Uncategorized

नक्कली सुन दिएर ४ लाख ठग्ने ६ जना पक्राउ

२६ कात्तिक, काठमाडौं, । एक किलो नक्कली सुन दिएर  ४० लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धापासी च्यासीडोल बस्ने धरान-१७, सुनसरीका २५ वर्षीय पवन विक, पेप्सीकोला-३५ बस्ने जनकपुर ९ धनुषाका ३५ वर्षीय मनिष ढुङ्गाना, काडाँघारी बस्ने हरिवन-९ सर्लाहीका २५ वर्षीय बिवेक भन्ने धनेश्वर कुमार दनुवार रहेका छन् ।

यस्तै म्हैपी बस्ने लालबन्दी -१९ सर्लाहीका का २६ वर्षीय रोहित मगर भन्ने पूर्णबहादुर पुलामी, बौद्ध बस्ने राजारानी -६ धनकुटाका २५ वर्षीया सलिना शेर्पा भन्ने संगीता राई र बौद्ध वेशीगाउँ बस्ने विरुवागुठी-१ पर्साका २९ वर्षीय सन्तोष कुमार लामा पनि प्रकाउ परेका हुन् ।

यो समूहले १६ कात्तिक १६ मा नक्कली सुनलाई सक्कली सुन हो भनी ठगी गरेको भन्दै केन्द्रीय अनुसन्धान व्युरोमा उजुरी परेको थियो  । उजुरी आएपछि ठगीमा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउमध्ये पूर्णबहादुर पुलामीबाट १५ लाख रूपैयाँ र संगिता राईबाट ७ लाख रूपैयाँसमेत प्रहरीले बरामद गरेको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *