१३ असोज, सप्तरी । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्नको पहिचान गरी कारबाही गर्न नसक्दा सरकार आलोचित भएको छ । गृहमन्त्री रामबहादुर थापा बादल ९० प्रतिशत घटनामा प्रहरी सफल भएको तर, कञ्चनपुर घटनाको राजनीतिकरण गरिएको दाबी गर्दै हिँडेका छन् । तर, बलात्कारका घटनामा न्यायको पखाईमा रहेकाहरु थुप्रै छन् । उनीहरु मध्ये सप्तरीको सुरुङ नगरपालिकाकी […]
Author: purnakhabar
वेष्टहृयामसँग हार्यो म्यानचेष्टर युनाइटेड
काठमाडौं । वेष्टहृयामसँग हारेसँगै म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा २९ वर्षकै खराब सुरुवातको रेकर्ड बनाएको छ । शनिबार भएको खेलमा वेष्टहृयामले म्यानचेष्टर युनाइटेडमाथि ३-१ गोल अन्तरको जित निकालेको हो । लिगमा सात खेल खेलेको युनाइटेडको यो तेस्रो हार हो । एक खेल बराबरी खेलेको उसले मात्र तीन खेलमा जित हात पारेको छ । घरेलु मैदानमा भएको […]
८७ स्थानीय तह अझै वाणिज्य बैंकविहीन, कुन प्रदेशका कति तहमा पुगे ?
१३ असोज, काठमाडौं । ८७ स्थानीय तहहरुमा अझै वाणिज्य बैंक पुग्न नसकेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै चालु आर्थिक वर्षको भदौ मसान्तसम्म ८७ स्थानीय तहहरुमा वाणिज्य बैंक पुग्न नसकेको जनाएको हो । राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ, ‘संघीयता कार्यान्वयनको क्रममा गठन भएका ७५३ स्थानीय तहहरुमध्ये २०७५ भदौ […]
अन्तिम मिनेटको गोलसँगै आर्मी हारबाट जोगियो
काठमाडौं । अन्तिम मिनेटमा सन्तोष तामाङको फ्रि किक गोलसँगै शहीद स्मारक ए डिभिजन लिग फुटबलको उद्घाटन खेलमा त्रिभुवन आर्मी हारबाट जोगिएको छ । शनिबार भएको उद्घाटन खेलमा आर्मी र न्यूरोड टिम (एनआरटी)ले २-२ गोलको बराबरी खेलेका हुन् । खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेका एनआरटीका गोलरक्षक अजित प्रजापतिले अन्तिममा धेरै समय बल होल्ड गर्दा आर्मीले डिबक्सभित्रैबाट […]
४५ प्रतिशतले बढ्यो व्यापारघाटा, २ महिनामा २ खर्ब १७ अर्ब
१३ असोज, काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो महिनामा नै व्यापारघाटा सवा २ खर्ब भन्दा बढी पुगेको छ । भदौ महिनासम्म वैदेशिक व्यापारघाटा २ खर्ब १७ अर्ब ६४ करोड ७५ लाख ९२ हजार रुपैयाँ पुगेको भन्सार विभागले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४५ दशमलव ७४ प्रतिशतले व्यापारघाटा वृद्धि भएको हो । गत आर्थिक […]
मलेसियामा मासिक १५ लाख कमाउने नेपाली कामदार, भन्छन्, ‘इमान र इज्जतसँगै दाम पनि राम्रै छ’
१३ असोज, मलेसिया । वैदेशिक रोजगार भन्नासाथ गाह्रो काम, थोरै कमाइ अनि कैयन वेतिथिका भोगाई हुन्छन् भन्ने नकारात्मक धारणा छ तर विभिन्न मुलुकमा पुगेर काम गर्ने कतिपय नेपाली निकै सान, मान र इज्जतका साथ कमाइ मात्र गर्दैनन् अन्य स्वदेशी तथा विदेशीलाई रोजगारीसमेत दिलाउँदै आएका छन् । तिनैमध्येका एक हुन्, सुनसरी जिल्लाको इटहरीका शम क्षेत्री । […]
बुटवल आएर गृहमन्त्रीले क-कसलाई देखे शत्रु ?
१३ असोज, बुटवल । गृहमन्त्री रामबहादुर थापा बादलले कर्मचारी प्रशासन (ब्युरोक्रेसी), अदालत, राजनीतिक दल, व्यवसायी र दलाल पुँजीवादलाई जनताका शत्रु भनेका छन् । उनले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यालाई राजनीतिकरण गरेर निहुँ खोजिएको दावी समेत गरेका छन् । गृह मन्त्रालयको आयोजनामा ‘लागु औषध निषेध, मदिरा नियन्त्रण तथा महिला र बालबालिका हिंसा न्यूनिकरण’सम्बन्धी कार्यक्रममा गृहमन्त्री थापाले […]
वैदेशिक रोजगारीमा जानेको संख्या घट्दा पनि ३३ प्रतिशतले बढ्यो रेमिट्यान्स !
१३ असोज, काठमाडौं । एक महिनामा करिब ७४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउन महिनामा ७३ अर्ब ९५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको हो । राष्ट्र बैंकका अनुसार समिक्षा अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह […]
पाँच पोखरीः आँखामा ताल, पैतालामा हिमाल
काठमाडौं । सिन्धुपाल्चोक पुगेपछि एकपटक पाँचपोखरी ताल पुग्ने रहर धेरैको हुन्छ । प्रकृतिको अनुपम उपहार पाँचपोखरी ताल पुगेपछि जो कोही मोहित नहुने कुरै हुँदैन । हरियो दुबोले घेरिएको चौरको बीचमा रहेको निलो तालले लठ्ठै बनाउँछ । त्यहाँ एउटा मात्रै ताल छैन । एउटा ठूलो र बाँकी स-साना तालहरुको संगम हो पाँचपोखरी । सिन्धुपाल्चोक भोटाङमा अवस्थित […]
माटोको ढिस्कोले पुरिएर ३ जनाको मृत्यु
१३ असोज, दाङ । माटाको ढिस्कोले पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका–४ डोलैखोलामा घर लिप्नलाई माटो लिन गएका वेला माटोको ढिस्कोले पुरेको दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । मृत्यु हुनेमा दाङ राप्ती गाउँपालिका–४ मौरीघाटका ३० वर्षीया श्यामकुमारी चौधरी, ३५ वर्षीया मीनाकुमारी चौधरी र चार वर्षीया रेजिना चौधरी […]









