Journalist from Itahari
Uncategorized

म्याग्दीमा एक प्लेट अरिंगालको ५ सय रुपैयाँ !

१६ असोज, बेनी । अरिङ्गाल व्यवसाय गर्दै आएकी बेनी नगरपालिका–७ वीरेन्द्र चोककी सिर्जना भट्टचनले पछिल्लो समय ‘अरिङ्गालवाली’ को पहिचान बनाएकी छन् । बेनीको वीरेन्द्रचोकस्थित होटल रोजिनाकी सञ्चालिका सिर्जनाको अरिङ्गालको व्यापार फष्टाउँदै गएकाले ग्राहकले उनलाई ‘अरिगाङ्लवाली’ भन्न थालेका हुन् । कतिले त अरिङ्गाल खाएर सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दै आएका छन् । दुई वर्षअघि गलेश्वरको चमेरेमा […]

Uncategorized

दशैंको मुखमा तरकारीमा ७२ प्रतिशतसम्म मुल्यवृद्धि

१६ असोज, काठमाडौं । सरकारले विचौलियाको जालो तोड्न नसक्दा दशैंको मुखमा तरकारी महंगिएको छ । केही दिनयता धेरै तरकारीको भाउ उकालो लागेको छ । विचौलियाको राज समाप्त पार्ने भन्दै केही दिनअघि कृषिमन्त्री चक्रपाणि खनाल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव आफैं बजार अनुगमनमा निस्केका थिए । उनीहरुले उपभोक्ताको पक्षमा चर्का भाषण पनि गरे । […]

Uncategorized

चीनबाट फर्केपछि गण्डकीका मुख्यमन्त्रीले भने : विकास त आफैंले गर्ने रहेछ

१६ असोज, पोखरा । चीनस्थित हाइनान प्रान्तको विकास र मुख्य आर्थिक क्षेत्रलाई नियालेर फर्किएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने, ‘विकास गर्ने त आफैंले रहेछ ।’ मंगलबार पोखरा आइपुगेका गुरुङले आफैंले नगर्दासम्म केही नहुने बुझेको बताए । ३० वर्षको अन्तरमा हाइनानले ठूलो प्रगति गरेको पाइएको भन्दै उनले भने, ‘१९८८ मा प्रान्त बनेको हाइनान हाम्रो कणर्ालीजस्तै […]

Uncategorized

नेकपामा बहसः बिराटनगरमा मुख्यमन्त्री, इटहरीमा प्रदेशसभा

१६ असोज, बिराटनगर । सत्तारुढ नेकपामा वृहत विराट क्षेत्र बनाएर प्रदेश १ का कार्यपालिका र व्यवस्थापिका लगायतलाई विकेन्द्रीत गर्ने बहस चर्किएको  छ । यो प्रस्तावमा सहमति भएमा प्रदेश संसद र मुख्यमन्त्रीको कार्यालय फरक ठाउँमा हुनेछ । प्रदेश १ को नाम र स्थायी राजधानीबारे केही दिनदेखि नेकपा प्रदेश १ को संसदीय दलमा छलफल भइरहेको छ । […]

Uncategorized

यु-१८ महिला साफ च्याम्पियनसीपः सेमिफाइनलमा नेपालले भारतसँग भिड्ने

१६ असोज, काठमाडौं । समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग पराजित भएपछि सेमिफाइनलमा यु-१८ महिला टीम नेपालले भारतको सामना गर्ने भएको छ । भुटानमा जारी प्रतियोगितामा मंगलबार नेपाल बंगलादेशसँग २-१ गोल अन्तरले पराजित भएको हो । समूह ‘बी’ को उपविजेता नेपालले असोज १९ गते समूह ‘ए’ को विजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ । त्यही दिन अर्को सेमिफाइनल […]

Uncategorized

विद्यार्थी नेतालाई १ लाख दाम चढाए त्रिविको प्रवेश परीक्षा पास !

१६ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले लिएको प्रवेश परीक्षाको प्रश्नपत्र विद्यार्थी नेता र शिक्षकको मिलेमतोमा प्रश्नपत्र ‘लिक’ हुने गरेको खुलासा भएको छ । गत ११ असोजमा त्रिवि अन्तरगतको कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बीएससी–सीएसआईटी) विषयको प्रवेश परीक्षाको प्रश्नपत्र लिक भएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानका क्रममा प्रश्नपत्र लिक गराउन शिक्षक र […]

समाचार

प्रशासकीय अदालतको दायर फराकिलो बनाउनुपर्छ : प्रधानन्यायाधीश मिश्र

काठमाडौँ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले प्रशासकीय अदातलको अधिकार क्षेत्रको दायर सङ्कुचित नगरी फराकिलो बनाउनुपर्ने बताएका छन् । ‘प्रशासकीय अदालत दिवस–२०७५ तथा परिवर्तित समयमा प्रशासकीय अदालतको भूमिका’ विषयक अन्तरक्रियामा प्रधानन्यायाधीश मिश्रले प्रशासकीय अदालतको दायर फराकिलो बनाउँदा सर्वोच्चदेखि अन्य अदालतमा वार्षिक कार्यबोझमा समेत नियन्त्रण हुने बताए । प्रधानन्यायाधीश मिश्रले भने, ‘प्रशासकीय अदालत विशिष्टीकृत प्रशासकीय न्यायालय भूमिकामा छ, तर यसको […]

Uncategorized

प्रदीप गिरीलाई घनश्याम भुसालको प्रश्न : हतियार उठाउने विपी कसरी गान्धीवादी ?

१६ असोज, काठमाडौं । ‘काठमाडौंमा आयोजित ‘२१ औं शताब्दीको लोकतन्त्र र गान्धी विचार’ विषयक विचार गोष्ठीमा नेपाल र भारतका विभिन्न दलका नेताहरु सहभागी थिए । नेपालका लागि भारतीय राजदुत्त राजदूत मंजिवसिंह पुरीले गान्धीको चर्चा गर्दै नेपाली कांग्रेसका नेता विपी कोइराला गान्धीबाटै प्रभावित भएर नेपाल आएको सुनाए । मञ्चमा सँगै रहेका नेपाली कांग्रेसका नेता प्रदीप गिरीलाई […]

Uncategorized

बंगबन्धु गोल्डकप : पहिलो खेलमा नेपाल ताजकिस्तानसँग पराजित

१६ असोज, काठमाडौं । बंगलादेशमा भइरहेको बंगबन्धु गोल्डकप फुटवलमा नेपालले खराब सुरुवात गरेको छ । मंगलबार भएको आफ्नो पहिलो खेलमा नेपाल ताजकिस्तानसँग २-० ले पराजित भयो । २७ औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको ताजकिस्तानले ६९ औं मिनेटमा दोस्रो गोल गरेको थियो । पहिलो खेलमा पराजित भएपछि नेपाललाई सेमिफाइनल प्रवेश कठिन बनेको छ । साविक विजेतासमेत […]

Uncategorized

स्रोत नखुल्ने नेताहरुको सम्पत्ति राष्ट्रियकरण गर्न माग

१६ असोज, बुटवल । स्वतन्त्र राष्ट्रिय अभियान नेपालले स्रोत नखुलेको जोसुकैको सम्पत्ति राष्टियकरण गर्न सरकारसंग माग गरेको छ । अभियानले नेता, कर्मचारी, न्यायाधीश, वकिल, प्रशासक सबैको स्रोत नखुलेको सम्पुर्ण सम्पत्ति राष्ट्रियकरण गर्न दबाब दिन मेची महाकाली अभियान शुरु गरेको छ । अभियान मंगलबार नवलपरासी हुंदै बुटवल आइपुगेको छ । अभियानले मिलनचोक सडकमै पत्रकार सम्मेलन गरी […]