मंसिर ७ गतेलाई प्रदर्शन मिति तय भएको चलचित्र ‘ड्रिम गर्ल’को ट्रेलर रिलिज गरिएको छ । असोज १९ गतेबाट प्रदर्शन मिति सरेर यो चलचित्र मंसिर ७ मा पुगेको हो । ऋषिराज आचार्यको निर्देशनमा तयार भएको यो चलचित्रको शिर्ष भूमिकामा नव-नायिका आश्मा गिरीलाई देखाइएको छ । उनका लागि नायक आकाश श्रेष्ठ र कलाकार विल्सन विक्रम राइको झगडा […]
Author: purnakhabar
नेकपा सांसदलाई प्रश्न : धनगढीमा प्रदेश राजधानी राख्न किन नहुने ?
१६ असोज, काठमाडौं । प्रदेश नं. ७ को नाम सुदूरपश्चिम र राजधानी गोदावरी-२, तेघरीमा राख्ने प्रस्ताव १२ असोजमा बसेको प्रदेशसभा बैठकबाट दुई तिहाई भन्दा बढी मतले पारित भएपछि धनगढीवासीले यसको विरोध गरेका छन् । प्रदेशको अस्थायी मुकाम रहेको धनगढीलाई प्रदेश राजधानी बनाउनुपर्ने माग राखेर उनीहरूले विरोध गरेका हुन् । प्रदेशसभाले सत्तारुढ नेकपाका सांसद तारा लामा […]
कञ्चनपुरमा बन्दकर्ताद्वारा सरकारी गाडी तोडफोड
१६ असोज, काठमाडौं । कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको दोषी पत्ता लगाउन माग गर्दै आह्वान गरिएको बन्दका कारण त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । बन्दका कारण बजार, शैक्षिक संस्था, कलकारखाना, उद्योग लगायत खुलेका छैनन् । यातायात पनि ठप्प छ । पन्तको हत्यारालाई पत्ता लगाउन माग गर्दै बिहान ७ बजेदेखि साँझ […]
शान्ति विश्वविद्यालयद्वारा प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि
१६ असोज, सान होजे । युनिभर्सिटी फर पिस (शान्ति विश्वविद्यालय) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा शान्ति तथा प्रजातन्त्र प्राप्तिका लागि पु¥याएको योगदानको कदर गर्दै मानार्थ विद्यावारिधिको उपाधि ‘डक्टर्स अनरिस कजा’ प्रदान गरेको छ । मंगलबार आयोजित समारोहमा उक्त उपाधि स्वीकार गर्दै प्रधानमन्त्री ओलीले आफूलाई दिइएको उपाधि नेपालको शान्ति प्रक्रियाको सफलता तथा शान्ति चाहने नेपाली जनताको […]
रिसाहा मानिसलाई हृदयघातको खतरा उच्च
कतिपय मानिसहरु स-सानो कुरामा पनि झनक्क रिसाइहाल्छन् । तर, यस्तो स्वभावले निम्त्याउने खतरातर्फ उनीहरु अनभिज्ञ छन् । हामीले बच्चादेखि नै सुन्दै आएका छौं, रिस मानिसको सबैभन्दा ठूलो सत्रु हो र यसले आफैलाई हानी गर्छ । हालसालै गरिएको एक अध्ययनले पनि यसलाई पुष्टि गरेको छ । धेरै रिसाउने मानिसलाई हृदयघातको खतरा धेरै हुने अध्ययनको निस्कर्ष छ […]
किन र कसरी भाँच्चिन्छ हड्डी ? के हुन् जोड्ने उपाय ?
शरीरभित्रका हड्डी विभिन्न कारणले भाँचिन सक्छन् । अक्सर चोटपटक वा दुर्घटनामा पर्दा हड्डी भाँच्चिने गर्छ । हड्डी भाँचिदैमा आत्तिइहाल्नुपर्ने त हुँदैन, तर हेलचेक्राई गरे यसले जटिल समस्या निम्त्याउँछ । भाँच्चिएको हड्डी जोडिन केही समय लाग्छ । यसले शरीरमा विभिन्न किसिमको बदलाव आउने गर्दछ । हड्डी भाचिनुलाई चिकित्सकीय भाषामा ‘बोन फ्याक्चर’ भनिन्छ । यसको अर्थ हड्डीमा […]
माधव नेपालले अस्वीकार गरेको नेकपाको त्यो बैठकमा के भएको थियो ?
१६ असोज, काठमाडौं । वरिष्ठ नेता माधवकुमार नेपाल र नेता नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएको सचिवालय बैठकको निर्णय दुई अध्यक्षको चाहनाभन्दा पनि अन्य नेताहरुको जोडबलमा भएको खुलेको छ । नेपाल र श्रेष्ठ विदेशमा रहेका बेला नेकपा सचिवालय बैठकले ७ प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयन गरेको थियो । सचिवालय बैठकको निर्णय कार्यन्वनयका लागि परिपत्र जारी […]
युएईले नेपाललाई दियो २६९ रनको लक्ष्य
१६ असोज, काठमाडौं । यू-१९ एसिया कपमा नेपाललाई युएईले २६९ रनको लक्ष्य दिएको छ । बंगलादेशमा जारी यू-१९ एसिया कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले नेपालसामु ठूलो स्कोर पेश गरेको हो । युएईले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २६८ रन बनाउन सफल भयो । उसका फाहड नवाजले ८३ र […]
सीजी ईलेक्ट्रोनिक्सका दुई डिजिटल शोरुम सञ्चालनमा
१६ असोज, काठमाडौं । भक्तपुरको राधेराधेमा सीजी ईलेक्ट्रोनिक्सले आफ्नाे नयाँ सीजी डिजिटल मल्टी ब्राण्ड शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले सोमबारदेखि राधेराधेमा शोरुम सञ्चालनमा ल्याएको हो । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्भान चौधरीले शोरुमको उद्घाटन गरे । सीजीका उत्पादन सहजरुपमा ग्राहक समक्ष पुर्याउने उद्देश्यले सीजी डिजिटल मल्टी ब्राण्ड शोरुममा विस्तार गरेकेा जनाइएको छ । सोमबारदेखि […]
जलविद्युतमा लगानीको अवसर, २६ करोडको आईपीओ आउँदै
१६ असोज, काठमाडौं । दुई जलविद्युत् आयोजनाले २८ करोड रुपैयाँको साधारण सेयर जारी गर्ने भएका छन् । आँखुखोला जलविद्युत् कम्पनीले १४ करोड रुपैयाँ बराबरको र तेह्रथुम पावर कम्पनीले १२ करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने भएका हुन् । दुई मध्ये आँखुखोलाले मंगलबार नै आहृवान पत्र समेत सार्वजनिक गरेको छ । यस कम्पनीले आगामी २३ […]









