Journalist from Itahari
Uncategorized

एलेमीज् ब्रान्ड नेपालमा

१७ आसेज, काठमाडौं । आमन्त्रण स्पाले ई.सं. २०१७ देखि एलेमीज् का प्रोडक्ट हरु आफ्नो ग्राहकहरु समक्ष चिरपरिचित गराउदै आएको छ । यो ब्रान्डले स्किनकेयर ब्रान्ड को लागि थुप्रै अवार्डहरु जितेको छ । ग्रहकहरुको अहिलेसम्मको प्रतिक्रिया एक दमै राम्रो छ । यसमा रहेका प्राकृतिक अवयवहरुले एकदमै प्रभावकारी परिणाम ल्याउनुका साथै नयाँ पन ल्याउँछ । एलेमीज का […]

Uncategorized

दशैंको असन बजारः जे छोयो त्यही महंगो !

१६ असोज, काठमाडौं । असन बजारलाई दशैंले छपक्कै छोपिसकेको छ । लुगाफाटा, मरमसाला, टिका सरदमदेखि भाँडाकुँडासम्मका पसलमा उपभोक्ताको भीड देखिन्छ । असन त्यसै पनि भीडभाड हुने ठाउँ हो । दशैंको मुखमा त खुट्टा टेक्ने ठाउँ छैन । सबै किसिमका सामान पाइने भएकाले दशैंको किनमेल गर्ने धेरै उपभोक्ता असन बजार पुग्ने गरेका छन् । असनको वल्लो […]

Uncategorized

आर्इओएमको स्नातक तहको भर्ना प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश

१७ असोज, काठमाडौं । सर्वोच्च अदालतले एमबीबीएसलगायत कुनै पनि विधाको भर्नालगायतका सबै प्रक्रिया अघि नबढाउन चिकित्सा शास्त्र अध्ययन संस्थान (आइएओम)लाई अन्तरिम आदेश दिएको छ । असोज पहिलो साता आइएओमले लिएको प्रवेश परीक्षाको नतिजामा प्रश्न उठाउँदै परीक्षार्थीहरुले दायर गरेको रिटमा अदालतले अन्तरिम आदेश दिएको हो । रेश्मा बानिया लगायतका विद्यार्थीले प्रवेश परीक्षाको नतिजामा अनियमितता गरिएको भन्दै […]

Uncategorized

भारतलाई ‘ट्यारिफ किंग’ भन्ने ट्रम्पको निशाना कता ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भारतलाई ‘ट्यारिफ किंग’ को संज्ञा दिए । उनले दिएको यो विशेषणले भारतमा तरंग ल्याएको छ । ट्रम्पको यो भनाइमा गहिरिनुपूर्व हामीले विचार गर्नुपर्ने के हो भने ट्रम्प यस्ता राष्ट्रपति हुन् जो राजनीतिक बयानबाजी धेरै गर्छन् । केही विदेशी उत्पादनमा भारतले लगाउने भन्सार महशुल उच्च भएको आरोप लगाउँदै उनले ‘ट्यारिफ किंग’ […]

Uncategorized

भ्रष्ट कर्मचारीलाई कारबाही गरे मालपोत र नापी खाली हुन्छः अख्तियार प्रमुख

१७ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेले मालपोत र नापी कार्यालयहरुम्ाा भ्रष्टाचार व्याप्त रहेको रहेको स्वीकार गरेका छन् । भ्रष्टाचारमा सलग्न कर्मचारीलाई कारबाही गर्दा कार्यालय नै खाली हुने अवस्था रहेको उनले बताए । ‘काठमाडौंको गोट्ठारमा रहेको ४० रोपनी जग्गा कर्मचारीले अभिलेखमा नराखी व्यक्तिका नाममा दर्ता गरिदिएका रहेका रहेछन्’ घिमिरेले […]

Uncategorized

गृह मन्त्रालयविरुद्ध घेरावन्दी भयोः गृहमन्त्री

१७ असोज, चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नो मन्त्रालयविरुद्ध घेराबन्दी भएको दाबी गरेका छन् । तस्कर, दलाल, भष्ट, गुण्डागर्दीविरुद्ध मन्त्रालयले मिसन चलाएकाले गृह मन्त्रालयविरुद्ध घेरावन्दी सुरु भएको उनले बताए । भरतपुरमा आयोजित लागु औषध निषेध, मदिरा नियन्त्रण र महिला तथा बालबालिका हिंसा न्यूनिकरणसम्वन्धी कार्यक्रममा गृहमन्त्री थापाले यो वा त्यो नाममा जनतालाई दुःख दिने, अपराध […]

Uncategorized

नेकपा एकताको एक वर्षः बाबुरामको बहिर्गमनदेखि माधव नेपालको गुनासोसम्म

१७ असोज, काठमाडौं । गत वर्ष दशैं मनाइरहेकै बेला पनि रुकुम, दोलखालगायत कतिपय जिल्लामा तत्कालीन एमाले र माओवादीका कार्यकर्ताहरु आपसमा सांघातिक हमलामा उत्रिरहेका थिए । तर, सबैलाई चकित पार्दै त्यही दिन केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सातबुँदे सम्झौतामा हस्ताक्षर गर्दै चुनाव गठबन्धन र पार्टी एकताको दशैं उपहार दिएका थिए । असोज २ गते […]

Uncategorized

समिरमानकी श्रीमतीले रुँदै भनिन्-प्रहरीले ‘इन्काउन्टर’ गर्न खोज्यो

१७ असोज, काठमाडौं । निर्माण व्यवसायी शरदकुमार गौचन हत्याको अभियुक्त समिरमान सिंह बस्नेतलाई मुस्ताङ जेलमा सरुवा गरिएकोप्रतिे परिवारले आपत्ति जनाएका छन् । बस्नेतकी श्रीमती माया शेरचन र दाइहरु सुधिरमानसिंह र सुविरमानसिंह बस्नेतले पत्रकार सम्मेलन गरी जालझेल र षड्यन्त्रपूर्वक समिरलाई रातारात मुस्ताङ पुर्‍याएको भन्दै आपत्ति जनाएका हुन् । बस्नेतकी श्रीमती मायाले भनिन्, ‘मलाई जानकारी नै नगराई […]

Uncategorized

सुनकाण्डमा मुछिएका एसएसपीसहित ३ प्रहरीको निलम्बन फुकुवा

१७ असोज, काठमाडौं । ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा प्रतिवादी बनाइएका ३ प्रहरी अधिकारीको निलम्बन फुकुवा भएको छ । शाक्य हत्या प्रकरणको सूचना पाएर अनुसन्धान थालेको तत्कालिन महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी र जघन्य अपराध पिल्लरका प्रमुख डिएसपी प्रजित केसीको निलम्बन फुकुवा भएको हो । उनीहरुसँगै सुन तस्करीको […]

Uncategorized

बाइड बडी विमान खरिदमा अख्तियारले थाल्यो छानबिन

१७ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल एयरलाइन्सको वाइड बडी विमान खरिद प्रकरणमा छानबिन सुरु गरेको छ । बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा अख्तियार प्रमुख नवीनकुमार घिमिरेले आयोगले छानबिन थालेको जानकारी गराएका हुन् । महालेखा परीक्षकको कार्यालयले पनि खरिद प्रकृया र मूल्यमा प्रश्न उठाएको छ । आयल निगमको जग्गा खरिद प्रकरणमा […]