१६ असोज, काठमाडौं । बंगबन्धु गोल्डकपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले ताजिकिस्तानलाई पराजित गर्न सक्ने पूर्वकप्तान अनिल गुरुङले बताएका छन् । नेपालले आफ्नो पहिलो खेलमा केही बेरपछि ताजिकिस्तानसँग बंगलादेशको शिलहेट जिल्ला रंगशालामा प्रतिस्पर्धा गर्दैछ । आफ्नो पहिलो खेलमा नै विजयी सुरुवात गर्दै नेपाल अघिल्लो चरणमा पुग्ने लक्ष्यमा रहेको छ । तर ताजिकिस्तान नेपालभन्दा निकै बलियो टिम […]
Author: purnakhabar
जेलभित्रै हास्य शिविर, कैदीको अंग्रेजी समाचार !
१६ असोज, विराटनगर । फलामको होचो गेटबाट कुप्रिदै भित्र पसेपछि अग्ला पर्खालले चारैतिरबाट घेर्छन् । यही घेराबन्दीभित्र छन्, साढे सात सयभन्दा बढी कैदी-बन्दी । क्षमताभन्दा चारगुणा बढी कैदीको चाप र त्यसमाथि सूर्यदेवको प्रचण्ड ताप । विराटनगरस्थित मोरङ कारागार निसास्सिएको प्रतित हुन्थ्यो । यही उखरमाउलो वातावरणका बीच केही बेग्लै खालको चहलपहल पनि हुँदै थियो । अगाडि […]
बोल्न नसक्ने बालिका बलात्कारको आरोपमा बाँकेमा ६५ वर्षे बृद्ध पक्राउ
१६ असोज, काठमाडौं । बाँकेमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । नेपालगञ्ज उपमहानगरपालिका-१८ की बोल्न नसक्ने बालिका बलात्कृत भएको प्रहरीले जानकारी दिएको छ । बालिका बलात्कारको आरोपमा बाँके प्रहरीले नेपालगञ्ज उपहानगरपाकिा-१८ लब्धवाका ६५ वर्षीय मन्को गोडियालाई सोमबार पक्राउ गरेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिउको छ । अनलाइन खबरबाट
साखुँ-दक्षिणकाली रुटमा गोकर्णेश्वरका ४० वटा बस सञ्चालनमा
१६ असोज, काठमाडौं। बाबा गोकर्णेश्वर यातायातले मंगलबारदेखि साखुँ-दक्षिणकाली रुटमा ४० वटा बस मार्फत सेवा विस्तार गरेको छ। नयाँ ३० र पुराना १० वटा गरि ४० वटा बस दक्षिणकालीसम्म विस्तार गरेको हो।कम्पनीका ४० वटै बस साँखुबाट थली-नारायणटार जोरपाटी हुदै चावहिलसम्म आउनेछन।चावहिलबाट तीनवटा रुट हुदै दक्षिणकाली पुग्नेछन्। पहिलो चावहिलबाट चक्रपथ-बसुन्धरा-नयाँ बसपार्क -स्वयम्भु-कलकीं-बल्खुहुदै दक्षिणकाली जानेछ।दोस्रो चावहिलबाट गौशला-कोटेश्वर चक्रपथको घुम्दै […]
इण्डोनेसियामा भूकम्प र सुनामी : मृतकको संख्या १२०० नाघ्यो
१६ असोज, काठमाडौं । इण्डोनेसियामा विनाशकारी भूकम्प र सुनामीका कारण मृत्यु हुनेको संख्या १२०० नाघेको छ । यसअघि यो संख्या ८४४ थियो । अहिले मृतकको संख्या बढेर १२ सय नाघेको राहत तथा उद्दारमा जुटेका अधिकारीहरुले जनाएका छन् । इन्डोनेसिया रेडक्रसका अधिकारीहरुका अनुसार एउटा चर्चमा ३४ विद्यार्थीको शव भेटिएको छ । उनीहरुको एक साथ दाहसंस्कार गरिएको […]
यू-१९ एसिया कपमा नेपालको सान्त्वना जित
१६ असोज, काठमाडाैं । यू-१९ एसिया कपमा नेपालले सान्त्वना जित हात पारेको छ । लगातार दुई हारसँगै समूह चरणबाटै बाहिरिएको नेपालले अन्तिम खेलमा यूएईलाई ३ विकेटले हराएको हो । यूएईले दिएको २६९ रनको लक्ष्य अन्तिम ५ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो । अनलाइन खबरबाट
अमेरिका, फ्रान्स र क्यानडाका वैज्ञानिकले जिते भौतिकशास्त्रतर्फको नोबल पुरस्कार
१६ असोज, काठमाडौं । यसवर्षको भौतिकशास्त्रतर्फको नोबल पुरस्कार तीन जना वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिएको छ । अमेरिकाका आर्थर आस्किन,फ्रान्सका जेरार्ड मुराउ र क्यानडाकी डोना स्ट्रिकल्याण्डलाई भौतिकशास्त्र तर्फको नोबल पुरस्कार दिइएको मंगलबार घोषणा गरिएको छ । जसमा आस्किनलाई आधा र बाँकी दुई जनाले आधा पुरस्कार पाएका छन् । लेजर फिजिक्सको क्षेत्रमा गरिएको अभूतपूर्व उपलब्धीका लागि […]
फेरि आन्दोलन गर्ने अस्थायी शिक्षकहरुको चेतावनी
१६ असोज, काठमाडौं । नेपाल शिक्षक महासंघ राष्ट्रिय महासमितिले फेरि आन्दालेन गर्ने चेतावनी दिएको छ । विज्ञापन गरी बारम्बार स्थगित गरिएको अस्थायी शिक्षकलाई स्थायी गर्न ऐनमा व्यवस्था भए बमोजिमको आन्तरिक परीक्षाको मिति तोकी अबिलम्ब परीक्षा लिन माग गर्दै महासंघले आन्दोलनको चेतावनी दिएको हो । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर महासंघले सङ्घीय तथा प्रादेशिक […]
सेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम ४५ करोडमा रोकियो
१६ असोज, काठमाडौं । सेयर बजारमा मंगलबार सामान्य वृद्धि देखिएको छ । मंगलबारको कारोबारमा नेप्से परिसूचक २ दशमलव ६९ अंकले बढेर १ हजार २ सय ४१ दशमलव ३६ मा पुगेको छ । यसअघि सोमबार नेप्से परिसूचक दोहोरो अंकले गिरावट आएको छ । परिसूचक सामान्य अंकले बढे पनि मंगलबार कारोबार रकममा भने गिरावट आएको छ । […]
इन्धनको ट्याङ्करबाट २ सय ९५ किलो गाँजा तस्करी, एक जना पक्राउ
१६ असोज, काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरोले ठूलो परिमाणमा अवैध लागूऔषध गाँजाको चिप्पडसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२, अम्लेखगञ्जका ३८ वर्षीय प्रल्हाद ठकुरी छन् । ब्यूरोका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलका अनुसार इन्धन बोक्ने ट्याङ्करमा २ सय ९५ किलो गाँजाको चिप्पड तस्करी गरिँदै गरेको सूचनाको […]









