Uncategorized

सिन्धुपाल्चोकमा तीन महिनामा ५२ जोडीको सम्बन्धविच्छेद

१४ कात्तिक, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा श्रीमान र श्रीमतीबीचको सम्बन्धविच्छेदको घटना वृद्धि भएको छ ।

विदेश गएको बेला अर्काे विवाह गरेपछि रोजगारीबाट फर्किएपछि अदालतमा आएर कानुनी रुपमा नै सम्बन्ध विच्छेद गर्नेको संख्या पनि बढेको छ । त्यस्तै मादक पदार्थ सेवन गरेर श्रीमतीलाई कुटपिट गर्ने घटनामा पनि बढोत्तरी भएपछि श्रीमानसँग कानुनी रुपमा नै छुटिने जोडिहरु पनि बढेको जिल्ला अदालतले जनाएको छ ।

दुई/तीन सन्तान भएका जोडीहरु पनि अदालतमा सम्बन्ध विच्छेद गर्न आउने गरेको श्रेस्तेदार लेखनाथ पौडेलले बताए । गत साउनदेखि जिल्ला अदालत आएर ५२ जोडीले कानुनी रुपमा नै सम्बन्ध विच्छेद गरेको उनले जानकारी दिए ।

सम्बन्ध विच्छेद गर्न आउँने अधिकांश महिलाहरुले आफू विदेशमा भएको बेला स्वदेशमा रहने श्रीमानले अर्काे विवाह गरेकााले सम्बन्ध विच्छेद गर्न आएको बताएका छन् । कतिपय महिलाहरु भने मादक पदार्थ सेवनपछि श्रीमानले दिनहुँ कुटपिट पछि श्रीमानसँग बस्न नसकेर सम्बन्ध विच्छेद गर्न आएको बताउने गरेको श्रेस्तेदार पौडेलले बताए ।

अन्य जिल्लाको तुलनामा सिन्धुपाल्चोकमा सम्बन्ध विच्छेदका मुद्दाहरु बढी आएको र यसको मुख्य कारणमा वैदेशिक रोजगारी देखिएको जिल्ला न्यायाधीश टीकाराम आचार्यले बताए ।

भदौ १ देखि नयाँ मुलुकी ऐन लागु भएपछि श्रीमतीसँग सम्बन्ध विच्छेद गर्नै पुरुषहरुको संख्यामा वृद्धि भएको छ । नयाँ मुलुकी ऐनले श्रीमानले पनि सम्बन्ध विच्छेद गर्न कानुनी बाटो खुला गरेपछि पुरुषहरु सम्बन्ध विच्छेद गर्नका लागि अदालदमा आउन थालेका छन् ।

यस अघिको कानुनले पुरुष अदालतमा आएर सम्बन्ध विच्छेद गर्ने बाटो खुला थिएन । भदौ १ देखि लागु भएको नयाँ मुलीकी संहिताले पुरुषलाई पनि त्यो अधिकार दिएपछि तीन महिनाको बीचमा ११ पुरुषले सम्बन्ध विच्छेदका लागि निवेदन दिएको जिल्ल्ाा अदालतका श्रेस्तेदार लेखनाथ पौडेलले जानकारी दिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *