१५ असोज, काठमाडौं । भूकम्प पीडितलाई आवास निर्माणका लागि सरकारले दिँदै आएको सहुलियत कर्जा बन्द गरिएको छ । अधिकतम दुई प्रतिशत व्याजदरमा १० वर्षका लागि यस्तो कर्जा दिने गरिएको थियो । काठमाडौं उपत्यकाका भूकम्पपीडितलाई २५ लाख र उपत्यका बाहिरकालाई १५ लाख रुपैयाँ ऋण दिइन्थ्यो । यो कर्जा करिब १२ सयले पाएका छन् । २ वर्षपछि […]
Author: purnakhabar
विराटनगर महानगरमा बम विस्फोट प्रकरणः गोइत कार्यकर्ता धरौटीमा धुटे
१५ असोज, विराटनगर । विराटनगर महानगरपालिकामा बम विस्फोट गराएको आरोपमा पक्राउ परेका गोइत समूहका तीन जना धरौटीमा छुटेका छन् । गत साउन २७ गते महानगरमा बम विस्फोट गराएको आरोपमा पक्राउ परेका तीन जनालाई जिल्ला अदालत मोरङमा मुद्दा चलाइएको थियो । मुद्दाको थुनछेक बहसपछि बिहीबार न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले तीन जनालाई नै जनही ३८ हजार धरौटीमा […]
कर्णमा निर्भर हिमालयन शेर्पाको ‘टप सिक्स मिसन’
१५ असोज, काठमाडौं । चार वर्षपछि आयोजना भएको ‘शहीद स्मारक ए डिभिजन लिग’ लाई लिएर उत्साहित छ हिमालयन शेर्पा क्लब । घरेलु फुटबलका स्टार कर्ण लिम्बुलाई भित्र्याएसँगै टिमको महत्वाकांक्षा पनि बढेको छ । हिमालयन शेर्पा घरेलु लिगमा तहल्का पिट्ने क्लब होइन तर, साह्रै गएगुज्रेको पनि मानिँदैन । समग्रमा यो मध्यम स्तरको क्लब हो । १३ […]
भीम रावलको दाबी : सुदूरपश्चिमको राजधानीमा कांग्रेसको पनि सहमति छ
१५ असोज, काठमाडौं । सुदूरपश्चिम प्रदेशको राजधानी विवादबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मुख खोलेको छ । संघ र प्रदेश दुवैतिर दुई तिहाई बहुमतको सरकार चलाइरहेको नेकपाले प्रदेश राजधानी गोदावरी तोक्ने निर्णयको बचाउ गरेको छ । नेकपाका प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य भीम रावलले कांग्रेसको पनि सहमतिमा गोदावरीमा राजधानी प्रस्ताव गरिएको बताए । […]
चिनीको मूल्यमा मनपरीः कतै ५९, कतै ९० !
१४ असोज, काठमाडौं । ठूला चाडपर्व नजिकिँदै गर्दा चिनीको मूल्यमा मनपरी हुन थालेको छ । सरकारले चिनी आयातमा कोटा तोकेलगत्तै कालोबजारी सुरु भएको छ । एक किलो चिनीको मूल्य कतै ५९ रुपैयाँ छ भने कतै ९० रुपैयाँसम्म तिर्नुपर्ने अवस्था छ । अझ अनौठो त सरकारले दशैंतिहारलाई लक्षित गरी सञ्चालनमा ल्याएको सुपथ मुल्य पसलमा पनि चिनी […]
बनेपामा प्रहरीद्वारा प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार
१५ असोज, बनेपा । बनेपा नगरपालिकाले अरनिको राजमार्ग अतिक्रमण गरेर बनाइएका अनधिकृत घरटहरा भत्काउन सूचना जारी गरेपछि साँगामा सिर्जना भएको तनावलाई नियन्त्रणमा लिन प्रहरी ३ सेल अश्रुग्यास प्रहार गरेको छ । त्यस्तै, प्रहरीले लाठीचार्ज समेत गरेको छ । घटनामा दर्जन बढी घाइते भएका छन् । नगरपालिकाले अनधिकृत घरटहरा भत्काउन लागेपछि स्थानीयले राजमार्गमा अवरोध गर्दा तनाव […]
काबा प्रधानमन्त्री निस्किन साथ बालअधिकारकर्मीले च्याते विधेयक (भिडियोसहित)
१५ असोज, काठमाडौं । काठमाडौंको राष्ट्रियसभा गृहमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले आयोजना गरेको दोस्रो राष्ट्रिय बालिका सम्मेलनमा बालअधिकारकर्मीहरुले ‘बालबालिका सम्बन्धी बिधेयक, २०७५’ च्यातेका छन् । विधेयकले बालश्रमलाई प्रश्रय दिएको भन्दै उनीहरुले विधेयक च्यातेका हुन् । बालअधिकारका लागि राष्ट्रिय अभियानका संयोजक प्रविण सिलवाल, अभियन्ता धिरज जोशी, राजाराम बस्नेत, सोनी भट्टराई लगायतले बिधेयकमा भएको व्यवस्थामाथि […]
पुरुषबारे १० रोचक तथ्य, जुन उनीहरुले थाहा पाउनुपर्छ
पुरुषहरु बाहिरबाट कठोर स्वभावको देखिए पनि उनीहरु भित्रबाट निकै नै कोमल हृदयका हुन्छन् । भन्न त धेरैले सजिलै भनिदिन्छन्, ‘मर्दलाई सानो तिनो कुराले छुँदैन’ तर, के साँच्चै यो कुरा सही हो त ? पुरुषहरुको जीवनशैली र स्वास्थ्यसँग जोडिएका यस्ता धेरै तथ्यहरु छन् जुन उनीहरु आफैंले पनि जान्दैनन् । आज हामी तपाईंलाई पुरुषहरुसँग जोडिएका १० यस्ता […]
परेवा उडान प्रतियोगिता : सुवासको परेवा भयो पहिलो
१५ असोज, काठमाडौं । उन्नाइसौं राष्ट्रिय परेवा उडान प्रतियोगिताको उपाधि सुवास पौडेलको परेवाले जितेको छ । उनको परेवा २३ घण्टा ४४ मिनेट उडेको थियो । नेपाल परेवा उडान खेल संघद्वारा आयोजित प्रतियोगितामा २२ घण्टा ५३ मिनेटमा राजकुमार बासु श्रेष्ठ तथा २१ घण्टा १० मिनेटमा गोरखशमशेर राणाको परेवा क्रमशः दोस्रो र तेस्रो भए । राणा गत […]
जर्मनीका युवा देशको भविष्यप्रति किन चिन्तित छन् ?
जर्मनीको आर्थिक वृद्धिदर बढिरहेको छ, बेरोजगारीको दर पनि थोरै छ । यूरोप लगाएत पुरै विश्वमा जर्मनीलाई सम्पन्नता र दक्षताको पर्यायको रुपमा हेरिन्छ । यो देश यूरोपियन युनियको ‘ग्रोथ इन्जिन’ नामले पनि चिनिन्छ । त्यसो भए जर्मनीका सम्पन्न युवा आफ्नो भविष्यलाई लिएर किन निराश छन् ? उनीहरुको जागिर पाउने सम्भावना उच्च छ, वातावरण सफा छ, अपराधको […]









