वीरगञ्ज – विद्यालयलाई प्रदान गरिने लाइसेन्स् (इजाजतपत्र) का लागि १ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकाको शिक्षा शाखा प्रमुखसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । अख्तियारको हेटौंडास्थित कार्यालयबाट आएको टोलीले बिहीबार अपराह्न महानगरपालिका ६, लाठगल्लीमा बिस्मिलाह होटलमा घुस लिने क्रममा अरुण साह कानुलाई पक्राउ गरेको समाचार आजको कान्तिपुरमा छापिएको छ । उनी […]
समाचार
कर्मचारीले काम पाएनन्
अछाम – काठमाडौं संघीयता कार्यान्वयनका क्रममा जिल्ला तहमा रहेका कतिपय कार्यालय खारेज भएर स्थानीय तहमा हस्तान्तरण भएपछि कर्मचारीलाई कहाँ र कुन अवस्थामा काम गर्ने भन्नेमा अन्योल बढेको समाचार आजको कान्तिपुरमा छापिएको छ । 'कार्यालय खारेजीमा परे पछि कता काम गर्ने भन्नेमा अन्योल छ ।' वरिष्ठ कृषि विकास अधिकृत विष्णुहरी देवकोटाले भने 'स्थानीय कर्मचारी जो जहाँ जस्तो […]
दसैंका लागि अग्रिम टिकट बुकिङ आज नखुल्ने
काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिएको भन्दै यातायात व्यवसायीले दसैंका लागि अग्रिम टिकट बुकिङ नखोल्ने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबार (असोज ५) देखि खोल्ने भनिएकोमा अग्रिम टिकट बुकिङ नखुलाउने स्पष्ट पारेको छ । महासंको बिहीबार साँझ बसेको बैठकले सरकारले हालै मात्र बढाएको इन्धनको मूल्यवृद्धि फिर्ता नलिएकाले अग्रिम बुकिङ गर्न नसक्ने निर्णय गरेको […]
राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्
आजको राशिफलवि.सं.२०७५ साल असोज ०५ गते । शुक्रबार । ईश्वी सन् २०१८ सेप्टेम्बर २१ तारिख । नेपाल सम्बत् ११३८ । विरोधकृत् संवत्सर । उत्तरायणं । शरद ऋतु । श्रीशाके १९४० । भाद्र शुक्ल पक्ष । तिथि दुवादशी,५२ घडी ५८ पला । नक्षत्र श्रवण,२९ घडी १२ पला,बेलुकी ०५ बजेर ३३ मिनेट उप्रान्त धनिष्ठा । योग सुकर्मा […]
सुनसरीका खुर्सिदको हत्यामा भारतीय सुरक्षाकर्मीको संलग्नता ?
४ असोज, सुनसरी । बिहीबार दिउँसो हरिनगरा गाउँपालिका, भुटाहा बजारमा गोली हानी हत्या गरिएका खुर्सिद अन्सारी सामान्य व्यक्तिहरूबाट नभर्इ भारतीय प्रतिआतंकवाद सेलको कारवाहीबाट मारिएको हुन सक्ने नेपाल प्रहरीका उच्च अधिकारीले विश्लेषण गरेका छन् । स्थानीयबासीको अाशंका पनि खुर्सिद भारतीय सुरक्षाकर्मीबाटै मारिएको हुन सक्ने भन्ने छ । नेपाल प्रहरीका एक उच्च अधिकारीले खुर्सिदको हत्या भारतीय प्रतिआतंकवाद सेलको […]
सवारी दुर्घटनामा चार बालबालिकाको मृत्यु
दहेग । नेदरल्याण्डमा रेल र कार्गो मोटरसाइकल एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी चार बालबालिको मृत्यु भएको छ । बिहीबार भएको यस दुर्घटनामा अन्य दुई घाइते भएका डच प्रहरीले जानकारी दिएको छ । जर्मन सीमा क्षेत्रको नजिकै रहेको ओएसएस सहरमा यो घटना भएको थियो । यो स्थान राजधानी एम्स्टर्डमबाट ११० किलोमिटर दक्षिणपश्चिममा रहेको छ ।यो साँच्चैकै […]
लागुऔषधसहित तीन जना पक्राउ
नवलपरासी । प्रतिबन्धित लागुऔषधसहित प्रहरीले आज तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा प्रहरी चौकी सनइबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाउँपालिका–६ पडरीबाट लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउपर्नेमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका– १६ का २२ वर्षीय अभिनाश भन्ने प्रमेश्वर तिवारी, सोही ठाउँका १८ वर्षीय जमाल देवान र २६ वर्षीय सहरत अली रहेको प्रहरीले […]
बालाजु क्षेत्रमा शुक्रबार ७ घण्टा विद्युत् कटौती हुने
काठमाडौँ । सडक विस्तारका कारण बालाजु क्षेत्रमा शुक्रबार दिनभर विद्युत् कटौती हुने भएको छ । प्राधिकरण वालाजु वितरण केन्द्रका अनुसार शुक्रबार बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म बिद्युत् कटौती हुने केन्द्र प्रमुख सुरज रेग्मीले जानकारी दिए । उनका अनुसार वनस्थली चोकदेखि बालाजु प्रहरी चौकीसम्म सडक विस्तारका लागि बालाजु सवस्टेशनबाट आपूर्ति हुने क्षेत्रमा विद्युत् कटौती हुनेछ । यस्तै बालाजु–धर्मस्थली […]
नजिबलाई थप २५ आरोप, सयौँ लाख डलर कारोबार गरेको भेटियो
क्वालालम्पुर । मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाकलाई थप २५ विषयमा अनियमिततासम्बन्धी आरोप लगाइएको छ । राज्यको एउटा ठूलो लगानी कोषको दुरुपयोग गरेको, आर्थिक अपचलन गरेको र पद तथा शक्तिको दुरुपयोग गरेकोलगायतका आरोपहरू उनलाई लगाइएको हो । सयौँ लाख डलर उनको बैंक खाताबाट लेनदेन गरेको भेटिएको अनुसन्धानमा संलग्न अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । नजिबका समर्थकहरूले क्वालालम्पुर अदालत […]
पेस्तोल देखाएर ज्यान मार्ने धम्कीसँगै कुटपिट
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–२ रानीपुरमा एक समूहले कञ्चटमा पेस्तोल देखाएर एक दम्पत्तिलाई कुटपिट गर्नुका साथै ज्यान मार्ने धम्की दिएको छ । मदिरा सेवन गरी पेस्तोल देखार कुटपिट गरेको पीडित परिवाले बताएका छन् । विनोद साउँदको समूहले गोमती कार्की र उनका श्रीमान् नरबहादुर कार्कीलाई कञ्चटमा पेस्तोल तेस्र्याएर ज्यान मार्ने धम्की दिएको हो । साउँदको समूहले घर नजिकै सडक […]







