Uncategorized

नेप्सेले भन्याे- अनलाइन प्रणालीमा समस्या छैन

२६ कात्तिक, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अनलाइन काराेबार प्रणाली सुरू भएसँगै कारोवार रकम तलमाथि नपरेकाे जनाएकाे छ ।

अनलाइन प्रणाली सुरू भएसँगै केही लगानीकर्तामा अन्याैलता बढेपछि नेप्सेले साेमबार विज्ञप्ति जारी प्रष्ट पारेकाे हाे ।

नेप्सेका अनुसार केही लगानीकर्ताले एउटा ब्राेकर(दलाल) मा देखिरहेकाे मूल्य र अर्काे ब्राेकरमा देखिरहेकाे मूल्य फरक परेकाे भनि गुनासाे गरेका थिए ।

यसबारे नेप्सेकाे विज्ञप्तिमा भनिएकाे छ, ‘नयाँ प्रणालीमा प्रत्येक ब्राेकरले कनेक्सन स्थापित गर्नेक्रममा अविच्छिन्र रूपमा कनेक्सन स्थापित गर्न नसकेकाे, अर्काे ब्राेकरभन्दा फरक समयमा सम्पर्क गरेकाे लगायतका कारणले फरक विवरण देखिएकाे हुनसक्छ ।’

अन्तर्राष्ट्रिय मान्यताअनुसारको प्रणाली जडान गरी प्रचलनमा ल्याएको र त्यस्तो प्रणाली जडान गर्दा केही द्विविधा उत्पन्न हुनु स्वाभाविक भएको नेप्सेले दाबी गरेकाे छ ।

नेप्सेकाे काराेबार प्रणाली र वेबसाइट छुट्टाछुट्टै डाटा सेन्टरबाट सञ्चालन हुने र नेप्से काराेबार प्रणालीमा भएकाे काराेबारकाे विवरण एप्लिकेशन प्राेग्राम इन्टरफेस (एपीअाइ) मार्फत नेप्से वेबसाइटमा डिस्प्ले गर्दा डाटा एक्सचेन्जमा केही समस्या भएकाे उसले भनेकाे छ ।

तर, हाल वेबसाइटमा देखिएकाे समस्या पनि समाधान भइसकेकाे नेप्सेका प्रवक्ता मुराहरि पराजुलीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नयाँ अनलाइन कारोवार प्रणाली स्थापनापछि पनि बजार परिसूचक विधिमा परिवर्तन नगरिएको र त्यसबारे कुनै द्विविधा नरहेकाे नेप्सेले भनेकाे छ ।

नयाँ अनलाइन प्रणाली सञ्चालन भएसँगै लगानीकर्ताले भाेगेकाे समस्या काराेबारकाे विवरणमा भएकाले अनलाइन प्रणालीलार्इ दाेष दिन नहुने नेप्सेकाे तर्क छ ।

‘नयाँ प्रणाली स्थापनापछि लगानीकर्ताले सामना गर्नुपरेकाे मुख्य समस्या काराेबारकाे विवरण रियल टाइममा हेर्न नपाउने थियाे, याे समस्या काराेबार प्रणालीसँग नभइ काराेबारकाे विवरण प्रशारण गर्ने माध्यममा भएकाे समस्या हाे’, नेप्सेद्वारा विज्ञप्तिमा भनिएकाे छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *