मिर्गौलामा हुने पत्थरी आम समस्याको रुपमा देखापर्दैछ । दैनिक पत्थरीको समस्या बाकेर अस्पताल धाउनेको संख्या निकै ठूलो छ । विशेषगरी अव्यवस्थित जीवनशैली र खानामा असन्तुलनको कारण यस्तो समस्या हुन्छ । महिलाको तुलनामा पुरुषमा पत्थरीको समस्या बढी हुने गर्छ । उसो भए मिर्गौलामा पत्थरी कति हानिकारक छ त ? कसलाई हुन्छ पत्थरी – मिर्गौलामा पत्थरी हुनुका […]
Author: purnakhabar
सडक नखुलेपछि गोदाममै कुहिन थाल्यो मुस्ताङको स्याउ
२ असोज, मुस्ताङ । जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेपछि स्याउ ढुवानीमा समस्या भएको छ । भौगोलिक प्रतिकूलता, निरन्तरको वर्षा र कटानका कारण अघिल्लो हप्तादेखि अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनमा ढिलाइ हुँदा बगैँचाबाट टिपेर बजार पठाउन ठिक्क पारिएको स्याउ गोदाममै कुहिन थालेको छ । झण्डै ७६ किलोमिटर लामो बेनी–जोमसोम सडक दर्जनौँ ठाउँमा पहिरो, कटान […]
बर्दिबासबाट लागू औषध सहित तिन पक्राउ
बर्दिबास — बर्दिबास प्रहरीले सोमबार राती महोत्तरीको बर्दिबासबाट लागूऔषध सहित तिन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका वडा नं—३ घर भएका २३ वर्षे दिपक मगर,महोत्तरीको बर्दिबास नगरपालिका वडा नं—३ घर भएका वर्ष १९ का सन्दिप राणा र सोही ठेगानामा घर भएका वर्ष २० का सरोज तोलाङ्गे रहेका छन् । महोत्तरीको गौशलाबाट बर्दिबास […]
नवलपरासीमा स्कुटर ठोक्किए, १ जनाको मृत्यु
२ असोज, नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा गएराति दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ । गैंडाकोट–२ भृकुटी चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १८प १२४६ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको ना४१प २६७५ नं को स्कुटर एकापसमा ठोक्किँदा सो दुर्घटना भएको हो । दुर्घटनामा परी ना४१प २६७५ नं को स्कुटर चालक […]
प्रधानमन्त्री ओली असोज ६ गते अमेरिका जाने
२ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यही असोज ६ गते अमेरिका जाने भएका छन् । अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री ओलीको सचिवालयले प्रधानमन्त्री ओली २० जनाको उच्चस्तरीय टोलीको नेतृत्व गरेर अमेरिका जान लागेको बताएको छ । ‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔंः […]
एसिया कपमा आज हङकङ र भारत भिड्दै
२ असोज, काठमाडौं । एसिया कप क्रिकेटमा आज (मंगलबार) हङकङले बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार साँझ ५ बजेर १५ मिनेटमा खेल सुरु हुनेछ । हङकङलाई पराजित गरे भारत एक खेल खेल्नु अघि नै सेमिफाइनलमा प्रवेश गर्ने छ । भारतलाई पराजित गर्न सकेमा हङकङको पनि सेमिफाइनल पुग्ने सम्भावना जिवितै […]
वकिल बन्न खोज्दा चार पटक प्रधानमन्त्री भइयो : लोकेन्द्रबहादुर चन्द
१ असोज, काठमाडौं । बैतडी जिल्लाको कुरकुटियामा विसं. १९९६ साल फागुन ३ गते जन्मेका लोकेन्द्रबहादुर चन्द पञ्चायत र बहुदलकालमा दुई-दुईपटक प्रधानमन्त्री बने । ०४६ सालको जनआन्दोलनका बेला दुई हप्तामात्रै प्रधानमन्त्री बनेका चन्दले आन्दोलनरत दल र दरबारबीच सहमति जुटाउन भूमिका खेले । संसद नभएका बेला ०५९ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले चन्दलाई संकटमोचकका रुपमा अघि सारेका थिए […]
गृहमन्त्री थाप भन्छन् : इन्टरनेटका कारण महिला हिंसा बढ्यो
१ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले मदिरा, लागूपदार्थ र इन्टरनेटको गलत प्रयोगका कारण महिला हिंसा बढेको बताएका छन् । सोमबार राष्ट्रिय मानवअिधकार आयोगका अध्यक्ष अनुपराज शर्मासहितका पदाधिकारीसँगको छलफलमा उनले महिला हिंसा न्युनीकरण गर्न सरकारले तिनको प्रयोगमा कडाई सुरु गरेको बताए । ‘मदिरा, लागुपदार्थ र इन्टरनेटको गलत प्रयोगका कारण महिला हिंसा र बलात्कारको घटना […]
बंगलादेश र अफगानिस्तान १ खेल्नुअघि नै एसिया कपको सेमिफाइनलमा, श्रीलंका आउट
२ असोज, काठमाठौं । बंगलादेश र अफगानिस्तान समान एक-एक खेल खेल्नुअघि नै एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । युएईको अबुधाबीस्थित शिख जायद रंगशालामा सोमबार राति सम्पन्न खेलमा अफगानिस्तानसँग अपत्यारिलो तरिकाले श्रीलंका पराजित भएसँगै एसिया कपबाट बाहिरिएको हो । २५० रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले ४१.२ ओभरमा सबै विकेटको क्षतिमा १५८ रन […]
अनिवार्य शिक्षासम्बन्धी विधेययक नमान्ने प्याब्सनको चेतावनी
१ असोज, काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले संसदबाट हालै पारित ‘अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ मान्य नहुने चेतावनी दिएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्याब्सनले आफूहरुसँग छलफल समेत नगरी पारित गरिएको अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तत्काल संशोधन नभए […]









