Uncategorized

सरकार ‘फूल फ्लेज्ड गियर’मा चल्नेवाला छः प्रचण्ड

१७ कात्तिक, बुटवल । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सरकारको कामको गति तीव्र हुने बताएका छन् । बुटवलमा अायोजित कार्यक्रममा सरकार गठनपछिको केही समय अप्ठेरो रहेको भन्दै अब सजिलो परिस्थिति आएकाले सरकार ‘फूल फ्लेज्ड’मा काम गर्ने दावी गरे ।

‘त्यतिबेला वषर्ाको बेला थियो, पिच गर्न नि नपाइने । अरु काम गर्न पनि अप्ठेरो, त्यसैले सरकारको गाडी एक नम्बर गियरमा राखेर चलाउनुपर्‍यो,’ उनले भने,’ अब मौसम फेरिएको छ । अब गाडी २-३ नम्बर गियर हिँडछ । फूल फ्लेज्डमा चल्नेवाला छ । कसैले रोक्न सक्दैन ।’

उनले सरकारले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन बनाउन धेरै ध्यान दिनुपरेकाले कामको गति थोरै सुस्त भएको तर्क गरे । उनले अब सरकारले जनअपेक्षा अनुरुप काम गर्ने भन्दै उनले सबैले सहयोग गर्नुपर्ने बताए ।

उनले पार्टी एकीकरणको प्रक्रिया टुंग्याउन केही ढिलाई भएको स्वीकार्दै विवादका कारण ढिलाइ भयो भनेर दुष्प्रचार भइरहेको बताए । नेपाल अब ‘ल्यान्ड लक्ड कन्ट्री नरहेको तर्क गर्दै उनले चीनसँगको पारवाहन सम्झाैंतापछि नेपाल ‘ल्याण्ड लिंक्ड कन्ट्री’ बन्ने दावी गरे ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *