१५ असोज, पोखरा । गण्डकी प्रदेशकै ठूलो अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३ सय कर्मचारी ५ दिनदेखि आन्दोलित छन् । प्रतिष्ठानमा व्यवस्थापन समितिमार्फत नियुक्त भएका २ सय ९० जना कर्मचारीहरु नियमित तलब पाउनुपर्ने, करारका कर्मचारीलाई स्थायी र स्तरवृद्धि गर्नुपर्ने माग गर्दै सबै काम छाडेर आन्दोलनमा उत्रिएका हुन् । कर्मचारी आन्दोलनका कारण प्रतिष्ठानमातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा […]
Author: purnakhabar
माधव नेपाल चीन जानुअघि सिंगापुरबाट प्रचण्डले के भने ?
१५ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको असन्तुष्टि कार्यकर्ता तहमा पोखिन थालेपछि अध्यक्ष प्रचण्डले असन्तुष्ट नेता माधवकुमार नेपाललाई सम्झाउने प्रयास गरेका छन् । नेपाल चीन जानुअघि प्रचण्डले सिंगापुरबाट टेलिफोन गरी स्थायी कमिटी बैठकबाट असन्तुष्टि सम्बोधन हुने आश्वासन दिएको स्रोतले जनाएको छ । आफू नभएको बेला केन्द्रीय सचिवालय बैठकबाट प्रदेश पदाधिकारी एकलौटी रुपमा […]
मुख्यमन्त्रीले नै विराटनगरबाट प्रदेश राजधानी सार्न लागेको आरोप
१६ असोज, विराटनगर । प्रदेश १ को अस्थायी राजधानी विराटनगरबाट सार्ने तयारी भइरहेको भन्दै मोरङ जिल्लाका संघीय र प्रदेश सांसदहरुले खबरदारी गरेका छन् । मुख्यमन्त्री शेरधन राईले अस्थायी राजधानी विराटनगरबाट सार्न भित्रभित्रै तयारी गरेको संकेत पाएको भन्दै संघीय र प्रदेश सांसदहरुले खवरदारी गरेका हुन । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको अगुवाईमा आयोजना गरिएको […]
सडक मिचेका टहरा हटाउन खोज्दा साँगामा तनाव, राजमार्ग अवरुद्ध
१५ असोज, बनेपा । बनेपा नगरपालिकाले अरनिको राजमार्ग अतिक्रमण गरेर बनाइएका अनधिकृत घरटहरा भत्काउन सूचना जारी गरेपछि साँगामा तनाव सिर्जना भएको छ । नगरपालिकाले अनधिकृत घरटहरा भत्काउन लागेपछि स्थानीयले राजमार्गमा अवरोध गरेका छन् । राजमार्ग खुलाउन खोज्दा साँगाका घर टहरा सन्चालक स्थानीय र प्रहरीबीच झडप भएको छ । नगरपालिकाले अरनिको राजमार्गको साँगा चोकदेखि बनेपा चण्डेश्वरी […]
गौचन हत्याका योजनाकारलाई मुस्ताङ कारागार लगियो
१५ असोज, काठमाडौं । गुन्डा नाइके समिरमानसिंह बस्न्यातलाई मुस्ताङ कारागार सरुवा गरिएको छ । कर्तव्य ज्यान र संगठित अपराध मुद्दामा ललितपुरस्थित नख्खु कारागारमा रहेका उनलाई सोमबार बिहान मुस्ताङ लगिएको हो । कारागारका जेलर जीवन दुलालले अनलाइनखबरसँग कुरा गर्दै बिहान पानै ९ बजे बुद्ध एयरको फ्लाइटमार्फत उनलाई मुस्ताङ पठाइएको बताए । उनलाई सरुवा गरिनुको कारणबारे आफूलाई […]
भैरहवा नाकासँग त्रस्त वीरगञ्जका व्यापारी !
१५ असोज, वीरगञ्ज । पछिल्लो समयमा भैरहवा भन्सारमा आर्थिक कारोबार बढ्दै जाँदा वीरगञ्जका व्यापारीले निधार खुम्च्याउन थालेका छन् । भैरहवाको कारोबार वृद्धिले उनीहरुमा मनोवैज्ञानिक त्रास उब्जेको छ । आर्थिक नगरीका रुपमा चिनिएको वीरगञ्जलाई मधेस आन्दोलन र भारतीय नाकाबन्दीले थिलथिलो बनायो । त्यसले गर्दा यहाँबाट हुने कारोबार भैरहवा भन्सारतर्फ सिफ्ट भइरहेको व्यवसायी बताउँछन् । यति मात्र […]
‘एप्पल गाउँ’मा सामसुङले किन बाँड्यो ग्यालेक्सी एस नाइन ?
अमेरिकी कम्पनी एप्पलले हालै आफ्ना तीन नयाँ आइफोन सार्वजनिक गर्यो । नयाँ आइफोन लञ्च भएसँगै सबैको चर्चाको विषय बनिरहेको एप्पललाई खिसिट्युरी गर्न भने यसकै प्रतिस्पर्धी कम्पनीहरु तम्सिएका छन् । विभिन्न स्मार्टफोन निर्माता कम्पनीहरुले एप्पलमाथि ट्रोल गरिरहेका छन् । यस मेलोमा सुरुमा रह्यो साओमी र त्यसपछि हुवावे । अहिले सामसुङले पनि यस्तै उटपट्याङ्ग गरेर एप्पललाई झट्का […]
माकुराले सहर कब्जा गरेपछि…
विद्रोहीहरुले द्वन्द्वग्रत देशहरुमा सहरहरु कब्जा गरेका समाचार सञ्चार माध्यममा आउने गर्दछन् । तर यहाँ त माकुराले सहर कब्जा गरेको समाचार छ । हो, युरोपेली देश ग्रीसको एतोलिको सहर माकुराको कब्जामा परेको छ । सहरको सबैतिर माकुराले जालो लगाएको छ । रुख विरुवा, झाडी, घर, भवन जताततै माकुराले जालो बुनेको देखिन्छ । विशेष प्रजातिको सेतो माकुराले […]
यू–१९ एसिया कपः नेपाल १३१ मै अलआउट
काठमाडौं । यू–१९ एसिया कपमा नेपालले अफगानिस्तानसामू १३२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । उसले अहिले जवाफ ब्याटिङ गरिरहेको छ । बंगलादेशमा टस जितेर ब्याटिङ रोजेको नेपालले ३८.४ ओभरमा सबै विकेट गुमाएर १३१ रन मात्र बनाउन सक्यो । नेपालका रोहितकुमार पौडेल मात्र १ रनले अर्धशतक बनाउन चुके । रसिद खानले २९ रन बनाउँदा कप्तान […]
प्रदेश ५ का पर्यटन मन्त्री भन्छन्– चीनको बाटो अनुशरण गरौं
१५ असोज, बुटवल । प्रदेश ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले छिमेकी मित्र राष्ट्र चीनको आर्थिक तथा औद्योगिक विकासको अनुशरण नेपालले गर्नुपर्ने बताएका छन् । चीनले स्वतन्त्र भएको छोटो अवधिमै आर्थिक र औद्योगिक विकासमा लोभलाग्दो फड्को मारेको उल्लेख गर्दै मन्त्री गिरीले उसको बाटो पछ्याउनुपर्ने बताए । चीनको ६९औं राष्ट्रिय दिवसको अवसरमा […]









