Uncategorized

आशा दास हत्याः ४ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता

१२ कात्तिक, सप्तरी । प्रहरीले आशा देवको हत्यामा संलग्न भएको दाबी गर्दै ४ जनालाई सार्वजनिक गरेका छन् ।

देवको गत कात्तिक १ गते टाउकोमा इँटा प्रहार गरेर हत्या भएको थियो ।

प्रहरीले आशाको हत्या भएको दुई सातापछि ३५ वर्षीया मुन्नी साह, ३० वर्षीया चनरदेवी राउत, ३२ वर्षीय शंकर राउत र ३० वर्षीय सुरज मेहतरलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रमुख एसपी राजेन्द्र विष्टले उनीहरुबिरुद्व कर्तव्य ज्यान मुद्दा दर्ता गरिएकोे जानकारी दिए ।

प्रहरी अनुसन्धानका क्रममा रिसिइबीका कारण आशाको हत्या भएको खुलेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *