Journalist from Itahari
Uncategorized

च्याम्पियन्स लिग: उमटिटी र रोबर्टो नहुँदा समस्यामा बार्सिलोना

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका स्यामुअल उमटिटी र सर्जियो रोबर्टोले च्याम्पियन्स लिग अन्तर्गत इंग्लिस क्लब टोटनहृयामसँगको खेल गुमाउने भएका छन् । एक खेलको प्रतिबन्धमा रहेका उमटिटी अहिले घाइते पनि रहेका छन् । रोबर्टो पनि घाइते भएर टिममा पर्न सकेका छैनन् । साथै मालकोम पनि प्रशिक्षक एर्नेस्टो भालभर्देले छानेको २० खेलाडीमा परेका छैनन् । यो सिजन […]

Uncategorized

चितवनको हाकिमचोकमा बजाजको नयाँ शोरुम

१५ असोज, काठमाडौं । अटोमोबाइल ब्राण्ड एचएच बजाजले चितवनको हाकिमचोकमा आफ्नो नयाँ स्वरुम स्थापना गरेको छ ।  पूर्ण सुविधासहितको नयाँ शोरुम ‘एन के मोटर्स’ सञ्चालनमा ल्याइएको नेपालका लागि बजाजको आधिकारिक विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले जनाएको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने अपेक्षा कम्पनीको छ ।  नयाँ […]

Uncategorized

सरकार अर्मुत नारामा सिमित भयोः नारायणकाजी

१५ असोज, काठमाडौं । सत्तारुढ नेकपाका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले सरकार काममा भन्दा अर्मुत नारामा सिमिति भएको टिप्पणी गरेका छन् । सोमबार राजधानी आयोजित कार्यक्रममा नेता श्रेष्ठले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका हुन् । दुई तिहाईको सरकारलाई असफल हुने छुट नभएको भन्दै उनले अब काम गरेर देखाउनु पर्ने बताए । उनले पार्टीभित्र भ्रष्टाचार विरोधी सांस्कृतिक रुपान्तरणको […]

Uncategorized

फेसबुक लाइभ गरेर चितवनका एक युवकद्वारा आत्महत्या

१५ असोज, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा लाइभ देखाउँदै चितवनका एक युवकले आत्महत्या गरेका छन् । कालिका नगरपालिका–७ का २५ वर्षीय निश्चल तामाङले आत्महत्या गरेका हुन् । उनले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेको भेटिएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । उनको पोष्टमार्टमपछि थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ । तामाङले फेसबुकमा लाइभ जानु २ […]

Uncategorized

दशैंमा सामसङको ‘क्यास व्याक’ अफर

१५ असोज, काठमाडौं । सामसङ इलेक्ट्रोनिक्स नेपालले दसैं २०७५ को अवसरमा तोकिएका सामसङ स्मार्ट फोनहरुको खरिदमा आफ्ना ग्राहकहरुलाई आकर्षक क्यास व्याक अफर ल्याएको छ ।  ‘सामसङको दशैं अफर’ नाम दिइएको यो योजनामा ग्राहकहरुलाई उपहार स्वरुप क्यास ब्याक दिइएको कम्पनी बताउँछ । यो योजनालाई अझ बढी आकर्षक बनाउन, कुनै पनि स्मार्ट फोन खरिदकर्ता वा सामसङको ट्यावलेट […]

Uncategorized

वैदेशिक राेजगारलार्इ व्यवस्थित गर्न अाजदेखि एकीकृत सूचना प्रणााली

१५ असोज, काठमाडौं । वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने उद्देश्यले सरकारले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको छ । १ असोजमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले घोषणा गरेबमोजिम आज सोमबारदेखि एकीकृत अनलाइन प्रणाली सञ्चालनमा ल्याइएको हो । यस प्रणालीमा वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण निकायको संलग्नता र आवद्धताको व्यवस्था गरिएको श्रम, रोजगार तथा […]

Uncategorized

कैलालीमा बस दुर्घटना, एकजनाको मृत्यु, ११ घाइते

१५ असोज, धनगढी । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको बल्मी सडकखण्डमा से१ख १०२५ नंको बस सोमबार दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । बस दुर्घटनाबाट घाइते भएकी कैलाली गौरीगङ्गा नगरपालिका–४ राजीपुरकी ७५ वर्षीया ईश्वरी बिनाडीको पद्मा अस्पताल अत्तरियामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी […]

Uncategorized

कांग्रेसको केन्द्रीय समितिको आकार नबढाउन नेता गुरुङको सुझाव

१५ असोज, काठमाडौं । नेपाली कांग्रेसले आफ्नो विधान संशोधनको मस्यौदा तयार पारी अहिले छलफलको क्रममा छ । विधान संशोधनको मस्यौदामाथि विभिन्न प्रदेशमा छलफल भइरहेको छ । यसै क्रममा पार्टीको संशोधित विधानमाथि सुझाव दिँदै केन्द्रीय सदस्य कल्याण गुरुङले केन्द्रीय समितिको आकार नबढाउन आग्रह गरेका छन् । संशोधित विधानमा पार्टीको केन्द्रीय समितिको आकार बढाउने विभिन्न विकल्पहरु प्रस्तुत […]

Uncategorized

‘बुलबुल’ स्वस्तिमाको फेरिएको रुप र डान्स(फोटो फिचरसहित)

चलचित्र ‘बुलबुल’को छायांकनस्थलमा पुग्ने जोकोहीले पनि झट्ट हेर्दा भिडमा नायिका स्वस्तिमा खड्कालाई चिन्दैनथ्य । किनकी, स्वस्तिमाको गेटअप, पहिरन र स्टाइल फेरिएको थियो । चलचित्रमा समावेश ‘लाजै नमानी म त’ बोलको गीतमा स्वस्तिमा साधारण पहिरनमा नृत्य गरिरहेकी थिइन् । चलचित्रमा स्वस्तिमालाई दर्शकले ट्याम्पु चालिकाको भूमिकामा देख्नेछन् । यो चलचित्रको सम्पूर्ण छायांकन सकिएको छ । चलचित्रको गीतको […]

Uncategorized

जनप्रतिनिधिलाई मुख्यमन्त्रीको आग्रह- संविधान र कानून राम्रोसँग पढेर मात्र बोल्नुस्

१५ असोज, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले संविधान र कानून राम्रोसँग पढेर मात्र बोल्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । स्थानीय तहका जनप्रतिनिधिहरुले संविधान र कानून राम्रोसंग अध्ययन नै नगरी हल्लाको भरमा गलत कुरा बोल्दा जनतामाझ संघीयताप्रति भ्रम फैलिन सक्ने भन्दै मुख्यमन्त्रीले सचेत गराए । गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश ५ को […]