Journalist from Itahari
Uncategorized

रियल मड्रिड एथ्लेटिको मड्रिडसँग रोकियो

१४ असोज, काठमाडौं । स्पेनिस ला लिगा लिग फुटबलमा रियल मड्रिडले एथ्लेटिको मड्रिडसँग गोल रहित बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा रियलले आफ्नो कट्टर प्रतिद्वन्द्वी एथ्लेटिको मड्रिडसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । गोल गर्ने एकपछि अर्को अवसर खेर फाल्दा रियलले अग्रता बनाउने मौका गुमाएको थियो । पहिलो हाफमा रियलका ग्यारेथ वेल […]

Uncategorized

छापामा आजः १४ वटा सिंगापुर बराबरको नेपाली भूमि गायब !

१४ असोज, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा एकै विषय नपरेर फरक फरक विषय परेका छन् । एकता नटुंगिँदै नेकपामा विवाद बढेकोदेखि सरकारी दस्तावेजमै देशको क्षेत्रफल घटाइएको, प्रबुद्ध समूह भेट्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आलटाल गरेकोलगायत समाचारलाई आजका पत्रपत्रिकाहरुले महत्त्वका साथ छापेका छन् । पहिलो पृष्ठमै उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक […]

समाचार

काङ्ग्रेसमा गुट उपगुट छैनः उपसभापति निधि

तुलसीपुर । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीमा गुट उपगुट नरहेको दाबी गरेका छन् । शुक्रबारदेखि शुरु भएको काङ्ग्रेस प्रदेश नं ५ प्रदेशस्तरीय विधान संशोधन भेलाको समापन गर्दै उनले गुट उपगुटका कारण पार्टी कम्जोर भएको भन्दै केन्द्रदेखि स्थानीय तहसम्म एक हुनुपर्ने बताए । उपसभापति निधिले भने, ‘अब पार्टीका दुई खेमा हुदैन त्यसको अत्यका लागि केन्द्रदेखि स्थानीय सम्म […]

Uncategorized

राष्ट्रसंघमा भारतीय विदेशमन्त्रीले गरिन् पाकिस्तानको चर्को आलोचना

१३ असोज, काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले संयुक्त राष्ट्रसंघ महासभामा पाकिस्तानको चर्को आलोचना गरेकी छन् । साथै राष्ट्रसंघको भूमिकामाथि पनि प्रश्न उठाएकी छन् । महासभाको ७३ औं सत्रलाई सम्बोधन गर्दै भारतीय विदेशमन्त्री स्वराजले पाकिस्तानमाथि आतंकवादलाई बढाएको आरोप लगाएकी छन् । ओसामा विन लादेन मारिएपछि सबै तथ्य बाहिर आएपनि पाकिस्तानलाई कुनै ग्लानी नरहेको भन्दै उनले […]

Uncategorized

इन्डोनेसियामा भूकम्प र सुनामीः मृतकको संख्या ३८० पुग्यो

जाकार्ता । मध्य इन्डोनेसियामा पर्ने सुलावेसी प्रान्तमा गएको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीमा परी मृत्यु हुनेको संख्या ३८० पुगेको छ । सुलावेसीमा शुक्रबार ७.५ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि आएको सुनामीमा तीन मिटर अग्लो छाल उठेको थियो । सरकारी अधिकारीहरूका अनुसार मृत्यु हुनेमा धेरै पालु शहरका छन्, जहाँ १० फिटसम्म अग्लो छाल […]

Uncategorized

रेफ्रीमाथि खनिए एनआरटीका प्रशिक्षक

१३ असोज, कामाठाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलको उद्घाटन खेलमा जितिसकेको खेल बराबरीमा रोकिनु परेपछि न्युरोड टिम (एनआरटी)का प्रशिक्षक रेफ्रीमाथि खनिएका छन् । अन्तिम मिनेटमा पाएको इन्डाइरेक्ट फि्रकिकमा गोल गर्दै आर्मीले एनआरटीसँग २-२ को बराबरी खेलेको थियो । एनआरटीका प्रशिक्षक महेश्वर मुल्मीले रेफ्रीको गलत निर्णयका कारण आफ्नो टिमले अंक बाँड्नु परेको बताए । […]

Uncategorized

नेपाल-चीन सम्बन्ध नयाँ उचाइमाः राजदूत होङ

१३ असोज, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत यू होङले नेपाल र चीनबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएकी छिन् । जनगणतन्त्र चीन स्थापनाको ६९ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा राजदूत होङले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६३ वर्षको अन्तरालमा दुई देश बीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएकी हुन् । नेपालका लागि […]

Uncategorized

काठमाडौं महानगरपालिकाद्वारा राष्ट्रकवि घिमिरेलाई अभिनन्दन

१३ असोज, काठमाडौं । राष्ट्रकवि माधव घिमिरेलाई शनिवार काठमाडौंमा नागरिक अभिनन्दन गरिएको छ ।  महानगरबासीको तर्फबाट काठमाण्डौं महानगरका मेयर विद्यासुन्दर शाक्यले राष्ट्रकवि घिमिरेलाई अभिनन्दन गरे । राष्ट्रकवि घिमिरेको सम्मानमा महानगरले अभिनन्दन पत्र सहित पशुपति नाथ मन्दिरको स्वरुपको मुर्ति लगायत उपहार प्रदान गरेको थियो । कार्यक्रममा बोल्दै महानगरका प्रमुख शाक्यले राष्ट्रकवि घिमिरेले साहित्य सृजनामार्फत समाज जागरणमा […]

Uncategorized

शिक्षा मन्त्रालयले भन्योः डा. केसीसँग सम्पर्क हुन सकेन

१३ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षा विधेयकबारे छलफल गर्न डा. गोविन्द केसी सम्पर्कमै नआएको बताएको छ । आफूसँग भएको सहमतिअनुसार विधेयक अगाडि बढाउन अवरोध गरेको भन्दै डा. केसीले शुक्रबार मात्र शिक्षामन्त्री गिरिराजमणि पोखरेलको राजीनामा मागेका थिए । तर, मन्त्रालयले भने डा. केसीसँग भएको सहमतिअनुसार विधेयक अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको […]

समाचार

नयाँ मिडियाका कारण छापा माध्यमलाई चुनौती : मन्त्री बाँस्कोटा

बनेपा । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले छापा सञ्चारमाध्यमलाई नयाँ मिडियाका कारण धेरै चुनौती रहेको बताएका छन् । काभ्रेपलाञ्चोकको बनेपामा आज प्रतिभा सम्मान गुठीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ प्रविधिको सञ्चारले क्षण भरमा नै धेरै कुराको जानकारी दिने भएकाले छापा सञ्चार माध्यमलाई चुनौती थपिएको बताए । नयाँ मिडिया (हातहातको मिडिया) शक्तिशाली भएर आएकाले अब छापा […]