१६ असोज, पोखरा । चीनस्थित हाइनान प्रान्तको विकास र मुख्य आर्थिक क्षेत्रलाई नियालेर फर्किएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने, ‘विकास गर्ने त आफैंले रहेछ ।’ मंगलबार पोखरा आइपुगेका गुरुङले आफैंले नगर्दासम्म केही नहुने बुझेको बताए । ३० वर्षको अन्तरमा हाइनानले ठूलो प्रगति गरेको पाइएको भन्दै उनले भने, ‘१९८८ मा प्रान्त बनेको हाइनान हाम्रो कणर्ालीजस्तै […]
Author: purnakhabar
भरतपुर अस्पतालमा सुत्केरीको मृत्यु
१६, असोज, चितवन । चितवनको भरतपुर अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । मंगलवार विहान नवलपरासीको अरुणखोलाकी ३० वर्षीया तुलसी मगरको मृत्यु भएको अस्पतालले जनाएको छ । अप्रेसन गरेको २४ घण्टा भित्रै सुत्केरीको मृत्यु भएको उपचारमा संलग्न चिकित्सक श्रीप्रसाद अधिकारीले जानकारी दिए । उनले गर्भवती महिलामा पल्मोनरी थोन्वोएम्वोलिजम्को समस्या देखिएका कारण मृत्यु भएको दावी गरे । […]
बंगबन्धु गोल्डकप : पेनाल्टीबाट ताजकिस्तानले लियो नेपालविरुद्ध अग्रता
१६ असोज, काठमाडौं । बंगबन्धु गोल्डकपमा ताजिकिस्तानले नेपालविरुद्ध अग्रता लिएको छ । खेलको २६ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै ताजिकिस्तानले नेपालविरुद्ध १-० गोलको अग्रता बनाएको हो । नेपालका डिफेन्डर अनन्त तामाङले डिबक्सभित्र ताजिकिस्तानका खेलाडीलाई फल गरेपछि पेनाल्टी पाएको थियो । १-० गोलले पछि परेको नेपाल दबाबमा परेको छ । खेलको दोस्रो मिनेटमा नै विकेश कुथुले […]
बहुउपयोगी वनस्पती एलोभेराको यस्ता छन् फाइदा
तपाईं हामीले प्रयोग गर्ने विभिन्न प्रकारका सौन्दर्य प्रशाधनका सामग्रीहरुमा एलोभेराको प्रयोग भएको हुन्छ । एलोभेरालाई हाम्रो गाँउघर तिर घ्युकुमारी नामले पनि चिनिन्छ । आजभोली सौन्दर्य निखार्नको लागि बजारमा पाइने विभिन्न किसिमका हर्बल कस्मेटिक प्रोडक्टको रुपमा बजारमा एलोभेरा प्रयोग भएको जेल, बडि लोसन, हेयर जेल, स्किन जेल, स्याम्पु, साबुन, फेसियल फोम र ब्युटि क्रिममा पाइन्छ । […]
चितवनका थारू समुदायले यसरी मनाउँदैछन् ‘जितिया पर्व’
१६ असोज चितवन । थारुहरुको बाक्लो बसोबास रहेको चितवनको पूर्वी, पश्चिम र माडी क्षेत्रमा जितियाको विशेष उल्लास छ । आज थारु समुदायका महिलाहरु विहानैदेखि निराहर ब्रत बसी झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाइरहेका छन् । विहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर निराहर ब्रत बसी महिला तथा युवतीहरु यो पर्व मनाइरहेका छन् । यसअघि […]
डडेल्धुरामा म्याद सकिएका पेय-पदार्थ फेला
१६ असोज, डडेल्धुरा । संयुक्त बजार अनुगमन टोलीले मंगलबार डडेल्धुरामा बजार अनुगमन गरेको छ । जिल्लाको सरमुकाम क्षेत्रमा सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थी र प्रशासन कार्यालयकै नायव सुब्बा धनबहादुर खडायतको नेतृत्वमा घरेलु, जिल्ला स्वास्थ्य, जिल्ला पशु सेवा र कृषि विकास कार्यालयका प्रमुख तथा प्रतिनिधिको टोलीले बजार अनुगमन गरेको हो । अनुगमनको क्रममा विभिन्न किराना […]
इसेवाको ‘दशै धमाका’ अफर, तीन सय जनाले उपहार पाउने
१६ असाेज, काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी इसेवा फोन पे ले दशैंलार्इ लक्षित गर्दै ‘दशैँ धमाका’ उपहार योजना सार्वजनिक गरेकाे छ । असोज २८ गतेसम्म सञ्चालन हुने यो योजनामा बम्पर, प्रथम, दोस्रो, तेस्रो , विशेष र अन्य योजनामा गरी ३ सय जनाभन्दा बढीले पुरस्कार जित्न सक्ने कम्पनीले जनाएको छ । इसेवाको बम्पर उपहारमा […]
दशैंको मुखमा महंगियो तरकारी, एक महिनामै ७२ प्रतिशतसम्म मुल्यवृद्धि
१६ असोज, काठमाडौं । सरकारले विचौलियाको जालो तोड्न नसक्दा दशैंको मुखमा तरकारी महंगिएको छ । केही दिनयता धेरै तरकारीको भाउ उकालो लागेको छ । विचौलियाको राज समाप्त पार्ने भन्दै केही दिनअघि कृषिमन्त्री चक्रपाणि खनाल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव आफैं बजार अनुगमनमा निस्केका थिए । उनीहरुले उपभोक्ताको पक्षमा चर्का भाषण पनि गरे । […]
कृषि विश्वविद्यालयमा एग्री इन्जिनियरिङ र डेरी टेक्नोलोजी विषयमा पढाइ हुने
१६, असोज, चितवन । चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरले यसै शैक्षिक सत्रदेखि स्नातक तहमा एग्री इन्जिनियरिङ र स्नाकोत्तर तहमा डेरी साइन्स एण्ड टेक्नोलोजी विषयको अध्यापन सुरु गर्ने भएको छ । विश्वविद्यालयको मंगलवार बसेको आठौं प्राज्ञिक परिषद्को बैंठकले यसै बर्षबाट कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्दै पाठ्यक्रम पास गरेको छ । स्नातक तहको एग्री इन्जिनियरिङको ४ […]
जनप्रतिनिधिहरुलाई मुख्यमन्त्रीको निर्देशन: ठेकदारको प्रतिनिधित्व नगर्नुस्
१६ असोज, हेटौंडा । प्रदेश- ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जनप्रतिनिधिलाई ठेकदारको रुपमा प्रस्तुत नहुन निर्देशन दिएका छन् । हेटौंडा आएका प्रदेशका १३ जिल्लाका जनप्रतिनिधिलाई मुख्यमन्त्री पौडेलले जनताको सेवामा लाग्न निर्देशन दिदै उनले भने, ‘हामी जनताका प्रतिनिधि हौं, ठेकेदार होइनौ । आफै नीति बनाउने र आफै व्यवसाय गर्ने हो भने जनताले दिएको मतको अवमूल्यन हुन्छ […]









