Journalist from Itahari
Uncategorized

वीरगञ्जमा गोली चल्यो

१३ असोज, पर्सा । वीरगञ्ज महानगरपालिका वडानम्बर २ भन्सार रोडमा एक व्यक्तिलाई लक्षित गरी चार राउण्ड गोली प्रहार गरिएको छ । मदनप्रसाद साहलाई लक्षित गरी शनिबार बिहान दुई बजेतिर अज्ञात व्यक्तिबाट गोली प्रहार भएको हो । तर गोली नलागेकाले साह सकुशल छन् । कोठामा एक्लै सुतिरहेका साहलाई अज्ञात व्यक्तिले ढोकाको चरबाट हात छिराएर गोली हानेको […]

Uncategorized

एसिया कपः सातौं पटक भारत च्याम्पियन

१२ असोज, काठमाडौं । एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । शुक्रबार भएको फाइनल प्रतिस्पर्धामा बंगलादेशलाई तीन विकेटले हराउँदै भारतले सातौं पटक एसिया कपको उपाधि उचाल्यो । भारतको जितमा रोहित शर्माले सर्वाधिक ४८ रन बनाए । रविन्द्र जडेजाले २३ र भुवनेश्वर कुमारले २१ रन योगदान गरे । केदार जाधव २३ र कुलदीप यादव पाँच […]

समाचार

स्थानीय तहका पदाधिकारीले अनुमतिविना विदेश जान नपाउने

स्थानीय तहका पदाधिकारीले मन्त्रिपरिषद् र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अनुमतिविना विदेश भ्रमणमा जान नपाउने भएका छन्। मन्त्रिपरिषदबाट हालै पारित विदेश भ्रमणसम्बन्धी निर्देशिका २०७५ मा यस्तो व्यवस्था गरिएको छ । निर्देशिकाअनुसार जिल्ला समन्वय समिति र महानगर प्रमुखको विदेश भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्छ भने महानगरका उपप्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यको भ्रमण मन्त्रालयले […]

Uncategorized

बलात्कारीलाई फाँसीको सजाय हुनुपर्छः गृहमन्त्री

१२ असोज, काठमाडौं । आजका पत्रिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसंघ महासभामा गरेको सम्बोधन, नेकपामा माधव नेपाल समूहको असन्तुष्टि, प्रदेश ७ को नाम र राजधानी तोकिएको समाचारलाई प्राथमिकताका साथ छापेका छन् । त्यसबाहेक, गृहमन्त्री रामबहादुर थापा बादलले पनि बलात्कारीलाई फाँसीको सजायँ हुनुपर्ने अभिव्यक्ति दिएको समाचार पनि आजको पत्रिकाको प्रमुख हेडलाइन बनेको छ । अन्नपूर्ण पोष्ट […]

Uncategorized

टिकट काउन्टरमा ‘सुराकी’ प्रहरी खटाइने

२२ असोज, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नजिकिँदै गरेको दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ । शुक्रबार महाशाखामा पत्रकार सम्मेलन आयोजना गरी सह–आयुक्त प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त पन्तले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरिएको जनाएका हुन् । उनका अनुसार भिडभाड हुने स्थल र टिकट काउन्टरहरुमा […]

Uncategorized

११५ बर्षकी धनकुमारीको निधन

१२ असोज, पोखरा । सम्भवत नेपालकै जेष्ठ नागरिक धनकुमारी गुरुङको निधन भएको छ । पोखरा महानगरपालिका ३१ पचभैया निवासी १ सय १५ बर्षीया गुरुङको शुक्रबार विहान निधन भएको हो । १९६० साल भदौ ७ गते जन्मेकी उनी हाल १ सय १५ वर्ष पुगेको दाबी गरिएको छ ।। उनले जिल्ला प्रशासन कार्यालय कास्कीबाट ३९ नम्बरको नागरिकता […]

Uncategorized

सुखी नेपालीको नारा : ‘बात करने का स्टाइल है’

एउटा भनाइ के छ भने पोलिटिक्समा जनताको कुरा हुँदैन, सत्ताको कुरा हुन्छ । तर, जनताको पनि कुरा किन हुन्छ भने चुनाव जितेर सत्तामा पुग्न तिनीहरुको पनि समर्थन चाहिन्छ । राज्य भनेको सामाजिक द्वन्द्वको उच्चतम रुप हो, यसमा शासकले सबैलाई मजाक बनाउँछ । युद्धमा जानुभयो भने तपाईलाई सजिलै हुन्छ । किनकि, तपाईले मार्नुहुन्छ, वा तपाई मारिनुहुन्छ […]

Uncategorized

गृहमन्त्री भन्छन् : महिला हिंसाको घटनाले आफै लज्जित हुने अवस्था आयो

१२ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले महिलामाथि भएका जघन्य अपराधका घटना नियन्त्रण गर्न नसकेकोमा आफैं लज्जित हुने अवस्था आएको बताएका छन् । शुक्रबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेतृहरुसँगको भेटमा उनले महिला र बालबालिकामाथि जघन्य अपराध नदिन सरकार जिम्मेवार ढंगले लागि परेको पनि दावी गरे । गृहमन्त्री थापाले बढ्दो महिला तथा बालिकामाथि हुने हत्या, बलात्कारलगायतका […]

Uncategorized

डा. गोविन्द केसीले मागे शिक्षामन्त्रीको राजीनामा

१२ भदौ, काठमाडौं । चिकित्सक डा. गोविन्द केसीले शिक्षामन्त्री गरिराजमणि पोखरेलको राजीनामा माग गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी उनले आफ्नो १५ औं अनशनका क्रममा प्रधानमन्त्रीसँग भएको सम्झौताविरुद्ध संसदको शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधीन रहेको चिकित्सा शिक्षा विधेयकमा अवरोध गरेको भन्दै शिक्षामन्त्री पोखरेलको राजीनामा माग गरेका हुन् । ‘अध्यादेशलाई तोडमोड गरेर संसदमा विधेयक […]

Uncategorized

सरकारी कार्यालयमै यौन हिंसा, सीडीओकै रोहवरमा मिलापत्र !

१२ असोज, काठमाडौं । महिला हिंसाको घटना खोज्न अब टाढा जानुनपर्ने भएको छ । सरकारी कार्यालयभित्रै हाकिमबाट महिला कर्मचारी यौन हिंसाको शिकार हुन्छन् र सिडियोको रोहबरमा मिलापत्र गराइन्छ भन्ने दृष्टान्त काठमाडौं जिल्ला प्रशासन कार्यालयमा देखिएको छ । आफ्नै कार्यालयको हाकिमबाट यौन हिंसामा परेको बताउने महिला कर्मचारीले काठमाडौं जिल्ला प्रशासनमा मिलापत्र गरेकी छिन् । गरिवी निवारण […]