Banner News

नेपाल-मलेसिया एमओयूमा हस्ताक्षर, नेपाली कामदारलाई फाइदा के ?

कार्तिक १२, काठमाडौं । नेपाल सरकार र मलेसियन सरकारबीच कामदार भर्ना रोजगारी र फिर्ता सम्त्रन्धी समझदारी पत्र(एमओयू) मा हस्ताक्षर भएको छ। सोमबार बिहान काठमाडौंमा एक समरोहबीच नेपालका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्ट र मलेसियाका लागि मानव संशाधन मन्त्री एम.कुलासेगरनले समझादारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

मलेसियामा नेपाली कामदार जान थालेको दुई दशकपछि दुई देशबीच श्रम सम्झौता भएको हो।

समाझदारी पत्र अनुसार मलेसिया जाने नेपाली कामदारका लागि लाग्ने शुल्क, आवतजावत हवाई टिकट, भिसा शुल्क, स्वाथ्य परीक्षण सुरक्षा जाँच, लगायतबापत खर्च खोजगार दाताले नै बेहोर्ने छन्।

यसअघि मलेसिया जाने कामदारको करार अवधि तीन वर्षको रहेकोमा अब दुई वषको मात्रै हुनेछ। कामदारमको पारिक्षम महिनाको ७ गतेभित्र कामदारको बैंक खातामार्फत भुक्तानी गरिने समझदारी पत्रमा उल्लेख छ ।

मलेसिया सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम नहुने गरी नेपाली कामदारले तलब भत्ता र सुविधा पाउने व्यवस्था पनि समाझदारी पत्रले गरेको छ । कामदारको स्वास्थ्य बिमा, दुर्घटना बीमालगायतका सुविधा समझदारी पत्रले सुनिश्चित गरेको छ।

कामदारको आफ्नै परिवारको व्यक्तिको मृत्यु भएमा १५ दिनको छुट्टी पाउने व्यवस्था गरिएको छ।

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *