२ असोज, रौतहट । नेपाल पत्रकार महासंघ, रौतहट शाखाका अध्यक्ष रवीन्द्रप्रसाद साहविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । रौतहट शाखाका उपाध्यक्ष उत्तमकुमार उपाध्यायले सोमबार उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । नेपाल पत्रकार महासंघको संशोधित विधान २०७३ को परिच्छेद ४ को दफा १५ को ‘क’ देखि ‘छ’ सम्मको बुँदामा उल्लेख भए अनुसार साहविरुद्ध अविश्वासको प्रस्ताव दर्ता […]
गुल्मी – गुल्मीमा घरायसी झगडा हुँदा एक व्यक्तिले गए राति आफ्नै श्रीमतीको हत्या गरेका छन् ।मदिरा सेवन गरेका मुसिकोट नगरपालिका–७, इन्द्रेगौंडाका ३५ वर्षीय पङ्कज कुमालले सामान्य विवादमै ३० वर्षीया श्रीमती लाली कुमाललाई दाउराले हानी घाइते बनाएका थिए । घाइते कुमालको उपचारका लागि सदरमुकाम तम्घास ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दीपककुमार […]
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) सुनसरीले तत्कालिन नेकपा एमाले जिल्ला सल्लाहकार परिषदका सदस्य तथा रैयाव बोर्डिङ स्कुलका सञ्चालक खुर्सिद आलमको गोली हानी भएको हत्याको सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानविन समिति गठन गर्न माग गरेको छ । आलमको हिजो दिउसो भारतीय नम्बर प्लेटका २ वटा मोटरसाइकलमा आएका अपरिचत व्यक्तिले गोली हानी हत्या गरेका थिए । आलमलाई स्कुलबाट […]