१५ असोज, काभ्रे । मुआब्जा लिएर पनि सडकछेउको जग्गा नछोडेका काभ्रेको साँगाका स्थानीयका घर सोमबार डोजर लगाएर भत्काइएको छ । सडक क्षेत्रको घर टहरा हटाउने क्रममा केहीमा प्रहरी र स्थानीयबीच झडपसमेत भएको छ । ५० वर्षअघि नै मुआब्जा लिइसके पनि साँगा बजारमा सडक छेउका घर हटाइएको थिएन । सोमबार ती घरहरु डोजर लगाएर भत्काएपछि २०२१ […]
Author: purnakhabar
जनप्रतिनिधिको गुनासो- स्थानीय सरकारको हातखुट्टा बाँध्ने काम भयो
१५ असोज,बुटवल । गाउँपालिका राष्ट्रिय महासंघले स्थानीय तहहरूलाई स्थानीय सरकार बराबरको काम, कर्तव्य, अधिकार र भूमिका दिन माग गरेको छ । रुपन्देहीमा आयोजित महासंघको प्रदेश ५ को प्रथम अधिवेशनमा गाउँपालिकाका प्रमुख, उपप्रमुखहरूले संघ र प्रदेश सरकारले स्थानीय तहलाई संविधानविरुद्ध गएर विभेद गरेको आरोपसमेत लगाएका छन् । कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले वजेट दिनेदेखि कर्मचारी […]
निर्मला हत्याकाण्डः प्रधानमन्त्रीको अभिव्यक्तिमा सल्लाहकारको प्रष्टीकरण
१५ असोज, काठमाडौं । निर्मला पन्तको बलत्कार तथा हत्या प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति विवादित बनिरहेको छ । उनले न्यूयोर्क अनलाइनखबरलाई अन्तरवार्ता दिँदै यस्ता घटनाको अनुसन्धान १२ वर्षसम्म लगिने सक्ने आशय उदाहरणसहित व्यक्त गरेका थिए । ‘निर्मलाका हत्यारा प्रकरणः अपराधी भेटिन १२ वर्ष लाग्न सक्छ- प्रधानमन्त्री’ भन्ने समाचार आइतबार प्रकाशित भएको थियो । […]
एक रूपैयाँ बढी भाडा लिए पनि पाँच हजार जरिवाना
१५ असोज, काठमाडौं । सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए गाडी नम्बरसहित उजुरी गर्न यातायात व्यवस्था विभागले आह्वान गरेको छ । विभागले गत असोज ७ गते सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाएको थियो । बढेको भाडाअनुसार काठमाडौं उपत्यकामा चार किमिसम्मको भाडा १४ रुपैयाँ तोकिएको छ । पाँच किमीसम्म १६, छ किमिसम्म १७, आठ किमिसम्म […]
तनहुँ हाइड्रोको ठेक्का सम्झौता, ५ वर्षमा निर्माण सम्पन्न हुने
१५ असोज, काठमाडौं । तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको मुख्य निर्माण कार्यको निर्माण कम्पनीहरुसँग सोमबार ठेक्का सम्झौता गरेको छ । आयोजनाको नदी फर्काउने, बाँध लगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि सारभूत रुपमा तथा न्यूनतम मूल्याङ्कित इटालियन कम्पनी सिएमसीसँग सम्झौता भएको छ । तनहुँ हाड्रोपावर लिमिटेडका तर्फबाट प्रवन्ध सञ्चालक प्रदीपकुमार थिके […]
म्याराडोनाले मेस्सीलाई किन दिए राष्ट्रिय टोलीबाट नखेल्ने सुझाव ?
१५ असोज, काठमाडौं । दशककै उत्कृष्ट फुटबलर मानिए पनि लियोनेल मेस्सीमाथि राष्ट्रिय टोलीबाट अपेक्षित राम्रो नखेलेको आरोप बेलाबेला लाग्ने गरेको छ । रुस विश्वकपमा अर्जेन्टिना पि्र-क्व्ाार्टरफाइनलबाटै बाहिरिएपछि उनीमाथि थप प्रश्नहरु उब्जेका छन् । यसैबीच, अर्जेन्टिनी लेजेन्ड डिएगो म्याराडोनाले लिओनल मेस्सीलाई फेरि अर्जेन्टिनाका लागि नखेल्न सुझाव दिएका छन् । एउटा अन्तरवार्तामा म्याराडोनाले भने, ‘यदि यू-१५ टिमले […]
कैलालीको गोदावरीमा बस पल्टिँदा महिलाको मृत्यु
१५ असोज, कैलाली । कैलालीको गोदावरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनगढीबाट टीकापुरतर्फ गइरहेको से १ ख १०२५ नम्बरको बस गोदावरी नगरपालिका ९ बल्मीमा दुर्घटना हुँदा गौरीगंगा नगरपालिका ४ की ईश्वरी विनाडीको मृत्यु भएको हो । कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार दुर्घटनामा गम्भीर घाइते विनाडीको पद्मा अस्पताल अत्तरियामा […]
न्यूरोड पाकोमा पनि खुल्याे स्मार्ट टेलिकमकाे ‘स्मार्ट सेन्टर’
१५ असोज, काठमाडौं । स्मार्ट टेलिकमले काठमाडौंको न्यूरोडको पाकोमा आफ्नो नयाँ स्मार्ट सेन्टरको स्थापना गरेको छ । ग्राहकहरुको लागि सहज एवं सुविधा प्रदान गर्ने उद्देश्य सहित सोमबारदेखि पाकोमा स्मार्ट सेन्टर शुरु गरिएको कम्पनीले जानकारी दिएको छ । सुविधा सम्पन्न सेन्टरबाट आफ्ना सेवा तथा उत्पादनहरुको विस्तृत जानकारी सहजै प्रदान गर्नुका साथै ग्राहकहरुलाई आफ्नो ब्राण्ड एक्स्पेरियन्सको जीवन्त […]
प्रदेश ३ का मुख्यमन्त्री भन्छन्ः ७ महिनाको बच्चाले के गर्छ ?
१५ असोज, हेटौंडा । सात महिनाको बच्चोले के गर्छ ? प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले यही प्रश्न गर्दै प्रदेश सरकारको बचाउ गरेका छन् । उनले निकै लामो बिरासत बोकेको केन्द्र र स्थानीय सरकारको दाजोमा प्रदेश सरकारले केही पनि गरेन भन्न नमिल्ने तर्क गरे । सरकारले केही गर्न नसकेको भन्ने गुनासो बढेको भन्दै उनले २५० […]
हर्नको कोलाहलमा पिल्सिएको एउटा शहर
१५ असोज, वीरगञ्ज । बिहान पाँच बज्दानबज्दै सवारीसाधनको ‘ट्याँ ट्याँ टुँ टुँ’ आवाज सुरु हुन्छ । घडीको सुई घुम्दै जाँदा यो आवाज झनै घना र बर्बर बन्दै जान्छ । राति ८-९ नबजेसम्म शहरवासीले शान्ति पाउँदैनन् । यो देशको आर्थिक केन्द्र मानिने वीरगञ्जको बेदना हो । दैनिक हजारौं सवारीसाधन गुड्ने वीरगञ्जका सडकमा दिनभरी हर्नको कर्कस आवाजले […]









