Journalist from Itahari
Uncategorized

दश महिनामा भूकम्प स्मृति पार्क निर्माणको काम २० प्रतिशत मात्रै

११ असोज, गोरखा । सम्झौता भएको दश महिनामा भूकम्प स्मृति पार्क निर्माणको काम २० प्रतिशत मात्र सम्पन्न भएको छ । भूकम्पमा परी ज्यान गुमाएकाहरुको सम्झनामा बारपाकमा स्मृति पार्क बन्न लागेको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तरगत जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन)ले निर्माण गर्न लागेको उक्त पार्कको हालसम्म तारवार लगाउने, सडक बनाउने र रिटनिङ्ग वाल लगाउने […]

Uncategorized

एसिया कपमा हारेर पनि जितेको अफगानिस्तान

११ असोज, काठमाडौं । ‘अफगानिस्तानले निकै राम्रो गरिरहेको छ । हामी किन पाकिस्तानसँगको खेलमा मात्रै धेरै ध्यान दिन्छौं मैले बुझेको छैन । अफगानिस्तान पनि ख्याल गर्नुपर्ने विपक्षी हो ।’ भारत र पाकिस्तानको क्रिकेट भिडन्तबारे सोधिएको प्रश्नमा भारतीय क्रिकेटर राहुल द्रविडले दिएको जवाफ हो यो । यो भनाइ अफगानिस्तानका मिडियामा यसरी छायो कि भाइरल नै बनिदियो […]

Uncategorized

श्रममन्त्री र स्वीट्जरल्याण्डकी राजदूतबीच भेटवार्ता

११ असोज, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग नेपालका लागि स्वीट्जरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्यापेलरलेे शिष्टाचार भेट गरिन् । भेटका अवसरमा नेपाल र स्विजरल्याण्डबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका विविध आयामहरुका बिषयमा छलफल भएक्ो मन्त्रालयले जनाएको छ । भेटघाटमा राजदूतले सुरक्षित आप्रवासन र वैदेशिक रोजगारका विषयमा दुवै मुलुकबीच साझा बुझाइ र धारणा रहेको […]

Uncategorized

कांग्रेसको विधान मस्यौदामाथि विराटनगरमा छलफल

११ असोज, विराटनगर । नेपाली कांग्रेसले पार्टीको विधान मस्यौदा संशोधनका लागि विराटनगरमा पनि सुझाव संकलन शुरु गरेको छ । प्रदेश स्तरीय भेला राखेर कांग्रेसले आवश्यक विधान मस्यौदामाथि नेता कार्यकर्ता माझबाट सुझाव संकलनको कार्य बिहीबारदेखि शुरु गरेको हो । सुझाव संकलनका लागि कांग्रेसका महामन्त्री एवं विधान मस्यौदा समितिका संयोजक पुर्णबहादुर खड्का विराटनगर आएका छन् । नेपाली […]

Uncategorized

रोनाल्डोले म्यानचेष्टर युनाइटेडविरुद्ध खेल्न पाउने

११ असोज, काठमाडौं । युभेन्टसका फर्वार्ड क्रिष्टियानो रोनाल्डो च्याम्पियन्स लिगमा म्यानचेष्टर युनाइटेडविरुद्ध टिममा सहभागी हुने भएका छन् । यूईएफएले उनीमाथि एक खेलको मात्र प्रतिबन्ध लगाएपछि अर्को महिना पूर्वक्लबविरुद्ध खेल्न पाउने भएका हुन् । युभेन्टसबाट च्याम्पियन्स लिगमा डेब्यू गरेकै खेलमा उनले रातो कार्ड पाएका थिए । यो च्याम्पियन्स लिगमै रोनाल्डोको करियरकै पहिलो रातो कार्डसमेत थियो । […]

Uncategorized

‘केपी ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये एक छाड्नुपर्छ’

११ असोज, काठमाडौं । जगन्नाथ खतिवडाको राजनीतिक जीवनमा एकपटक फेरि करीव तीन दशकअघिको जस्तै बागी बन्नुपर्ने नियति दोहोरिएको छ । ०४३ सालमा आरआर क्याम्पस र त्यसपछि त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियनको सभापति जित्ने बेलासम्म खतिवडा प्रखर भाषणवाज विद्यार्थी नेताका रुपमा स्थापित थिए । पार्टीभित्रको तत्कालिन अन्तर्द्वन्द्वको शिकार भएपछि जीवन चलाउन खतिवडाले आरआर क्याम्पस र निजी […]

Uncategorized

च्याम्पियन्स लिगमा अर्को सिजनबाट भीएआर

११ असोज, काठमाडौं । युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा अर्को सिजनबाट भिडियो एसिसटेन्ट रेफ्री (भीएआर) प्रयोग गरिने भएको छ । यूईएफएले २०१९ को सुपर कप र २०२० को युरो कपमा पनि भीएआर प्रयोग गर्ने निर्णय गरेको छ । युरोपा लिगमा भने २०२०-२१ र नेसन्स लिगमा २०२१ फाइनलमा प्रयोग हुनेछ । २०१८ को रुस विश्वकपमा […]

Uncategorized

लुम्बिनीलाई औद्योगिक प्रदुषणमुक्त बनाउने प्रतिबद्धता

११ असोज, लुम्बिनी । विश्व सम्पदा सूचिमा सूचिकृत अन्तर्राष्टिय पर्यटकीय स्थल लुम्बिनीमा भइरहेको औद्योगिक प्रदुषणबारे फेरि बहस शुरु भएको छ । लुम्बिनी कोरिडोरमा करिब एक दर्जन सिमेन्टसहित करिब डेढ दर्जन ठूला उद्योगहरु रहेका छन् । स्पष्ट मापदण्ड नहुंदा लुम्बिनीको १३ किलोमिटर दुरिमै सिमेन्टलगायतका उद्योग संचालित छन् । सिमेन्ट वाहेक त्यहां स्टिल,इटा,डिस्टिलरी,खाद्यान्न लगायतका उद्योगहरु छन् । […]

Uncategorized

भारतीय अदालतले भन्यो – परपुरुषसँग सम्बन्ध महिलाको अधिकार हो, अपराध होइन

काठमाडौं । हालै मात्र तेस्रोलिंगीलाई संवैधानिक मान्यता दिएर चर्चा पाएको भारतीय सर्वोच्च अदालतले अर्को ‘क्रान्तिकारी’ फैसला गरेको छ । अदालतले व्यभिचार (कुनै पनि विवाहित महिलाले परपुरुषसँग राख्ने यौन सम्वन्ध) लाई अपराध मान्न नहुने फैसला सुनाएको छ । यसलाई महिला अधिकारवादीहरुले स्वागत गरेका छन् । ‘व्यभिचारसँग सम्वन्धित भारतीय दन्ड संहिता अर्थात् आईपीसीको धारा ४९७ संविधानसँग बाझिएको […]

Uncategorized

गाडी भाडा वृद्धि विरुद्ध सत्तारूढ दलकै भातृ संगठन आन्दोलनमा

११ असोज, काठमाडौं । सरकारले सार्वजनिक यातायातका साधनको भाडा वृद्धि गरेको विरोधमा सत्तारुढ नेकपाकै भातृ संगठन आन्दोलनमा उत्रिएको छ । पूर्व माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले नयाँ बानेश्वरस्थित यातायात ब्यवस्था विभागको कार्यालय अगाडि बुधबार २ घण्टा धर्ना तथा घेराउ गरेको हो । घेराउपछि अखिल क्रान्तिकारीका नेताहरुले यातायात ब्यवस्था विभागका महानिर्देशक लावन्नेप्रसाद ढकाललाई भाडा वृद्धि […]