Banner News

जनबादी गायक मोहित श्रेष्ठले ल्याए आर्को मार्मिक गित ‘अपेरा’ [भिडियो हेर्नुहोस]

कार्तिक १५, काठमाडौं । जमिन बेचेर युद्दका आफ्ना सिर्जनाहरुलाई जगेर्ना गर्दै गरेका गायक मोहित श्रेष्ठले आर्को मार्मिक जनबादी गित ‘अपेरा’ लिएर आएका छन् । धेरै लामो समय पछी पुनः संगीत क्षेत्रमा देखिएका गायक श्रेष्ठले ‘हरेर लग्यो’ अपेरा ल्याएर आएका हुन् ।

उनका सहकर्मी गायक बिद्रोहीको शब्द र संगीत रहेको अपेरामा मोहित श्रेष्ठले आफ्नो सुरिलो आवाज दिएका छन् । क्यामेरा तथा भिडियो इडिटिंगमा युद्द बेलाका सहकर्मी भिम कुमाखीले साथ् दिएका छन् ।

बिद्रोही र भिम कुमाखी प्रतिरोध सांस्कृतिक परिवारमा संगै काम गरेका सहकर्मी हुन् ।

अपेरा गितले बिगतको जनयुद्दमा लड्दालड्दै शहिद भएका योद्दाहरुलाई स्मरण गराएको छ । जव युद्दको अग्र मोर्चामा लड्दालड्दै गोलि लागेर ढल्छन र अन्तिम एकमुठी प्राण त्याग्दा बाँकी बचेका योद्दाहरुलाई युद्दको मोर्चा सम्हाल्न हिम्मत दिएको प्रतिकात्मक भाव यो अपेराले दिएको छ ।

युद्दमा शहिद भएका लडाकुहरुमा समर्पित यो अपेरा सुन्दा अत्यन्त भावविह्वल बनाउछ । युद्द लडेका हरेक युद्द बिरहरूलाई भावुक बनाउने गित भर्खरै मोहित श्रेष्ठको आफ्नै युटुबमा राखेका छन् ।

यतिबेला गायक मोहित श्रेष्ठ आफु संग भएको जग्गाको केहि टुक्रा बेचेर युद्दकालमा जन्मिएका आफ्ना सिर्जना बचाउन जुटेका छन् । उनि युद्दमा सहभागी हुँदा आफुले गरेका सिर्जनाहरुको जगेर्ना गर्ने धेयका साथ रेकर्डिङमा व्यस्त छन् ।

श्रेष्ठले यस अघि ‘सम्मान गरौ घाइतेहरुलाई’ गित ल्याएका थिए । उनको यो गीतलाई स्रोता माझ अत्याधिक मन पराइएको थियो ।

हेर्नुहोस मोहित श्रेष्ठको हरेर लग्यो अपेरा भिडियो:

[youtube https://www.youtube.com/watch?v=ZeUlW0S2Gqk]

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *