Journalist from Itahari
समाचार

समतामूलक समाज निर्माण गर्नु नै सरकारको उद्देश्य: मन्त्री थापा

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले अहिलेको सरकारले समतामूलक समाज निर्माणको उद्देश्य बमोजिम काम गरिरहेको बताएकी छन् । महिलाका हक अधिकारका बिषय संविधानमा समेटिएको बताउँदै महिलाहरुले भोग्नुपरेका सामाजिक, सांस्कृतिक, राजनीतिक लगायतमा भएका विभेदको अन्त्यका लागि सरकारले आवश्यक कानुन बनाउने तयारी गरेको बताइन् ।महिला, विकास र कानून मञ्च (एफडब्लूएलडी)ले बिहीबार काठमाडौंमा आयोजना गरेको […]

समाचार

अख्तियार प्रमुख नवीनकुमार घिमिरेले भने, 'अख्तियार अब विगतको जस्तो हाउगुजी हुँदैन' : को हुन् घिमिरे ?

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त नवीनकुमार घिमिरेले विधि र पद्धतीभित्र रहेर काम गर्ने बताएका छन् । आयोगको प्रमुख आयुक्तमा नियुक्त हुनुअघि भएको संसदीय सुनुवाईका क्रममा घिमिरेले विगतका कमीकमजोरीबाट पाठ सिक्दै अघि बढ्ने बताए ।उनले अख्तियार विगतमा विवादमा समेत मुछिएको बताउँदै आफूले विवाद मुक्त बनाएर लैजाने उल्लेख गरे । उनले भने– ‘मेरो इमान्दारी […]

समाचार

ट्याकंर चालकले इन्धन ढुवानी सुचारु नगरे गाडी खोस्ने निगमको चेतावनी

४ असोज, काठमाडौं । नेपाल आयल निगमले ट्याकंर चालकहरुले ढुवानी सुचारु नगरे गाडी खोस्ने चेतावनी दिएको छ । ढुवानी रोकिएसँगै पम्पहरुमा उपभोक्ताको लाइन बढ्न थालेपछि निगमले आन्दोलित चालकहरुलाई गाडी खोस्ने चेतावनी दिएको हो । मुलुकी संहिताको कतिपय प्रावधानले अन्याय पर्ने भन्दै ट्याकंर चालकहरुले आन्दोलित भएपछि पछिल्लो दुई दिनदेखि रक्सौल डिपोबाट पेट्रोलियम पदार्थको ढुवानी रोकिएको छ […]

समाचार

प्रधामन्त्री ओली शनिबार न्युयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका ?

–सुरेन्द्र नेपाली काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै असोज ६ गते शनिबार न्यु योर्कतर्फ प्रस्थान गर्ने भएका छन् । उनका साथमा उनकी धर्मपत्नी राधिका शाक्य पनि रहनेछिन् । असोज ९ गते मङ्गलबारबाट आरम्भ हुने यस अधिवेशनको मूल विषय ‘संयुक्त राष्ट्र सङ्घलाई सबै जनतासँग […]

समाचार

हामीहरुको शरीरको वजन घट्दा कम भएको बोसो आखिर जान्छ कहाँ ?

बीबीसी– स्कुलमा भौतिक र रसायन विज्ञानका शिक्षकले ‘उर्जा कहिले पनि नष्ट हुँदैन खालि एक रुपबाट अर्को रुपमा बदलिन्छ’ भनेर पढाउँछन् । त्यसो भए तपाईले कहिले सोच्नु भएको छ कि हाम्रो शरीरको वजन घट्दा शरीरको बोसो कहाँ जान्छ ? वजन घटाउने बारेमा धेरै मानिसहरु सोच्छन् । केहीले मिहिनेत गरेर साँच्चैनै बोसो घटाउँछन् पनि । तर त्यो शरीरबाट […]

समाचार

चालक आन्दोलित हुँदा यात्रु अलपत्र, बस चल्ने आशामा दिनभर

नेपालगञ्ज । सार्वजनिक यातायातका चालकको आन्दोलनका कारण भारतबाट स्वदेश फर्कंदै गरेका यात्रु नेपालगञ्जमा अलपत्र परेका छन् । भारतमा रोजगार गरी पर्व मनाउन घर फर्कंदै गरेका प्रदेश नं ५ र कर्णाली प्रदेशका पहाडी जिल्लाका सर्वसाधारण तीन दिनदेखि नेपालगञ्जमा अलपत्र परेका हुन् । नेपालगञ्ज बसपार्कमा बस चल्ने आशामा यात्रु दिनभर धाउने गरेका छन् । बस सञ्चालन नहुँदा घर जान […]

समाचार

चीनका विभिन्न शहरमा हवाई सेवा विस्तार गर्न माग

–अच्युत रेग्मी काठमाडौँ । नेपालको पर्यटन क्षेत्रको विकासका लागि छिमेकी मुलुक चीनका विभिन्न क्षेत्रमा हवाई सेवा विस्तार गर्नुपर्ने माग गरेको छ । नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल (नाट्टा)का अध्यक्ष सिएन पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलले आज नेपाल वायुसेवा निगमका नवनियुक्त अध्यक्ष मदन खरेललाई भेटेर सो माग गरेका हुन् । नेपालको पर्यटन क्षेत्रको विकासका लागि राष्ट्रिय ध्वजावाहकको क्षमता अभिवृद्धि गर्न […]

समाचार

शहरी विकासमन्त्रीसँग अध्यक्ष कँडेलले भने, ‘विदेशी टेक्नोलोजिमार्फत फोहोर व्यवस्थापन गर्न सकिन्छ’

काठमाडौं । फोहोर व्यवस्थापन राज्यको ठूलो चुनौतीको रूपमा आएको सर्वविदितै छ । उपत्यकाबाट संकलित फोहोरमैलाको उचित व्यवस्थापन राम्रो नभएकोमा स्थानीयवासीले गुनासो गर्दै आइरहेका छन् । उपत्यकाबाट संकलन भएको फोहोर जथाभावी नदी किनारमा डम्पिङ गर्दा वातावरण मात्र प्रदूषित भएको छैन यसको दीर्घकालीन असर समेत पर्ने गरेको छ । फोहोरको उचित व्यवस्थापनमा सरकारको सक्रियता नदेखिएकाले फोहोरबाट फैलिने आउँ, […]

समाचार

मुलुक समृद्धिको यात्रामा अगाडि बढेको छः मन्त्री बाँस्कोटा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुक समृद्धिको यात्रामा गइसकेकाले यसलाई कसैले चाहेर पनि रोक्न नसक्ने बताएका छन् ।  संविधान दिवसका अवसरमा आज रेडियो नेपालमा आयोजित जागरण गीत सम्मेलनको उद्घाटन गर्दै उनले भने, ‘समृद्धि एकै पटक आउने कुरा होइन, मुलुकको विकास गरी सरकार समृद्धिको यात्रामा अगाडि बढेको छ ।’मन्त्री बाँस्कोटाले राजनीतिक लडाईं सकिएकाले […]

समाचार

अख्तियारको दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा घिमिरे नियुक्त

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नविनकुमार घिमिरलेलाई नियुक्त गरेकी छन् ।बिहिबार संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले घिमिरेलाई आयोगको प्रमुख आयुक्तमा नियुक्त गरेकी हुन् ।घिमिरे संविधानको धारा २३८ को उपधारा (२) बमोजिम प्रमुख आयुक्त पदमा नियुक्त भएका हुन् । त्यसअघि घिमिरेलाई प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले  पद तथा गोपनीयताको शपथ गराएका थिए । राष्ट्रपति […]