Journalist from Itahari
समाचार

सांसद पंफा भुसालले भनिन्-न्यायालयले जनमतलाई स्वीकार गरेन

१ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले न्यायपालिकाले लोकतन्त्र र जनमतलाई स्वीकार गर्न नसकेको बताएकी छन् । संसदको सोमबारको बैठकमा सांसद भुसालले सरकारका निर्णयहरु न्यायालयले धमाधम उल्टाएको भन्दै आपत्ति जनाइन् । डेढ-दुई महिना अनुसन्धान गरेको सुनकाण्डका अभियुक्तहरुलाई समेत अदालतले साधारण तारेख वा न्यूनमत धरौटीमा छाडेको भन्दै उनले भनिन्, ‘न्यायपालिका […]

समाचार

निजगढ विमानस्थल : तुरुन्तै बन्चरो लिएर जंगल पस्ने होइन

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि रुख कटानलाई लिएर बहस सुरु भएको छ । आवश्यकताभन्दा बढी रुख मास्न खोजिएको भन्दै केहीले विरोध गरेका छन् भने पर्यटन मन्त्रालय र सम्बद्ध निकायले बचाउ गरेका छन् । यसबारे स्पष्टीकरण दिन नागरिक उड्डयन प्राधिकरणले शनिबार गरेको कार्यक्रममा प्राधिकरणका महानिर्देशक गौतमले राखेको विचारको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । निजगढ […]

समाचार

मुख्यमन्त्री गुरुङ : मधेससँग तर्सिएर प्रदेशलाई अधिकार दिइएन

१ असोज, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशलाई अधिकार दिन कन्जुस्याइँ गरेको भन्दै केन्द्र सरकारमाथि कडा रुपमा प्रस्तुत भइरहेका छन् । नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री गुरुङले प्रदेशको अधिकार खुम्च्याइएको भन्दै पार्टी नेतृत्व र सरकारको पटाक्षेपमात्रै गरेका छैनन्, सातै प्रदेशका मुख्यमन्त्रीहरुको भेलासमेत गरेर दबाव दिए । निडर र हक्की नेताका रुपमा चिनिएका […]

समाचार

गायक बिसी राईको ‘निर्मम यादहरु’ सार्वजनिक

बेलायत — गायक बिसी राईको छैठौं गीति एल्वम ‘निर्मम यादहरु’ सार्वजनिक भएको छ । एल्बममा बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदीको एकल शब्द रहेको छ । ‘मेरा सारा सपनाहारु’, ‘विस्तारै–विस्तारै’ लगायत एल्वममा ७ वटा गजल गीत समावेश रहेका छन् ।सबै गीतमा स्वर, संगीत संयोजन राईको एकल रहेको छ भने अधिकांश गीत बेलायत र केही गीत नेपालमा […]

समाचार

चिनियाँ उत्पादनमा अमेरिकाले फेरि लगायो हालसम्मकै बढी शुल्क

२ असोज, काठमाडौं । चीनसँग व्यापार युद्धलाई एक कदम अगाडि बढाउँदै अमेरिकाले फेरि २०० अर्ब डलर बराबरको चिनियाँ उत्पादनमा थप आयात शुल्क लगाएको छ । यो आयात शुल्क ५ हजार भन्दा बढी बस्तुहरुमा लगाइएको हो । यो शुल्क हालसम्म लगाइएको मध्ये सबैभन्दा धेरै पनि हो । यसमा ह्याण्ड ब्याग, कपडा, चामल लगायतका बस्तु सामेल छन् […]

समाचार

स्कुटर ठोक्किँदा एक युवतीको मृत्यु

नवलपरासी – पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा गए राति दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ । गौँडाकोट–२ भृकुटी चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना१८प १२४६ नं को स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको ना४१प २६७५ नं को स्कुटर एकापसमा ठोक्किँदा सो दुर्घटना भएको हो । दुर्घटनामा परी ना४१प २६७५ नं को स्कुटर चालक चितवन गुञ्जनगर–४ का […]

समाचार

आजका पत्रपत्रिकाः वार्ताका लागि विप्लवका तीन शर्त, सीके राउतलाई नबोलाइने

२ असोज, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय उठाएका छन् । कुनैले वार्ताका लागि विप्लवले तीन सर्त अघि सारेको महत्त्वका साथ छापेका छन् भने केहीले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बाबुआमा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा भएकाे भेटवार्ता र प्रधानमन्त्रीले जनाएकाे प्रतिबद्धताबारे लेखेका छन् । पहिलो पृष्ठमै चिनीमा सरकारले […]

समाचार

तीन बर्षदेखि विद्यालयमा गयो कि एकोहोरो रुने, काँप्ने, छटपटिने र मुटु दुख्ने विरामी !

विद्यार्थी विरामी हुने समस्याले गौमुखी गाउँपालिका ठ, नारीकोटस्थित अमृत जीवन माविमा पठनपाठन नै प्रभावित भएको छ । तीन बर्षदेखि यस विद्यालयको कक्षाकोठामा दोस्रो र तेस्रो घन्टी सुरु भएपछि विद्यार्थी एकोहोरो रुने, काँप्ने, छटटपटिने र मुटु दुख्यो भन्दै कराउने गर्छन् ।पहिले फाट्टफुट्ट समस्या देखिन्थ्यो गत असार ५ देखि ४६ छात्रछात्रामा प्रत्येक दिन यस्तै समस्या दोहोरिरहेको विद्यालयले जनाएको […]

समाचार

प्रधानमन्त्रीकै अगाडि बालुवाटारमा भनाभन

काठमाडौं – प्रधानमन्त्रीलाई भेट्न निर्मला पन्तका आमा बाबुसहितको टोली सोमबार बिहान बालुवाटार पुगेको थियो । नेकपा नेतृ एवं सांसद निरु पालले प्रधानमन्त्रीले टोलीका तीनजनालाई मात्र भेट्न सक्ने जानकारी गराएकी थिइन् । तर, कञ्चनपुरदेखि नै आएको ११ जनाको सिंगो टोलीले भेट्न पाउनुपर्ने सर्त संघर्षसमितिले राखेपछि सबैलाई बालुवाटार बोलाइएको थियो । बालुवाारमा प्रधानमन्त्रीसहित नेकपाका नेता भीम रावल, लेखराज भट्ट, […]

समाचार

विस्फोटक पदार्थको अघोषित नाकाबन्दी भारतबाट फुकुवा

काठमाडौं – भारतले विस्फोटक पदार्थ आयातमा लगाउँदै आएको अघोषित नाकाबन्दी फुकुवा गरेको समाचार आजको कारोबारमा छापिएको छ । परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली राजदूतावासमार्फत पठाएको पत्राचारबमोजिम विस्फोटक पदार्थ उत्पादनका लागि चाहिने कच्चापदार्थ उपलब्ध गराउन सहमत भएको हो । सोही सहमतिअनुसार पहिलो चरणमा भारतबाट ६ सय मेट्रिक टन भन्दा बढी कच्चा पदार्थ केही साताभित्रै नेपाल आइपुग्ने सैनिक उच्च अधिकारीले […]