Uncategorized

कोही व्यक्ति किन सधै खुसी हुन्छन् ? यस्तो त तीन कारण

तपाईंले हेक्का राख्नु भएकै होला, आफ्ना आसपासमा केही यस्ता व्यक्ति हुन्छन् जो सधै खुसी देखिन्छन् । फुरुङ्ग देखिन्छन् । उनको अनुहारमा चिन्ता, तनाव, आक्रोस, दुःख केहीपनि देखिदैन ।

के उसलाई कुनै दुख छैन ? कुनै समस्याले घेरेको छैन ? सर्व-सम्पन्न छ ? सबैकुरा पुग्दो छ ?

पक्कैपनि, यस्ता व्यक्ति संसारमा खोजेर फेला पारिदैन । अर्थात संसारमा यस्ता व्यक्ति सायदै होलान्, जोसँग कुनै समस्या छैन । पीर छैन । दुख छैन । हुनसक्छ, कोही बढी दुःखी होलान्, कोही कम । कसैलाई बढी समस्या होला, कसैलाई कम । तर, संसारमा जतिपनि मानिस छन्, उनीहरु यस्ता नहोलान् जसको समस्या नै छैन ।

समस्या छ । दुःख छ । अभाव छ । तर, पनि कतिपय व्यक्ति उन्मुक्त रमाइरहेका हुन्छन् । खुसी देखिन्छन् ।

हामीलाई के भ्रम छ भने, जब हामी धनदौतलले सम्पन्न हुन्छौं । घर, गाडी, जग्गा, बैंक ब्यालेन्स सबैकुरा हुन्छ, तब हामी खुसी हुन्छौं । यी साधनहरु, जसमा हामी खुसी खोज्न सक्छौ होला । तर, यसले हामीलाई खुसी दिन्छ भन्ने होइन । वा खुसी स्रोत नै धन, सम्पन्नता होइन । यदी त्यसो हुँदो हो त, संसारका सबैभन्दा धनी व्यक्ति नै संसारका सबैभन्दा खुसी हुन्थे होलान् ।

तर, यस्तो हुँदैन । खुसी हुनु र सुखी हुनु फरक हुन् । सुख-सयल हुँदैमा खुसी हुन्छ भन्ने होइन । तब, खुसी कसरी खोज्ने ? कस्ता व्यक्ति खुसी हुन्छन् ?

खुसी अरुबाट होइन, आफैभित्र खोज्ने हो । अक्सर जो खुसी रहन्छन्, उनीहरुको केही यस्ता प्रवृत्ति हुन्छ, जो अरुसँग हुँदैन । त्यसैले त उनीहरु दुखी हुँदैनन् ।

अर्काको अपेक्षा नगर्ने

हामी धेरैजसो आफ्नो होइन, अरुको कारण दुखी हुन्छौं । अर्थात अरुप्रतिको अपेक्षाले । जब हामी अपेक्षा राख्दैनौं, तब दुखी हुने कारण नै रहँदैन ।

किनभने हामीले जे अपेक्षा गर्छौ, जे आशा गर्छौं, त्यस अनुरुप अरुले काम नगर्न सक्छ । यस्तो अवस्थामा हामी दुखी हुन्छौं ।

सामान्य उदाहरण, जस्तो हामी घर पुग्छौं । घरमा सरसामन, लुगाफाटो वा आफ्नो कागजात छरपस्ट देखिन्छ । यस्तो अवस्थामा श्रीमान्ले अपेक्षा गर्छन्, ‘श्रीमतीले यी सबै सरसामन व्यवस्थित गर्नुपर्ने हो ।’

श्रीमतीको अपेक्षा फरक हुन्छ, ‘श्रीमान्ले आफ्नो सामान आफै सम्हाले हुन्थ्यो, यसरी छरपस्ट नपारे हुन्थ्यो ।’

यसको नतिजा के हुन्छ ? दुबै दुखी ।

त्यही अवस्थामा छरपस्ट सामान आफै सम्हाल्ने हो वा त्यसका लागि अरुको अपेक्षा नगर्ने हो भने दुखी हुनुपर्ने वाध्यता रहँदैन ।

अरुको भरोसा नगर्ने

हामी त्यसकारण पनि दुखी हुन्छौं कि, अरुको भरोसा गर्छौं । कुनैपनि काम आफु स्वयम् नगर्ने वा अरुप्रति निर्भर नहुने हो भने हामीलाई दुखी हुनुपर्ने अवस्था आउँदैन । खुसी हुने व्यक्ति अरुको भरोसा गर्दैनन् । आफ्नो समस्या आफै सम्हाल्छन् ।

आफ्नो रुचीको काम गर्ने

हामी यसकारण पनि दुखी हुन्छौं कि, आफुलाई मन नलागेको काम गरिरहेका हुन्छौं । मन नलागी गरेको काममा हामी रमाउन सक्दैनौं । वाध्यताले, करकापले गरिने कामले हामीलाई खुसी तुल्याउँदैन । त्यसैले सधै खुसी रहनेहरुको प्रवृत्ति के हुन्छ भने, उनीहरु त्यही काम गर्छन्, जुन आफु रुचाउँछन् ।

अहिले अधिकांश व्यक्ति अरुले चाहे बमोजिक काम गरिरेहका हुन्छन् । त्यही कारण उनीहरु दुखी हुन्छन् । अरुले अह्राएको, अरुले खटाएको काम गर्दा त्यसमा आफ्नो खुसी खोज्न गाह्रो हुन्छ ।

खुसी रहने सामान्य तरिका त्यही हो, जो आफ्नो भित्री इच्छाले जे भन्छ त्यही गर्ने । आफ्नो भित्री इच्छा मार्नु हुँदैन ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *