Uncategorized

टोकपुरमा नागरिकता शिविरः दुर्इदिनमा ५ सय बढीले नागरिकता पाए

२० कात्तिक, रामेछाप । रामेछापको दोरम्बा गाउँपालिकाको केन्द्र टोकरपुरमा २ दिने नागरिकता वितरण शिविर सम्पन्न भएको छ ।

आइतबार र सोमबार दोरम्बा गाउँपालिकाका नागरिकता प्राप्त गर्ने उमेर पुगेका नागरिकलाई नागरिकताको प्रमाणपत्र वितरण गरिएको हो ।

नागरिकता वितरण शिविरमा ५ सय ७ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । जसमा २ सय ७३ जना महिला र २ सय ३४ पुरुष रहेका छन् ।

गाउँघरमा नै नागरिकहरुलाई सेवा दिने उद्देश्य जिल्ला प्रशासन कार्यालय रामेछापको आयोजना र दोरम्बा गाउँपालिकाको समन्वयमा २ दिने नागरिकता वितरण शिविर आयोजना गरिएको थियो ।

उमेर पुगेका नागरिकहरुलाई सदरमुकाम धाउनै पर्ने वाध्यताबाट मुक्ति दिन गाउँगाउँमा नेपाली नगारिकताको प्रमाणपत्र वितरण शिविर सञ्चालन गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।

यस्तै शिविर अघिल्लो हप्ता रामेछापको खाँडादेवी गाउँपालिकामा आयोजना गरिएको थियो ।  शिविरबाट स्थानीलये गाउँमा नै सेवा पाएको दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले जानकारी दिए ।

दोरम्बा रामेछापको सबैभन्दा टाढाको दुर्गम गाउँपालिका हो । काभ्रे र दोलखासंग सिमाना जोडिएको सो गाउपालिकाको गौश्वाराका नागरिकलाई सदरमुकाम आउन २ दिन लाग्दछ ।

गाउँमानै शिविर सञ्चालन हुँदा एकैदिनमा नागरिकता बनाएर घर र्फकन पाएकोमा स्थानीयले गाउँमानै सरकार आएको अनुभूति गरेका छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *