Uncategorized

सर्लाही गोलीकाण्ड : नेकपाका एक कार्यकर्ता भारतबाट पक्राउ

१७ कात्तिक, काठमाडौं । सर्लाहीमा गोली लागेर नेपाली कांग्रेसको कार्यकर्ता मारिएको घटनामा संलग्न भएको अारोपमा प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्तालाई पक्राउ गरेको छ ।

नेकपाका कार्यकर्ता उपेन्द्र राय यादवलाई शुक्रबार राति जिल्ला भारतीय प्रहरीको सहयोगमा भारतीय सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।

सर्लाहीको रामनगर-४ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपका क्रममा गोली चल्दा स्थानीय ५० वर्षीय रामविलास महतोको मृत्यु भएको थियो ।

उक्त गोलीकाण्डमा नेकपाका १५ जना कार्यकर्ताविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ । जसमध्ये गोली चलाउने भनी दुई जनाको नाममा किटानी जाहेरी परेको छ । उनीहरुको नाम भने खुलाइएको छैन ।

पक्राउ परेका उपेन्द्र राय यादवलाई भने घटनाको मतियार बनेको अभियोग छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *