काठमाडौं । १४ औं दरबारमार्ग स्ट्रिट फेस्टिभल शनिवार हुने भएको छ । टीभीएस मोटर्स इन्डिया र जगदम्बा मोटर्स नेपालको सहकार्य सुरु भएको तीन वर्ष पूगेको उपलक्ष्यमा फेस्टिभल हुने भएको हो । कार्यक्रममा  इन्डियन र्यापस किङ्ग बादशाहले लाईभ पफर्मेन्स गर्दैछन ।उक्त कार्यक्रममा नेपालका चर्चीत कलाकारहरु इन्दिरा जोशी, एडरे, एज व्याण्ड, बुगी उगीका टप थ्री तथा नेपाल […]

समाचार

अनुराग गीत: एलिजाको स्वरको समुन्द्रले गरे प्रसंशा

काठमाडौं – पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमको निर्माण अभिनय रहेको चलचित्र ‘अनुराग’ को ‘तिम्रो स्वरमा…’ बोलको नयाँ गीत रिलिज भएको छ । ‘ गीतमा प्रताप दासको स्वर रहेको छ भने शब्द सत्यराज चौलागाईं र संगीत सरोज पोेखरेलको रहेको छ ।  १२ असोज प्रदशर््न मिति तोकिएको चलचित्रको गीतमा समुन्द्र पण्डित देखिएका छन् । अनु र रागको […]

समाचार

लगानीमैत्री वातावरण निर्माण गर्न उद्योगमन्त्री यादवको आग्रह

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्योग स्थापनाका लागि लगानीमैंत्री वातावरण निर्माणमा जोड दिन प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेका छन् ।  मन्त्री यादवले बिहिबार सबै प्रदेशका उद्योग मन्त्रीहरुसँग काठमाडौंका सामूहिक भेट गरी उद्योगका लागि लगानी गर्ने सहज वातावरण बनाउन आग्रह गरेका हुन् । त्यस अवसरमा उनले संविधानमा आधारित रहेर कर प्रणालीलाई सहज बनाउनुपर्ने पनि […]

समाचार

सुरु भयो फर्निचर तथा फर्निसिङ एक्स्पो, सय बढी स्टल

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा छैठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो ‘फर्नेक्स’ सुरु भएको छ । जेम फ्लोरिगंको प्रस्तुती तथा नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना सुरु भएको एक्स्पोको एक कार्यक्रमका बिच नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले उद्घाटन गरे । एक्स्पो उद्घाटन गर्दै चेम्बर अध्यक्ष श्रेष्ठले फर्निचरजन्य उत्पादनमा मुलुक आत्मनिर्भर हुन खोजे पनि राज्यबाट […]